डोटी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत डोटीका विभिन्न गाउँ टोलमा धमाधम संगठन निर्माण भइरहेको छ । जिल्लाव्यापी रुपमा सदस्यता वितरणसँगै संगठन निर्माण भइरहेको राजमो डोटीले जनाएको छ ।
राजमो सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगीको नेतृत्वमा नरेश आले, कविराज जोशी, शंकर बिक, दशरथ नाथ योगी, हरि भट्टराई, सागर भट्ट, केशब खड्का, लक्ष्मण भण्डारी लगायतको टोलीले संगठन निर्माण गरिरहेको छ ।
अभियान अन्तर्गत केआईसिंह गाउँपालिका वडा नं ४, ६ र, ७ मा ६ वटा टोल कमिटी गठन गरिएको छ । जसमा बालाबनमा मनधरी भट्टको नेतृत्वमा ५१ सदस्यीय टोल कमिटी गठन गरिएको छ । लसकरमा अमृता धामीको नेतृत्वमा ३१ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
यस्तै, खनकाबाडामा शंकर बिकको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन गरिएको छ भने लेककोट वायलमा शेर बहादुर भुलको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
यसैगरी, सागर भट्टको नेतृत्वमा ४३ सदस्यीय भाटिगाउँ टोल कमिटी गठन गरिएको छ भने सलेना थलीमा शालीग्राम तिरुवाको नेतृत्वमा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । अभियान जिल्लाव्यापी रुपमा उत्साहका साथ चलिरहेको राजमो डोटीले जनाएको छ ।
यो पनि पढ्नुहोस्ः
डोटीको केआईसिंह गाउँपालिकामा राजमोको संगठन बिस्तार