काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी सदस्यता नविकरण गर्नुभएको छ । काठमाडौंको बागबजारमा मंगलबार एक कार्यक्रमबीच अध्यक्ष केसीले सदस्यता नविकरण गर्नुभएको हो ।
Advertisement
राष्ट्रिय जनमोर्चा काठमाडौं महानगरपलिकाका अध्यक्ष ऋतु केसीले सदस्यता नविकरण गरि केसीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अखिल नेपाल जनजाति सम्ममेलनका अध्यक्ष निम बहादुर वुढाथोकी र अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुनको विशेष उपस्थिती रहेको थियो ।
राष्ट्रिय जनमोर्चाले एक महिने सांगठनिक अभियान अन्तर्गत देशब्यापी सदस्यता नविकरण र वितरण गरिरहेको छ । त्यसै क्रममा अध्यक्ष केसीले पनि सदस्यता नविकरण गर्नुभएको हो ।

