काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान दक्षिण कोरियाले दोस्रो अडियो एल्बम “आमा तिमीले” सार्वजनिक गरेको छ छ ।
रक्तिम दक्षिण कोरियाका अध्यक्ष जीवलाल शर्माको युट्युब च्यानलबाट यही अगस्त २५, २०२३ का दिन सो अडियो एल्बम सार्वजनिक गरिएको हो ।
एलबममा शब्द र सङ्गीत धनबहादुर थापाको रहेको छ भने स्वर जीवलाल शर्माले दिनुभएको छ ।
नारायण दङ्गालले एलबममा सङ्गीत संयोजन गर्नुभएको छ ।
रक्तिम दक्षिण कोरियाले यसअघि पनि अडियो एलबम “नजाऊ कोही” सार्वजनिक गरिसकेको छ ।
रक्तिम सांस्कृतिक अभियान कोरियाले ल्यायो “नजाऊ कोही” (अडियोसहित)
दक्षिण कोरिया नेपाली एकता समाजका अध्यक्ष विष्णु पुनका अनुसार यी दुवै गीतको भिडियो केही समयपछि बनाइने छ ।
यस्तो छ गीतको शब्द :
आमा तिमीले दिएर जन्म
देखायौ सृष्टिको संसार
टुकुटुकु हिँड्न सिकायौ
तोतेबोली बोल्न सिकायौ
आफू मरेर पनि बाँच्न सिकायौ
रुँदारुँदै हाँस्न सिकायौ
आमा तिमीले………….
अ, आ, क, ख, ग, घ पढ्न सिकायौ
वर्गदुस्मन चिन्न सिकायौ
आमा तिमीले………….
यो सुन्दर संसार बुझ्न सिकायौ
सत्यको बाटो हिँड्न सिकायौ
आमा तिमीले………….
यस्तो छ अडियो

