उदयपुर । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान पूर्वी नेपालमा उत्साहका साथ अघि बढेको राजमो प्रदेश समितिले जनाएको छ । पूर्वी नेपालका सबै जिल्लाहरुमा जनभेटघाट, सदस्यता वितरण तथा संगठन निर्माण भइरहेको छ ।
राष्ट्रिय जनमोर्चाका १ नं.प्रदेश सदस्य लिलकुमार राई र अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य राजेश चौधरीको विशेष उपस्थितीमा सो भेला सम्पन्न भएको हो ।
भेलाले ७ सदस्य राजमो गाउँ समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा चन्द्रबहादुर राई, उपाध्यक्षमा तिलकशेर राई, सचिव केशव खड्का र कोषाध्यक्षमा उत्तरसरी राई रहनुभएको छ । सदस्यहरुमा मेनुका खत्री, सुदेश राई र खुस बहादुर राई रहनुभएको छ ।
त्यस्तै, रौतामाई गाउँपालिकामा पनि गाउँ समिति गठन भएको छ । समितिको अध्यक्षमा रुद्र खड्का, उपाध्यक्ष केशव बोहरा, सचिव केशव खड्का र कोषाध्यक्षमा पुर्णमाया भुजेल चयन हुनुभएको छ । सदस्यहरुमा राम बहादुर मगर, मान बहादुर केछात्ती र राम कुमार खत्री रहनुभएको छ ।
यो पनि पढ्नुहोस्ः
पूर्वी नेपालमा यसरी विस्तार हुँदैछ राजमो