• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बागलुङमा पीडित किसानलाई राहत दिँदै गाउँपालिका


  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो ।

    Advertisement

    घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको छ ।

    लम्पी स्किन रोगको सङ्क्रमणबाट पशुचौपाया धमाधम मरिरहेको अवस्थामा किसानका लागि हावाहुरीले थप पीडा दिएको छ । लम्पी स्किन र हावाहुरीका कारण पशुचौपाया र मकैखेतीमा भएको क्षतिका कारण यहाँका किसानले लाखौँको नोक्सानी बेहोर्नु परेको छ ।

    लम्पी स्किनको सङ्क्रमणको रोकथाम अझै भइसकेको छैन ।

    किसानका पीडालाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले गाउँपालिकाले राहत उपलब्ध गराउने निर्णय गरेको छ । हावाहुरीले बिउ पनि नबच्ने गरी मकै बाली नष्ट भएपछि पालिकाको राहत दिने निर्णयबाट किसानले राहतको श्वास फेरेका छन् ।

    हावाहुरीका कारण गाउँपालिका–१ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको थियो ।

    तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले हावाहुरीले सात सय रोपनी क्षेत्रफलको मकै ढालेपछि किसानले ५० लाखभन्दा बढीको क्षति भएको भन्दै प्रतिघर एक मुरी मकैको बिउ उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

    अहिलेसम्म कुनै पनि किसानले बाली बीमा नगरेको भन्दै अब कृषक समूह बनाएर पालिकाले बाली बीमा गरिदिने समेत उहाँको भनाइ छ ।

    गाउँपालिकामा लम्पी स्किन रोगको सङ्क्रमणबाट हालसम्म एक सय ५५ पशुचौपाया मरिसकेका छन् ।

    ती पशुचौपायाका पाल्ने किसानलाई प्रतिपशु रु दुई हजार पाँच सय नगद उपलब्ध गराइने उहाँको भनाइ छ । पालिका अन्तर्गतका सबै पशुपालक किसानलाई समूह बनाएर पालिकाले पशु बीमा गरिदिने उहाँले बताउनुभयो ।

    हावाहुरीले मकै बाली नष्ट गरिदिएपछि धेरै किसान अहिले पीडामा छन्, पालिकाले उहाँहरुको पीडालाई केही कम गर्नका लागि एकरएक मुरी मकै उपलब्ध गराउने भएको छ, क्षतिको सबै विवरण तयार गरेर प्रदेश र केन्द्र सरकारसँग पनि राहतका लागि केही आवश्यक पहल गर्छौँ, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार पालिकामा लम्पी स्किनबाट धेरै गाई, गोरु र केही पाडाबाच्छा मरेका छन् । जसका कारण अधिकांश किसानको गोठ रित्तै भएको छ । सङ्क्रमण रोकथामका लागि प्रयासहरु भइ राखेको पनि उहाँको भनाइ छ ।

    स्थानीय किसान तुलबहादुर विश्वकर्माले हावाहुरीका कारण सात मुरी फल्ने बारीमा लगाइएका सबै मकै सखाप भएको बताउनुभयो । साथै उहाँले यसैबीच दुई वटा गोरुसमेत गुमाउनुभएको छ ।

    गोरु पनि मरे, मकै पनि ढले । यस वर्ष ठूलो दशा लागेको रहेछ, सरकारले राहत दिने कुरा त सुने तर एक मुरी मकैले के नै हुन्छ र ?, उहाँले भन्नुभयो, “अर्को वर्षका लागि बिउ राख्न पर्‍यो, अलि धेरै दिने व्यवस्था भएको भए राम्रो हुन्थ्यो ।”

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.