कपिलवस्तु । प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले आगामी २०७७ वैशाख २६ र २७ गते तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला समितिको बैठकले सम्मेलनको मिति तय गरेको हो ।
बैठकले सम्मेलन व्यवस्थापन समितिसमेत गठन गरेको छ । समितिको संयोजककमा मोहन बेल्वासे तथा सदस्यमा शारदा केसी, नवराज पौडेल र चन्द्रकान्त न्यौपाने रहनु भएको छ । समन्वयन तथा पत्रचार समितिको संयोजकमा शशि सापकोटा, सदस्यमा हिमलाल वाग्ले र शितल आचार्य रहनु भएको छ ।
यस्तै, अतिथि सत्कार तथा स्थान व्यवस्थापन संयोजक केर सिंह अदै, सदस्यमा नारायन पाण्डे र सृजना खनाल रहनु भएको छ । बैठकले जिल्ला सदस्य सन्तोष उपाध्याय जिल्ला बाहिर रहनु भएकोले वहाँलाई जिम्मेवारीबाट मुक्त गराई सो स्थानमा नवराज पौडेललाई चयन गरेको छ ।
प्रगतिशिल पत्रकार संघ, नेपाल कपिलवस्तु शाखाका अध्यक्ष माधव भाट श्रेत्रीको अध्यक्षतामा बसेको बैठकले प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सह सचिव सारदा केसी, मेरो साथी एफएमको म्यानेजर पदमा नियुक्त हुनु भएकोमा सम्मान गर्दै वधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको छ ।

