काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान, दक्षिण कोरियाले “नजाऊ कोही” शीर्षकबाट अडियो एल्बम सार्वजनिक गरेको छ ।
दक्षिण कोरिया नेपाली एकता समाजअन्तर्गत रहेको रक्तिम सांस्कतिक अभियान दक्षिण कोरियाका अध्यक्ष रहनुभउका जीवलाल शर्माको युट्युब च्यानलबाट यही अगस्त ७, २०२३ का दिन उक्त एल्बम सार्वजनिक गरिएको हो ।
देशमा रोजगारीको अभावमा बिदेसिएका नेपालीलाई स्वदेश फर्किन आह्वान गरिएको सो गीतको शब्द कोरिया नेपाली एकता समाजका अध्यक्ष विष्णु पुनले लेख्नुभएको छ ।
एल्बममा जीवलाल शर्मा र रिता पुनले स्वर दिनुभएको छ ।
जीवलाल शर्माकै सङ्गीत रहेको उक्त एल्बमको सङ्गीत संयोजन नारायण दङ्गालले गर्नुभएको छ ।
गीतकार विष्णु पुनका अनुसार केही समयपछि यस एल्बमको छायाङ्कन गर्ने योजना रहेको छ ।
यस्तो छ, अडियो एल्बम “नजाऊ कोही” को शब्द :
नजाऊ कोही क्षितिजपारि
बिरानो देशमा आफैलाई बेची
बाच्दैन देश हुँदैन समृद्धि
पौरखी हात मुग्लान पसी
धनको लोभमा नबन दास
वीरको सन्तान नभुल विरासत
मनको शान्ति किन्दैन धनले
परदेशमा रुँदा सम्झी आफन्त
सुनमाथि सुतेको नेपाल रुन्छिन्
बुकीको बुटी सुकेर जाँदा
नदीनाला सबै बेचेर खाए
बोल्दैन शासक सिमाना खुम्चिँदा
वर्गमुक्तिको गीत गुन्जाऊ युवा
मजदुर किसान एकजुट पारी
जनक्रान्तिको लहर उठाऊ
नवयुगको उद्घोष गरी