दैलेख । राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमबाट प्रभावित भएर देशैभर राजमोमो प्रवेश गर्ने लहरै चलेको छ । यसै क्रममा दैलेखको दुई गाउँका पुरै स्थानीय राजमोमा प्रवेश गरेका छन् ।
राजमोले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियानको क्रममा भगवतीमाइ गाउँपालिका वडा नं ६, नयाँबस्ती र गोठी गाउँका पुरै स्थानीय राजमोमा प्रवेश गरेका हुन ।
यता, २०५४ सालबाट नेकपा माओवादीका वडा जनसरकार प्रमुख, एरिया समिति सदस्य लगायतकाका विभिन्न जिम्मेवारीमा रही लामो समय काम गरी आउनु भएका खड्क बहादुर शाही नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेस गर्नु भएको छ ।

नव प्रवेशीहरुलाई राजमो कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाहीले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा राजमो जिल्ला सल्लाकार समितीका अध्यक्ष पुर्ण बहादुर शाही र राजमो भगवतीमाइ गाउँपालिका अध्यक्ष नरबहादुर सिंह लगायतका नेताहरूले पार्टीको नीति तथा कार्यक्रमबारे गाउँलेहरुलाई स्पष्ट पार्नुभएको थियो ।
यो पनि पढ्नु होस्ः
नेविसंघ कोषाध्यक्षको नेतृत्वमा दर्जनौं विद्यार्थी अखिल (छैठौं) प्रवेश
दैलेखी जनतामा राजमो प्रवेशको लहर