टेकराज भुसाल ,बुटवल ।
बुटवलको कालिकानगर अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई एक समारोहका बिच शुक्रबार बिदाई गरेका छन्।
बिदाई समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले शिक्षाबाट नै देश र समाज परिबर्तन हुने भन्दै कालिकाका विद्यार्थीहरु उच्च शिक्षा हासिल गरि देश र समाज परिवर्तन गर्नमा अग्रसर हुनुपर्ने भन्दै शुभकामना दिनुभएको थियो।
विद्यालयका प्राचार्य घनश्याम पाठकले विद्यार्थीहरुलाई बिगतका बर्षहरुमा जस्तै आगामी बर्षहरुमा पनि शतप्रतिशत रिजल्ट ल्याउन सफल भई कालिकाको शिर सदैब उच्च राखि कालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्नमा थप सहयोग पुग्ने बताउनु भएकोथियो।
कार्यक्रम कक्षा ११मा अध्यनरत सविना सुवेदिको अध्यक्षता, सरला शर्मा र हरिको सञ्चालन सम्पन्न भएकोथियो। आजै सोहि विद्यालयमा कक्षा ९ मा अध्यनरत सलिना भुर्तेलको अध्यक्षतामा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १०का विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेका छन्।