मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताउनुभएको छ ।
राष्ट्रपति पुटिनले भन्नुभयो– ‘मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउने छ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउने छ ।’
पुटिनका अनुसार युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण किभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु हो ।
उहाँले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै नाटोले किभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो तर सदस्यताका लागि समयसीमा भने दिएको छैन ।
युक्रेनले रुसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दुरीका हतियारको माग गर्दै आएको छ ।
पुटिनले पत्रकारसँग भन्नुभयो– ‘लामो दुरीका क्षेप्यास्त्रहरूले क्षति पुर्याउँछ तर ती प्रयोग गरिएका लडाकु क्षेत्रमा केही पनि महत्त्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागु हुन्छ ।’
उहाँले भन्नुभयो– ‘नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्ने छ र द्वन्द्वलाई बढावा दिने छ ।” (रासस/एएफपी)





