दुर्गानाथ खरेल ##
वस्तुगत संसारबारे जनताले प्राप्त गर्ने ज्ञानमो कुल जोड सिद्धान्त हो । व्यावहारिक जीवनका विभिन्न क्षेत्रमा गरिने जनताको कृयाकलाप व्यवहार हो । शारीरिक र मानसिक श्रमविभाजन भएपछि सिद्धान्त र व्यवहारबिच फरक आयो । यिनीहरू एकले अर्कोलाई प्रभाव पार्ने निर्भर प्रकृतिको रहने भए पनि स्वतन्त्र पनि भए । मानसिक र शारीरिक श्रमबिच भिन्नता वर्गवैरभावको उपजको रूपमा सिद्धा न्त र व्यवहारबिच खाल्डो तथा विरोधाभास उत्पन्न भएको हो । वर्गशत्रुता अन्त हुने र मानसिक र शारीरिक श्रमबिचको भिन्नता सकिएपछि खाल्डो पुरिने छ । सिद्धान्त व्यवहारको निकट सम्पर्कमा रहने छ । व्यवहार सिद्धान्तको फराकिलो बाटोमा सफलताका साथ अघि बढ्ने छ । दुवै मिलेर प्रकृति र समाजलाई फेर्ने एउटै सामाजिक ऐतिहासिक प्रक्रिया बन्ने छन् ।
आफूलाई माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट निर्देशित गर्न नसक्नुको अर्थ सामन्ती, पुँजीवादी वा निम्नपुँजीवादी दृष्टिकोणबाट निर्देशित गर्नु हो ।
आन्दोलनकारीको उद्देश्य सबैमा स्पष्ट हुन नसके पनि नेतृत्वपङ्क्तिमा स्पष्ट भएको हुनु आवश्यक छ । अन्तिम उद्देश्य स्पष्ट नभई आन्दोलन सबथोक हो र अन्तिम उद्देश्य केही पनि होइन भन्ने अवसरवादी हुन् ।
सही दृष्टिकोण नलिइकन जनतामा काम गर्नुको अर्थ जनतालाई पनि गलत विचारको प्रभावमा पार्नु र जनआन्दोलनभित्र अवान्छित फोहोरमैला घुसाउनु हो । क्रान्तिकारी सिद्धान्तलाई आफ्नो मार्गदर्शकको रूपमा अपनाउन र प्रयोग गर्न असमर्थ सङ्गठन र व्यावहारिक आन्दोलनबाट अलग रहेको सङ्गठनले क्रान्तिकारी उथलपुथल ल्याउने महान् जनआन्दोलनलाई पूर्ण विजयसम्म नेतृत्व गर्न सक्दैन ।
आन्दोलनकारीको उद्देश्य सबैमा स्पष्ट हुन नसके पनि नेतृत्वपङ्क्तिमा स्पष्ट भएको हुनु आवश्यक छ । अन्तिम उद्देश्य स्पष्ट नभई आन्दोलन सबथोक हो र अन्तिम उद्देश्य केही पनि होइन भन्ने अवसरवादी हुन् ।
उद्देश्य जतिसुकै राम्रो भए पनि र जतिसुकै इमान्दारितापूर्वक लागु गर्न कोसिस गरे पनि दृष्टिविहीनले यथार्थतालाई बुझ्न सक्दैनन् । क्रान्तिकारी सिद्धान्तको मदतबिना कसैले पनि आजको जटिल सामाजिक जीवनलाई बुझ्न सक्दैन । बुझे पनि उसले आंशिक, गलत वा एकाङ्की ढङ्गबाट मात्र बुझ्न सक्ने छ ।
लासालले भनेका छन्– “दैनिक जीवनको खैलाबैलाबाट भन्दा विज्ञानको अग्लो शिखरबाट चाँडै प्रभातको किरण देखिन्छ ।” त्यस्तै, माक्र्सले भनेका छन्– “जसरी सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेट्याउँछ, उसैगरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेट्याउँछ ।”
हामी जसलाई क्रान्तिकारी जनआन्दोलन भन्दछौँ, वास्तवमा जनताको सङ्घर्ष र क्रान्तिकारी सिद्धान्तको मेल हो । जब सिद्धान्तले जनताको व्यावहारिक सङ्घर्षलाई र त्यो व्यवहारले सिद्धान्तलाई भेट्याउँछ तब श्रमजीवी जनताको मुक्तिले आफूलाई सिद्ध गर्न थाल्ने छ ।
सिद्धान्त जीवनसित सजीव व्यवहारसित सही ढङ्गले गाँसिएपछि र व्यावहारिक सङ्घर्षका समस्या तथा सङ्घर्षको क्रममा उत्पन्न प्रमुख सवालको अध्ययन, विश्लेषण गरेर समाधानको उचित प्रयोग गर्नुपर्छ । त्यसो गर्दा जनताको व्यावहारिक क्रान्तिकारी क्रियाकलापमा ठिक ढङ्गले प्रयोग गरेपछि मात्र ठिक ढङ्गले लागु भएर विकसित हुन्छ । सिद्धान्त अदम्य र अजेय भौतिक शक्तिमा फेरिन्छ ।
