• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संघीयताको विरोध गर्दा नाक काट्नेहरु अहिले पछुताएका छन्ः केसी


  •   शनिबार, फागुन १७, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता विरुद्ध निर्णायक आन्दोलन अघि बढाउनुपर्ने बताउनुभएको छ । शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको ‘संघीयता विरुद्ध काठमाडौं मार्च–२०७६’ सम्बन्धी उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै केसीले संघीयता मुलुकले धान्नै नसक्ने बताउनुभयो ।

    Advertisement

    अध्यक्ष केसीले सुरुमा जनतालाई संघीयता राम्रै हो कि भन्ने लागेको तर अब त्यो भ्रम साफ भएको बताउनुभयो । देशमा चोरबाटोबाट संघीयता भित्रिँदादेखि नै राष्ट्रिय जनमोर्चाले सशक्त विरोध गर्दै आएको स्मरण गर्दै उहाँले अब संघीयता विरुद्धको जनमत देशव्यापी बढेको बताउनु भयो ।

    ‘सुरु सुरुमा संघीयता राम्रै हो कि भन्ने भ्रम थियो, अब त्यो भ्रम साफ भएको छ’ केसीले भन्नुभयो, ‘कर तिर्दा तिर्दा नै जनता हैरान भइसकेका छन् । त्यसकारण संघीयता विरुद्धको आन्दोलनलाई अब ठुलो समर्थन प्राप्त छ ।’

    अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध २०६६ वैशाखमा १० दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन र क्षेत्रीयस्तरमा बन्द लगायतका कार्यक्रम गरेको स्मरण गर्दै त्यतिबेला काठमाडौंमा सुर्य नेपालीको नाक काटिएको तथा ठाउँ ठाउँमा आफ्नो पार्टीका नेता कार्यकर्ताहरु माथि आक्रमण भएको बताउनुभयो ।

    केसीले भन्नुभयो, ‘जातीवादीहरुले काठमाडौंमा सुर्य नेपालीको नाक काटिदिए, वीरगञ्जमा संविधानसभा सदस्य रश्मीराज नेपालीमाथि आक्रमण भयो । पूर्वमा मीना पुन र रामबहादुर बुढालगायत साथीहरुमाथि आक्रण गरियो । तर त्यसरी आक्रमणमा उत्रिनेहरु अहिले पछुताएका छन् । संघीयताले उनीहरुलाई पनि आक्रान्त पारेको छ ।’

    अध्यक्ष केसीले अहिले संघीयता केही मुठ्ठिभर जातीवादी र क्षेत्रीयवादीहरुको मात्रै भएको उल्लेख गर्दै राष्ट्रवादी नेपालीले संघीयता स्वीकार गर्नै नसक्ने जिकिर गर्नुभयो ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को आयोजनामा आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौंमा ‘संघीयता विरुद्ध मार्च’ हुन गइरहेको छ । सोही मार्चलाई सफल बनाउन राष्ट्रिय जनमोर्चाले उपत्यकास्तरीय भेलाको आयोजना गरेको हो ।

    अध्यक्ष केसीले कार्यक्रमको आयोजना अखिल (छैठौं) ले गरेपनि त्यो पार्टीकै कार्यक्रम भएको स्पष्ट पार्नुभयो । ‘कतिपयले संघीयताको विरोध विद्यार्थीको टाउकोमा हाले भनेर हाम्रो आलोचना गर्ने गरेका छन्’ केसीले भन्नुभयो, विद्यार्थीले आयोजना गरेपनि त्यो हाम्रो पार्टीको कार्यक्रम हो । त्यसलाई सफल बनाउन हामी सबै लागौं ।’

    कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले विषयबस्तु प्रस्तुत गर्दै देशभरका हजारौं विद्यार्थीले संघीयताविरुद्ध पाँच दिनसम्म राजधानीमा प्रदर्शन गर्ने बताउनुभयो । पोखरेलले यो आन्दोलनले संघीयतावादीहरुलाई थर्कमान बनाउने भन्दै विद्यार्थी र जनताको बलमा संघीयतालाई गम्भीर धक्का दिने चेतावनी दिनुभयो

    राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले गर्नुभएको थियो । विद्यार्थी मार्चलाई सफल बनाउन राष्ट्रिय जनमोर्चाको योजनाबारे निमबहादुर बुढाले स्पष्ट पार्नुभएको थियो । भेलाले संघीयता विरुद्धको मार्चलाई सफल बनाउन विभिन्न योजना बनाएको छ ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष एवं सांसद दुर्गा पोडेल, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटालगायत नेताहरुको उपस्थिति थियो ।

    शनिबार, फागुन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ३.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ४.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ५.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ६.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.