• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा


  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
  • कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो ।

    Advertisement

    ‘बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ’, स्थानीय जयबहादुर ऐरले भन्नुभयो, ‘नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ ।’

    बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो । कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उहाँको भनाइ छ ।

    स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै छ वर्ष बित्नै लाग्दा पानीको निकासका लागि पहल नगरिएको स्थानीय बासिन्दाको गुनासो छ । ‘पानी निकास हुने कल्भर्ट पाइप थुनेर संरचना निर्माण गर्नेलाई कारबाही हुनसकेको छैन‘, स्थानीय प्रकाशबहादुर ऐरले भन्नुभयो, ‘विकल्पका रूपमा नगरपालिकाले ढल निर्माण गरी पानी निकास गर्नुपर्दथ्यो, त्यो पनि हुनसकेको छैन ।’

    नगरपालिकाका जनप्रतिनिधिले अनुगमन गर्ने कार्यबाहेक बजार व्यवस्थित गर्ने कार्यमा चासो नदिएको प्रति उहाँले असन्तुष्टि पोख्नुभयो । पहिला पानी बजार आसपासकै क्षेत्रसम्म भरिन्थ्यो, हाल वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पस्न थालेको उहाँले बताउनुभयो ।

    बजार क्षेत्रको एकमात्रै सार्वजनिक शौचालयमा कम्मरभन्दा माथि पानी रहेको छ । बजार क्षेत्रमा आउने यात्रु र उपभोक्ताले शौचालय प्रयोग गर्न नपाउँदा नजिकैको वन क्षेत्रमा जानु पर्ने बाध्यता छ । बजार क्षेत्र नजिकका खोका छाप्रामा पानी भएपछि व्यापारीको सामानसमेत बिग्रिएको छ । चार दिनदेखि धेरै व्यापारीले पानीकै कारण पसल खोल्न पाएका छैनन् ।

    बजार क्षेत्रको पानी निकासका लागि सरोकारवाला निकायसँंग समन्वयको कार्य भइरहेको नगरप्रमुख रणबहादुर महराले बताउनुभयो । ‘तत्कालका लागि बजार क्षेत्रमा जम्मा भएको पानी निकासका लागि बजारको पूर्वतर्फको क्षेत्रमा नाली खनेर निकास गर्छौँ, उहाँले भन्नुभयो, ‘पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्छौँ ।’

    प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय कञ्चनपुर र पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रतिनिधिसहितको टोलीले कलुवापुर बजार क्षेत्रको डुबान परेको क्षेत्रको शनिबार स्थलगत अनुगमनसमेत गरेका छन् । कलुवापुर बजार क्षेत्रमा झन्डै दुई सय बढी पसल छन् ।

    आइतबार, असार ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.