• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

हमासको आक्रमणबाट घाइतेमध्ये दुई जना डिस्चार्ज, २८८ जना स्वदेश फर्कन इच्छुक


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • काठमाडौं । इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी घाइते भएका मध्ये दुई जना विद्यार्थी डिस्चार्ज भएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सो जानकारी दिएकी हुन्।

    Advertisement

    प्रवक्ता लम्सालका अनुसार विद्यार्थीहरुलाई लिन आज २५० सिट क्षमताको वाइडबडी जहाज आज त्यतातर्फ जाँदैछ।

    विद्यार्थीलाई प्राथमिकता दिएर पहिले स्वदेश फर्काउने लम्सालले बताइन्। इजरायलमा २२५ जना विद्यार्थी रहेको पनि लम्सालले पत्रकार सम्मेलनमा बताइन्।

    ३५० जना नेपाली दूतावासको सम्पर्कमा, २८८ स्वदेश फर्कन इच्छुक
    इजरायलमा रहेका ३५० जना नेपाली त्यहाँस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन्।

    पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भनिन्, ‘इजरायलमा रहेका मध्ये ३५० जनाले अनलाइन फारम भर्नुभएको छ’ त्यसमध्ये २८८ जना स्वदेश फर्कन इच्छुक हुनुहुन्छ। उहाँहरुलाई लिन आजै राति २५० जना क्षमताको वाइडबडी जहाज त्यसतर्फ जाँदैछ।’

    उनले प्राथमिकताका आधारमा विद्यार्थीलाई पहिला ल्याउने र बाँकी नियमित उडानमार्फत फर्कन चाहनेलाई दूतावासले सहयोग गर्ने बताइन्।

    उनले कामको लागि इजरायल पुगेका नेपालीहरुबारे भने उपयुक्त समयमा सरकारले निर्णय गर्ने बताइन्।

    शव ल्याउन इजरायल सरकारसँग आग्रह गरेका छौँ
    इजरायलमा प्यालेस्टाइनी विद्रोहीको आक्रमणबाट मारिएका नेपालीको शव ल्याउन प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता सेवा लम्सालले मृत्यु भएका नेपालीको शव हस्तान्तरणका लागि इजरायल सरकारलाई अनुरोध गरिएको बताइन्। तर इजरायल सरकारलाई दबाब नै दिनुपर्ने अवस्था चाहिँ नभएको उनले बताइन्।

    ‘शव ल्याउने प्रक्रिया बेग्लै हुन्छ। हामीलाई इजरायल सरकारले शव हस्तान्तरण गर्नुपर्छ’ उनले भनिन्, ‘त्यसका लागि इजरायल सरकारसँग हामीले अनुरोध गरेका छौँ।’

    शनिबार गाँजा क्षेत्रमा प्यालेस्टाइनी विद्रोहीले गरेको आक्रमणका क्रममा १० जना विद्यार्थीको निधन भएको थियो।

    बेपत्ता विद्यार्थीको खोजी जारी छ, अहिले सबै कुरा भन्न मिल्दैन
    परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता नेपाली विद्यार्थीको खोजी जारी रहेको बताएको छ ।

    बेपत्ताको खोजीबारे सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता लम्सालले त्यहाँ विभिन्न माध्यमबाट ती विद्यार्थीको खोजी गरिरहेको र अहिले नै सबै कुरा भन्न नमिल्ने बताइन्।

    गएको शनिबार गाँजा क्षेत्रमा प्यालेस्टाइनी विद्रोहीले गरेको आक्रमणका क्रममा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सम्पर्कविहीन भएका छन्। घटनामा १० जना विद्यार्थीले ज्यान गुमाएका थिए।

    नेपाली राजदूत पनि बंकरमा बसेर काम गर्नुभएको छ
    त्यस्तै, त्यहाँस्थित नेपाली राजदूत लगायत कर्मचारी पनि बंकरमा बसेर काम गरिरहेको प्रवक्ता लम्सालले बताइन्। युद्ध भएकोले बाहिर निस्किने स्वीकृति नभएको जानकारी आएको पनि उनले बताइन्।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.