शंकर प्रसाद पोख्रेल
तमघास। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एकमहिने विशेष संगठनात्मक अभियान जिल्लाका विभिन्न स्थानमा तीव्र रूपमा सञ्चालन भइहेको छ । अभियानको क्रममा कालीगण्डकी गाउँपालिका–६ खड्ककोटको थालुङ सपाङदेमा भोजबहादुर रानाको अध्यक्षतामा ३५ सदस्यीय राजमोको समिति गठन भएको छ।
प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा केन्द्रीय संगठनकर्ता रामकुमार क्षेत्रीले नेपालबाट एमसिसी पूर्ण रूपमा खारेज गर्न र कालापानीबाट भारती सेना फिर्ता गर्न महङ्गी, भ्रष्टाचार रोक्न तथा विसिएका नेपालीहरूको सुरक्षा गर्न सरकारसँग माग गर्नुभएको थियो । एक प्रसंगमा बोल्दै उहाँले नेपालको रक्षा राष्ट्रिय जनमोर्चाले मात्र गर्न सक्ने भन्दै सबै जनतालाई राष्ट्रिय जनमोर्चाको झणडामुनि गोलबन्द हुन आह्वान गर्नुभयो । भेलामा पूर्णबहादुर थापा, राजेश विक र चित्रबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।
समितिको अध्यक्षमा भोजबहादुर राना ,उपाध्यक्षमा चन्द्रा थापा, सचिवमा दोल थापा, सहसचिवमा बलबहादुर थापा र कोषाध्यक्षमा मीना थापा चयन हुनुभएको छ । सदस्यमा पूर्णकला थापा, पदमकली थापा, गौडिला थापा, बिमला थापा, अम्बर थापा, नेत्रबहदुर थापा, जितबहादुर थापा, दयाराम थापा, चन्द्रबहादुर थापा, जालबहादुर थापा, दल्पा थापा, कुमारी थापा, मीना थापा, कुलबहादुर थापा, गणेश थापा, हिमा थापा, जुपबहादुर थापा, बिसन थापा, कृस्नबहादुर थापा, सरस्स्वती थापा, रन्जिता थापा, सुवास थापा, सुरेन्द्र थापा, टोपबहादुर थापा, कमल थापा र इन्द्रदेबी थापा रहनुभएको छ ।

सम्बन्धित समाचारः
गुल्मीको कालीगण्डकीका टोल टोलमा राजमो
गुल्मीमा जारी छ, राजमोको संगठन निर्माण अभियान
गुल्मीमा यसरी फैलँदैछ राष्ट्रिय जनमोर्चा
गुल्मीमा राजमोको अभियानः सहरदेखी गाउँसम्म संगठन निर्माण