• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कृषिविकासमा जोड दिन सरकारसित छ किसान सङ्गठनको ध्यानाकर्षण

"सन्दर्भ : भारतद्वारा चामल निर्यातमा रोक "

  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका छ किसान सङ्गठनले कृषिविकासमा जोड दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    भारतले गैरबास्मती चामलको निर्यातमा रोक लगाएको तथा अन्य चामलमा पनि कडाइ गरेको सन्दर्भमा उनीहरूले २०८० साउन १७ गते बुधबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    आफूहरूले लामो समयदेखि आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रका लागि स्वदेशी उत्पादनको उत्थान, प्रवद्र्धन, विस्तार र संरक्षण तथा प्रमुख खाद्यान्नमा परनिर्भरता घटाउनुपर्ने आवश्यकतामा जोड दिएको उनीहरूले स्मरण गराएका छन् ।

    त्यस्तै, भारतद्वारा चामल निर्यातमा कडाइसँगै नेपालमा मुटुठिभर दलाल व्यापारी र विक्रेताले मूल्यवृद्धि गरेकोमा त्यसलाई नियन्त्रण गर्न सरकारसित माग गरेका छन् ।

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपालको कृषि र किसानको हकहित संरक्षणका लागि क्रियाशील हामी ६ ओटा वामपन्थी किसान सङ्घसङ्गठन ६५ बुँदे मागमार्फत नेपालको कृषिक्षेत्रको रूपान्तरण र किसानको समृद्धिको लागि विगत केहि समयदेखि सङ्घर्षमा छौँ । हामी सहमति र सहकार्यको सिद्धान्तमा तात्कालिक किसानका समस्या सम्बोधन गर्न, खाद्य सम्प्रभुताको प्रत्याभूतिमार्फत कृषिको दिगो विकासका लागि निरन्तर क्रियाशील रहदै आएका छौँ ।

    यसै सन्दर्भमा हालै मात्र भारत सरकारले गैरबास्मती चामलको निर्यातमा लोक लगाएको तथा अन्य चामलको समेत निर्यातमा कडाइ गर्ने खबर सार्वजनिक भएको छ । भारतले चामललगायत खाद्यान्नको निर्यातमा लगाएको रोकले यो कुरा पुष्टि गरेको छ कि हामीले उठाएको आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रका लागि स्वदेशी उत्पादनको उत्थान, प्रवद्र्धन, विस्तार र संरक्षण तथा प्रमुख खाद्यान्नमा परनिर्भरता घटाउनुपर्ने विषय ठिक छ र चाहे कोभिडको महामारी होस् या विभिन्न प्राकृतिक प्रकोप तथा नाकाबन्दी एवम् अहिलेको आयात बन्दले परनिर्भरता हटाउने विषय कृषिको विकासमा जोड दिनुपर्ने र जनजीविकासँग जोडिएको मात्र होइन, स्वाधीनता र राष्ट्रियताको समेत विषय भएको प्रष्ट गरेको छ । यस विषयमा विगतका सरकारले समयमै ध्यान नदिएकै कारण हामीले विभिन्न समयमा समस्या भेल्दै आएका छौँ । त्यसैले पुन: हामी कृषिमा आत्मनिर्भरतामा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ ।

    भारतले खाद्यवस्तुको निर्यातमा रोक लगाउने खबर प्रकाशित भएसँगै मुट्ठिभर दलाल व्यापारी र विक्रेताले खाद्यान्नमा चर्काे मूल्यवृद्धि गर्न, कृत्रिम अभाव सृजना गर्न तथा कालोबजारी गर्न लागेका छन् । त्यसैले हामी अहिले नै मूल्यवृद्धि नियन्त्रण गर्न तथा कालोबजारीलाई कडा कारबाही गर्न सरकारले तत्काल कदम चालोस् भनी जोडदार माग गर्दछौँ ।”

    बुधबार, साउन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.