• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

८ मार्चमा महिला संघको सन्देशः प्राप्त उपलब्धि रक्षा गर्दै थप संघर्ष गरौं


  •   आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
  • अखिल नेपाल महिला संघले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सबै मुक्तिकामी जनसमूदायप्रति अभिनन्दन गरेको छ । ८ मार्चका अवसरमा आइतबार एक वक्तव्य प्रकासित गरी महिला संघले महिला मुक्ति आन्दोलनका लागि नेपाल र संसारभर भएका संघर्षको स्मरण पनि गरेको छ ।

    Advertisement

    अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुनले जारी गर्नुभएको वक्तव्यमा महिला अधिकारका लागि प्राप्त उपलब्धिको रक्षा गर्दै थप संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । महिला मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्न आग्रह गर्दै महिला संघले वर्गीय विभेद रहेसम्म महिलामाथिको शोषण र दमन अन्त नहुने स्पष्ट पारेको छ ।

    महिला संघले वक्तव्य मार्फत आह्वान गरेको छ, ‘महिला मुक्तिको प्रश्न वर्गीय मुक्तिसँग अभिन्न रुपले जोडिएको प्रश्न हो । वर्गीय शोषण र भेदभाव रहेसम्म महिला माथिको भेदभावको अन्त हुँदैन । त्यसकारण हाम्रो आन्दोलनलाई वर्गीय आन्दोलनसँगै अघि बढाऔं ।’

    हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको महिला संघले यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण संसारभरी नै यो दिवस प्रभावित भएको स्पष्ट पारेको छ ।

    यस्तो छ शुभकामना वक्तव्यः
    ‘श्रमिक महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालेको एक शताब्दीभन्दा बढी अर्थात एक सय नौ वर्ष पूरा भइसक्यो । यो वर्ष एक सय दशौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छन् । यस ऐतिहासिक अवसरमा अखिल नेपाल महिला संघ केन्द्रीय समितिको तर्फदेखि नेपाल र संसारभरि छरिएर रहेका सम्पूर्ण मुक्तिकामी न्यायप्रेमी आम जनसमुदायप्रति हार्दिक शुभकामना दिन चाहान्छौँ ।

    पुँजीवादी व्यवस्थाले महिला मजदुरमाथि गरेको चरम शोषण, दमन र भेदभावको विरुद्व उनीहरूले खासगरी अमेरिका र युरोपका विभिन्न देशमा विभिन्न समयमा बलदानीपूर्ण आन्दोलन गरेका थिए । तिनै गौरवपूर्ण ऐतिहासिक संघर्षको जगबाट नै ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सुरुवात भएको हो । १९०७ मा जर्मनमा समाजवादी महिलाको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले कलारा जेट्किनलाई सचिवमा निर्वाचित ग-यो ।

    १९०८ मार्च ८ र १९०९ मार्च ८ को दिन अमेरिकाको न्युयोर्क सिकागोलगायतका शहरमा त्याहाँको कपडा फ्याक्ट्रीमा काम गर्ने महिला मजदुरले मतदानमा अधिकार, समान ज्याला, ८ घण्टा कामको समय तोक्नुपर्नेलगायतका माग गर्दै पुनः आम हडतालसहित आन्दोलनको घोषणा गरे । उक्त आन्दोलनमा कैयौँ प्रदर्शनकारीले सहादत प्राप्त गरेका थिए । १९१० मा डेनमार्कमा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन सम्पन्न भयो ।

    उक्त सम्मेलनमा विभिन्न समयमा विभिन्न देशमा महिला मजदुरले गरेको आन्दोलन र उनीहरूले प्राप्त गरेको उपलब्धीको समर्थन गर्दै क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन राखेको प्रस्तावलाई सम्मेलनले पारित ग¥यो र १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन सुरु भयो । क्लारा जेट्किन समाजवादी महिला नेता हुन् । उनी १८८९ मा भएको द्वितीय अन्तर्राष्ट्रिय महाधिवेशनको एक नेता पनि हुन । उनले १९०७ देखि १९१७ सम्म अन्तर्राष्ट्रिय महिला सम्मेलनको नेतृत्व गर्दै महिला आन्दोलनलाई समाजवादी दिशाामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

    सताब्दीयौँदेखिको महिला आन्दोलनका कारण पुँजीवादी व्यवस्थाले महिलालाई पुरुषसरह उत्पादनमूलक काममा सहभागी गराएता पनि विगतदेखि महिलाले भोग्दै आएको शोषण र विभेद भने झन् झन् बढ्दै गइरहेको छ । त्यसको फलस्वरूप आज महिलाहरू पुँजीवादी उत्पीडनको शिकार बनिरहेका छन् । विश्वका विभिन्न देशमा विभिन्न बहानामा महिलाको श्रमशोषण भइरहेको छ । पुरुषको तुलनामा उनीहरूलाई कम ज्याला दिइन्छ ।

