• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उत्तराखण्ड पहिरोका मृतक नेपालीप्रति राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गत बिहीबार उत्तराखण्ड भारतको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी ज्यान गुमाएका नेपालीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसका साथै राजमोले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० साउन २२ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको हो ।

    वक्तव्यमार्फत् राजमोले घाइतेको उपचार, स्वास्थ्यलाभको कामना र उद्धारकार्यलाई तीव्र बनाउन भारत सरकार र प्रशासनसमक्ष माग गरेको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उक्त घटनाप्रति आवश्यक पहलकदमी लिएकोमा राजमोले प्रशन्नता व्यक्त गरेको छ ।

    त्यस्तै, राजमोले देशभित्रै रोजगारीको अवसर सृजना गरी नेपाली युवाको विदेश पलायन रोक्न तथा यस खालका घटना घट्दा कूटनीतिक पहलकदमी गरी तत्काल उद्धारकार्यमा ध्यान दिन नेपाल सरकारसित पनि अनुरोध गरेको छ ।

    यस्तो छ, राजमोको प्रेसवक्तव्यको पूर्ण पाठ :
    “गत २०८० साउन १८ गते बिहीबार राति परेको अविरल वर्षाका कारण भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्ड क्षेत्रमा पहिरो जाँदा दर्जनौँ नेपाली बेपत्ता भएको, त्यसमध्ये कतिपयको बेपत्ता नेपालीको पहिचान खुलेको घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    राष्ट्रिय जनमोर्चा उक्त घटनामा ज्यान गुमाउने नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । उक्त घटनामा घाइते नेपालीको उपचार तथा शीघ्र स्वास्थ्यलाभको कामना र उद्धारकार्यलाई गति दिन भारतीय सरकार तथा प्रशासनसित अनुरोध गर्दछ ।

    हामीलाई यस विषयमा प्रशन्नता छ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उत्तराखण्डको उक्त घटनाको सन्दर्भमा उद्धार तथा आवश्यक सहयोगका लागि पहलकदमी गरिरहेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उक्त घटनाको सन्दर्भमा आवश्यक सक्रियतालाई तीव्रता दिनेमा पनि हामी विश्वस्त छौँ ।

    भारतको उत्तराखण्डमा पश्चिम नेपालमा हजारौँ नेपालीहरू जाने गरेका छन् । नेपालमा रोजगारीको व्यवस्था नभएको कारणले नै नेपालीहरू उत्तराखण्डमा पुग्ने गरेका हुन् । त्यहाँ पुगेर पनि उनीहरूले शारीरिक रूपमा अत्यन्त कठिन काममा संलग्न हुँदै आइरहेका छन् । अहिले पहिरो गएको क्षेत्रमा पनि नेपालीहरूले घोडामार्फत् भारी ओसारपसार गर्ने, होटेल सञ्चालन गर्ने र आफै भारी बोक्ने काम गर्ने गरेका छन् ।

    राष्ट्रिय जनमोर्चा नेपाली नागरिकका लागि देशभित्रै रोजगारीको अवसर सृजना गर्न तथा त्यस्तो व्यवस्था हुनुभन्दा पहिला यस खालका बिपत्जन्य घटनामा परेका प्रभावित नेपालीको पक्षमा तदारुकताका साथ ठोस कदम उठाउन नेपाल सरकारसमक्ष माग गर्दछ ।

    रुद्रप्रयाग गौरीकुण्ड पहिरोको सन्दर्भमा नेपाल सरकारले भारत सरकारसित कूटनीतिक पहलदमी गरेर मृतकलाई क्षतिपूर्ति दिलाउने, घाइतेको उपचार गर्ने र बेपत्ताको खोजी गर्ने व्यवस्था मिलाउन हामी माग गर्दछौँ ।”

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.