तमघासबजार । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ अमरदीपमा ऐतिहासिक तीन अभियानसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा सत्यवती गाउँपालिका समितिको आयोजनामा २०८० साउन १४ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेलले माक्र्सवाद, लेनिनवाद, ऐतिहासिक भौतिकवाद, संशोधनवादलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले समसामयिक राजनीतिक परिस्थति र सङ्गठनात्मक विषयमा प्रशिक्षण दिनुभयो ।
राजमो जिल्ला कोषाध्यक्ष तथा जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया थापाले पनि विविध विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य उषा थापाको पनि आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रम राजमो पालिका समितिका अध्यक्ष नेत्र रानाको अध्यक्षता तथा नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरको सञ्चालनमा अघि बढेको थियो ।
कार्यक्रममा राजमो नेता हीरा त्रामुले स्वागत मन्तव्य राख्नुभएको थियो ।