• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दलित परिवारले पालेका सबै पशुपक्षीको नि:शुल्क बीमा


  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
  • पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको नि:शुल्क बिमा गरिदिने भएको छ ।

    Advertisement

    गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो ।

    दलित परिवारको अर्थावस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बीमाको लागि रु आठ लाख विनियोजन गरिएको पालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो ।

    दलित परिवारलाई व्यावसायिकरूपमा पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको हो । यहाँका छवटै वडामा दलित समुदायको बाहुल्यता रहेको छ । तर उनीहरूले अहिलेसम्म निर्वाहमुखीरूपमा गाईभैँसी पाल्दै आएका छन् । यो कार्यक्रमले उनीहरूलाई व्यावासयिकरूपमा पशु पाल्न प्रेरित गर्ने गाउँपालिकाका अध्यक्ष भुसालको विश्वास छ ।

    त्यसैगरी पशुपालनको क्षेत्रमा कृषकलाई थप प्रोत्साहन गर्न, पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्न र लिमे पारकोटे पाडापाडी संरक्षण होस् भनेर प्रत्येक सुत्केरी भैँसीका लागि रु पाँच सयका दरमा ‘भैँसी सुत्केरी कार्यक्रम’ सञ्चालन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ ।

    गाउँपालिकाले विगतका वर्षमा सञ्चालन गर्दै आएका धेरै कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    ‘महाशिलाको सरोकार: एक घर एक रोजगार’ भन्ने मूल नाराका साथ सुरु भएको महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई अझै प्रभावकारीरूपमा सञ्चालन रु दुई करोड २६ लाख ३८ हजार सात सय विनियोजन भएको छ ।

    विदेशमा रहेका र सहरमा रहेका युवालाई गाउँ फर्की उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँमा उद्यम घरमै रोजगारी: घर फर्क प्यारा प्यारी’ कार्यक्रमअन्तर्गत ब्याज अनुदानका लागि आवश्यक रकम विनियोजन गरेको गाउँपालिकाले बताएको छ । ‘घर फर्क प्यारा–प्यारी अभियान र बसाइँ फर्क अभियान’ अन्तर्गत बैंक ब्याज र खाद्यान्न अनुदान साझेदारीका लागि रु पाँच लाख छुट्याइएको छ ।

    यस्तै गाउँपालिकाका सबै विद्यालयमा अङ्ग्रेजी पाठ्यपुस्तक अनुदान, विद्यालय सुशासन प्रवर्द्धन, अभिभावक शिक्षा, होमवर्क डायरी, पढ्दै कमाउँदै अभियान, प्रधानाध्यापकलाई प्रोत्साहन, अध्यक्ष असहाय बालबालिका छात्रवृत्ति कल्याणकारी कोष, आवासीय विद्यालय सञ्चालनका लागि पनि बजेट दिइने भनिएको छ । यस्तै प्राविधिक धारमा स्नातक तह अध्ययनका लागि गाउँपालिकाका चार जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रु एक लाख सहायता दिने कार्यक्रम पनि गाउँपालिकाले घोषणा गरेको छ ।

    गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, गाउँपालिकालाई ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको सुधारका लागि स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी महिलालाई कुखुरा वा घिउसहित घरमा भेट्न जाने उद्देश्यले ‘अध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम’ सञ्चालन गर्ने जनाएको छ ।

    गाउँपालिकाले सुत्केरी अवस्थामा रहेका तथा किरियामा रहेकाहरूलाई लक्षित गरेर ‘कुनाबाट कोरासम्म’ कार्यक्रमका लागि पनि आवश्यक रकम विनियोजन गरेको बताएको छ । बजेट वक्तव्यमा हरेक दुई महिनामा दीर्घरोगी र वृद्धहरूलाई घर–घरमै गएर नि:शुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको नि:शुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको पनि गाउँपालिकाले बताएको छ ।

    आइतबार, असार १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.