• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बागलुङमा पहिराले दुई विद्यालय जोखिममा


  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
  • ढोरपाटन । केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा दुई विद्यालय पहिरोको जोखिममा परेका छन् ।

    Advertisement

    निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।

    पहिरोले देउराली प्राविको भवनको जग्गा नै बगाउन थालेको छ भने थानापति आधारभूत विद्यालयको खेल मैदान बगाएको छ ।

    अघिल्लो वर्षदेखि पहिरोको जोखिममा परेको देउराली प्रावि अहिले भवन नै बग्ने खतरा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र घर्तीमगरले जानकारी दिनुभयो । विद्यालय संरक्षणका लागि गाउँपालिका र प्रदेश सरकारलाई आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

    पहिरोले खेलमैदान बगाएसँगै विद्यालय भवन जोखिममा परेको थानापाती आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेले बताउनुभयो । विद्यालय पहिराका कारण जोखिम मोलेर पठनपाठन गर्न बाध्य भएको उहाँको भनाइ छ । बर्खा सुरु भएपछि दिनदिनै पानी पर्न थालेको भन्दै कतिबेला विद्यालय बगाउँछ भन्ने त्रास हुने प्रधानाध्यापक घिमिरे बताउनुहुन्छ ।

    विद्यालयमा अधिकांश ससाना बालबालिका मात्रै रहेको हुँदा पहिरोबाट लड्ने खतरा बढेको उहाँले बताउनुभयो । पहिरोले खेलमैदान बगाएपछि विद्यालय संरक्षणका लागि गाउँपालिकामा जानकारी गराएको उहाँको भनाइ छ ।

    विद्यालयको मुख्य भवनको तल्लो भागको पहिरोले बगाउँदा शौचालय जानआउन समस्या भएको उहाँले बताउनुभयो ।

    प्रधानाध्यापक घिमिरेले भन्नुभयो, बर्खा लाग्यो, अहिलेसम्म यस्तो समस्या त आइपरेको थिएन, अहिले एक्कासी पहिराले मैदान भत्किएपछि माथिल्लो पट्टिको भवन पनि जोखिममा छ, यहाँ बालविकास र तल्लो कक्षामा पढ्ने विद्यार्थी हुँदा खेल्दै गएर लड्छन् कि भन्ने जोखिम बढेको छ, पहिराको तलतिरबाट ग्याविनसहितको पर्खाल नलगाएसम्म सुरक्षित हुने देखिन्न ।

    बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पहिरोबाट विद्यालय भवन र अन्य संरचना संरक्षणका लागि पहिरो नियन्त्रण गर्ने बताउनुभयो ।

    बर्खामा हुने सम्भावित घटनालाई मध्यनजर गरी गाउँपालकाले उद्धारलगायतका बारेमा योजना बनाएको जनाउँदै विद्यालय संरक्षण गर्ने दायित्व आफूहरुको रहेको वनले बताउनुभयो ।

    कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयमै बालविकास केन्द्र पनि सञ्चालनमा छ । यहाँ १७ बालबालिका अध्ययन गर्न आउने गरेका विद्यालयले जनाएको छ ।

    बिहिबार, असार २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.