    मजदुरको कटौती गर्नुपरेमा महिलालाई नै पहिला हटाइन्छ । महिलालाई वस्तुसरह किनबेच र ओसारपसार गर्ने गरिन्छ । पैसाका लागि आफ्नोे शरीर बेच्नुपर्ने अवस्थाको सृजना पुँजीवादी व्यवस्थाले गरेको छ । साम्राज्यवादी युद्धको शिकार महिला र बालबालिकालाई गराइएको छ । संसारभरि महिला हिंसा हरेक दिन असंख्य रूपमा वृद्धि भइरहेका छन् । महिलामाथि भइरहेको यस प्रकारका विभेद र शोषण पँुजीवादी व्यवस्थाको उपज हो । त्यसकारण महिलामाथि भइरहेका सबै प्रकारको विभेदको अन्त र उनीहरूको मुक्तिका लागि पुँजीवादी व्यवस्थाको अन्त र त्यसको ठाउँमा समाजवादी व्यवस्थाको स्थापना गर्नुपर्दछ । ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मर्म पनि त्यही नै हो । समाजवादी व्यवस्थामा मात्र महिलाहरूको मुक्ति हुन्छ भन्ने कुरा रुसलगायत समाजवादी व्यवस्था स्थापना भएका देशमा त्यतिबेला महिलाले प्राप्त गरेको अधिकारले नै त्यसको पुष्टि गर्दछ ।

    नेपालमा विगतको तुलनामा केही उपलब्धी भएका छन् । ती उपलब्धीलाई हामीले विगत दशकौँदेखि संगठित भएका महिलाले गरेको आन्दोलनको उपलब्धीको रूपमा लिएका छौँ र त्यसको कार्यान्वयनका लागि जोड दिँदै अरू बढी अधिकार प्राप्त गर्नका लागि आन्दोलनलाई अगाडि बढाउनेबारेमा जोड दिन्छौँ । अहिले राज्य सञ्चालनको मूलधारमा महिला सहभागिताका लागि संविधानमा गरिएको आरक्षणका विषय कार्यान्वयन भइरहेका छन् । तर संविधानमा उल्लेखित छोरीलाई सम्पत्तिमा समान अधिकार, समान कामको समान ज्याला, महिला हिंसाको अन्तजस्ता महत्वपूर्ण विषय कार्यान्वयन हुन सकेका छैनन् र कार्यान्वयनउन्मुख देखिएका छैनन् ।

    अहिले देशमा महिला हिंसाका घटना कैयौँगुना बढेका छन् । रोजगारीको नाममा महिलाहरू स्वदेश तथा विदेशमा बेचिएका छन् । दाइजोको नाममा महिलाहरू ज्युँदै जलाइएका छन् । छाउपडी प्रथाको नाममा अकालमा मृत्युवरण गर्नुपरेको छ । बोक्सीको नाममा महिलालाई दिनडहाडै कुटपिट गर्ने, मानव मलमूत्र खुवाउनेदेखि ज्युँदै जलाउने कामसम्म भएका छन् । बलात्कारजस्ता घटनाले महिलाहरू आफ्नै घरपरिवार, आफन्तजन, छिमेकी सबैबाट असुरक्षित छन् । एसिड प्रहार, कुटपिट, घरबाट निकालाजस्ता घटनाले महिलालाई दिनानुदिन प्रताडित गरिरहेको छ । यस्तो महिला हिंसाका कारण दिन–प्रतिदिन प्रताडित हुनु महिलाको मात्र समस्या होइन, समग्र समाज र सिङ्गो देशकै चुनौतीको विषय हो । यस प्रकारको अवस्थामा महिला हिंसा विरुद्धको आन्दोलनलाई अझै संगठित रूपले अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

    अखिल नेपाल महिला संघले यसपालिको नारा “महिला हिंसा र भेदभावको विरुद्ध एक सय दशौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस” तय गरेको छ । छिमेकी मुलुक चीनलगायत विश्वका धेरै देशमा कोरोना भाइरसको संक्रमणका कारण अहिले एक सय दशौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सार्वजनिक कार्यक्रम पनि नेपाललगायत विश्वका अरू देशमा प्रभावित भएका छन् । यसरी कोरोना भाइरसका कारण ठुलो जमघटसहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सम्पन्न गर्न नसकिए पनि त्यसमा अन्तरनिहित क्रान्तिकारी स्प्रिटलाई बोकेर अगाडि बढ्ने प्रण गरौँ ।

    अन्तमा, महिला मुक्ति वर्गीय मुक्तिसँग अभिन्न रूपले जोडिएको विषय हो । वर्गीय शोषण र भेदभाव रहेसम्म महिलामाथिको शोषणको अन्त हुँदैन । त्यसकारण हाम्रो आन्दोलनलाई वर्गीय आन्दोलनसँगै अघि बढाऔँ ।’

    आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.