सुर्खेत । राष्ट्रिय जनमोर्चाले देशब्यापी सञ्चालन गरेको विशेष संगठनात्मक अभियान सुर्खेतमा पनि उत्साहका साथ अघि बढेको छ । सुर्खेतमा राजमो महासचिव जनकराज शर्माको नेतृत्वमा जिल्लाब्यापी अभियान चलेको राजमो सुर्खेतले जनाएको छ ।
अभियानकै क्रममा पञ्चपुरी नगरपालिका वर्ड नं. ८ दुलालथायीकी ९९ वर्षीया पानसरा शाहीले राजमोको सदस्यता लिनुभएको छ । पानसरा राजमो नगरसमितिका कोषाध्यक्ष विष्णुबहादुर शाहीकी आमा हुनुहुन्छ । यस्तै, सोही स्थानमा ८६ वर्षीय विर शहादुर बुढाले पनि राजमोको सदस्यता लिनुभएको छ । उहाँहरुलाई राजमो केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीले सदस्यता नविकरण गरी अभियान सुरु गर्नुभएको थियो ।
पञ्चपुरी नगर समितिका अध्यक्ष थानेश्वर तिवारी, उपाध्यक्ष धर्म लम्साल, कोषाध्यक्ष विष्णु बहादुर शाही सहितको टोलीले पञ्चपुरीका विभिन्न वडामा सदस्यता वितरण, गरिरहेको छ ।
यसै गरि वीरेन्द्रनगर नगरपालिका राजमो जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुवेदीको नेतृत्वमा अभियान सञ्चालन भएको छ । अभियानकै क्रममा विरेन्द्रनगर नगरपालिका वडा नं ८ मा विष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा चन्द तिवारी, सचिवमा युवराज चालिसे, कोषध्यक्षमा नवराज रेग्मी, सदस्यहरुमा पूर्ण तिवारी लगायत रहनुभएको छ ।
यता, लेकबेशी नगरपालिकाका बराह, फर्सा, लेक क्षेत्रमा नेकपा (मसाल) का प्रवक्ता मोहन थापा, अखिल नेपाल किसान संघ कर्णाली प्रदेशका सदस्य प्रेम ठाडाको टोलीले अभियान सञ्चालन गरेको छ । गुर्भाकोट नगरपालिका वार्ड नं १३ मा भर्लेनी भाम्का लगायतका स्थानमा मा नगर कमिटीका अध्यक्ष जीत बहादुर घर्ति र सदस्य टेक बहादुुर घर्तिको टोलीले संगठन अभियान सञ्चालन गरेको छ ।
अभियानका क्रममा सुर्खेतमा सयौं जनाले राजमोको सदस्यता लिएका छन् ।