दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको घरदैलो, जनभेटघाट तथा सदस्यता अभियान निरन्तर चलिरहेको छ । पार्टीले देशब्यापिरुपमा सञ्चालन गरेको संगठनात्मक अभियान अन्तरगत दाङमा पनि जिल्ला भरी नै अभियान चलिरहेको छ ।
Advertisement
जिल्लाका घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिका, राप्ती, गढबा र राजपुर गाउँपालिकामा अलग अलग टिम परिचालन भएका छ्न् भने दंगीशरण, शान्तिनगर र बबईमा एउटै टिमले अभियान अगाडि बढाएको राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभएको छ ।
घोराहीले दुई टिम निर्माण गरि अभियानलाई अगाडि बढाएको छ । एउटा टिमको नेतृत्व नगर अध्यक्ष हरि खरेलले गर्नु भएको छ भने अर्को टिमको नेतृत्व नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतले गर्नु भएको छ । अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चा को सदस्यता लिने लहर चलेको छ ।
