कैलाली । एमसीसी र सीमा अतिक्रमण विरुद्ध कैलालीमा विरोध सभा भएको छ । बिहीबार नेकपा (मसाल) सहित १० राजनीतिक दलले देशव्यापी आयोजना गरेको विरोध कार्यक्रम अन्तर्गत कैलालीको पूवी क्षेत्रमा विरोध सभाको आयोजना गरिएको हो ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा सम्पन्न विरोध सभामा राष्ट्रिय जनमोर्चा बर्दगोरिया गाउँपालिकाको अध्यक्ष परक बुढाको सभापतित्व सञ्चालन राजमो नेता प्रकास जोशीले गर्नुभएको थियो भने स्वागत मन्तब्य राजमो जिल्ला सदस्य मेरजन शाही गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका महासचिव कृष्ण पाण्डे,नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही, नेकपा (माले)का केन्द्रीय सदस्य परेक रावल र नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष रङनाथ ढकालले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै, घोडाघोडी नगरपालिकाको सुखडमा पनि बिरोध कार्यक्रम सम्पन्न भएको छ । सुखड बजारमा सम्पन्न विरोध कार्यक्रममा राजमो जिल्ला सदस्य मेनुका खड्काको सभापतित्व तथा राजमो नेता प्रकाश जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रवक्ता मिलन शाही, परेक रावल ,मेजर शाही र रङगनाथले सम्बोधन गर्नुभएको राजमो जिल्ला सचिव जगत जोशीले जानकारी दिनुभयो ।