जडसूत्रवाद र सङ्कीर्ण व्यवहारवाद दुवैले एकतामा भाँजो हाल्दछन् । सिद्धान्तको यान्त्रिक प्रयोग केटाकेटीपन हो । निरपेक्षीकरण र यान्त्रीकरण हाम्रो देशको सिद्धान्तको सृजनात्मक प्रयोगमा तगारो बनेको छ । आफ्ना दैनिक आवश्यकता पूर्ति गर्ने सिलसिलामा अध्ययन र विषयवस्तु छनौट दुवैको महत्त्व छ । सिद्धान्तको अध्ययन गर्दा हाम्रो दैनिक आवश्यकता पूर्ति र समाजमा त्यसको व्यवस्थापन गर्ने तरिका दुवैसँग सम्बन्धित रहेर अध्ययन गर्ने एकातिर र राजनीतिक सङ्गठनमा संलग्न भएर जिम्मा पूरा गर्ने अर्कोतिरदुवैका सिलसिलामा उच्च ज्ञान हासिल गर्न सकिन्छ । समाजमा खराबी, कमजोरी र अन्य व्यवस्थालाई व्याख्या गर्ने मात्र होइन, त्यसलाई बदल्ने अभियानमा समेत आफूले श्रम खर्च गर्नुपर्दछ । त्यसैले समाज बदल्ने अभियान महत्त्वपूर्ण मानिन्छ ।
सिद्धान्त जीवनसित सजीव व्यवहारसित सही ढङ्गले गाँसिएपछि र व्यावहारिक सङ्घर्षका समस्या तथा सङ्घर्षको क्रममा उत्पन्न प्रमुख सवालको अध्ययन, विश्लेषण गरेर समाधानको उचित प्रयोग गर्नुपर्छ । त्यसो गर्दा जनताको व्यावहारिक क्रान्तिकारी क्रियाकलापमा ठिक ढङ्गले प्रयोग गरेपछि मात्र ठिक ढङ्गले लागु भएर विकसित हुन्छ । सिद्धान्त अदम्य र अजेय भौतिक शक्तिमा फेरिन्छ ।
व्यवहारमा लाग्दा प्रत्येक मान्छे एक न एक सैद्धान्तिक दृष्टिकोणबाट निर्देशित रहेको हुन्छ । सैद्धान्तिक क्रियाकलाप सामाजिक कृयाकलापको एउटा महत्त्वपूर्ण अङ्ग हो । सिद्धान्त र व्यवहारबिच खाडल उत्पन्न हुने कारण सैद्धान्तिक कार्यले आर्थिक विकासक्रमद्वारा देखाएको बाटोबाट भिन्नै बाटो पत्ता लगाउने काममा आफूलाई तह लगाउँछ । त्यसो गर्दा आन्दोलनले तात्कालिक कार्यसूचीमा नराखेका नारासहित सङ्घर्षको तयारी र तरिकालाई सो आन्दोलनमा थोपर्न खोज्छ । त्यसका साथै तथाकथित नेताहरूले मनोगत आधारमा सैद्धान्तिक क्रियाकलाप चलाउँछन् । माक्र्सवाद–लेनिनवादको चिह्नपाटी राखेर अवसरवादी तथा संशोधनवादी विचारको बिक्री गरिन्छ । नेता हुने महत्त्वाकाङ्क्षा बोकेर कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिको टकरावका कारण दर्जनौँ कम्युनिस्ट नाम गरेका पार्टी अस्तित्वमा छन् । त्यसो हुने कारण आफ्नो योग्यताले भेट्न नसक्ने महत्त्वाकाङ्क्षा बोक्नु नै हो । सिद्धान्त र राजनीतिक लाइनको महत्त्व नबुझिकन सङ्गठन बनाउने अवरवादी तरिकाले गर्दा त्यस्तो भएको हो ।
सङ्गठन नभए सिद्धान्त र राजनीतिक लाइनको अर्थ नहुने भए पनि सङ्गठन भने सिद्धान्त र राजनीतिक लाइनपछि तेस्रो महत्त्वमा पर्दछ । सिद्धान्त र राजनीतिक लाइनबिनाको सङ्गठनले अवसरको खोजीबाहेक अरू केही गर्दैन ।
अर्को वर्गले आफ्नो सङ्गठन र सङ्घर्षको बलले त्यो शक्तिमाथि विजय प्राप्त गरेर आमूल परिवर्तन गर्नुपर्छ । त्यो भनेको शासितलाई शासक र शासकलाई शासितको अवस्थामा पुर्याउनुपर्छ । त्यो काम वर्गसमन्वयबाट मात्र पूरा हुन सक्छ ।
सिद्धान्तले हामीलाई संसार बुझ्ने र फेर्ने काममा सहयोग गर्छ । थिचोमिचोका विरुद्धमा अब मुक्तिको लागि सफलतापूर्वक सङ्घर्ष गर्ने क्षमता प्रदान गर्दछ । प्रमुख पक्ष माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोण हो । खगोलशास्त्रीको दूरविन जस्तै हो । प्रयोगशालाको सूक्ष्मदर्शक यन्त्र जस्तै हो । अन्धकारको उज्यालो जस्तै हो ।
लेनिनले भनेका छन्– “मानवजातिले सृजना गरेको सम्पूर्ण ज्ञानभण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाईंं कम्युनिस्ट बन्न सक्नुहुन्छ ।” त्यसैगरी माओले भनेका छन्– “हाम्रो निष्कर्ष हो, मनोगत र वस्तुगतको, सिद्धान्त र व्यवहारको, ज्ञान र ठोस कार्यको ऐतिहासिक एकता…. ।” माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको सिद्धान्त र व्यवहारको एकताका प्रतीक हुन् । हामीले आफूलाई उनीहरूले नमुनामा ढाल्न प्रयत्न गर्नुपर्छ । विभिन्न पक्षमा निरन्तर परिवर्तन र रूपान्तरण हुँदै सामाजिक जीवन अघि बढ्दै आएको छ ।
राजनीति राज्यसत्तासँग सम्बन्धित ज्ञान हो । उत्पादनको तरिकाअनुसारको एउटा वर्गले प्रभुत्व जमाएको हुन्छ र अर्को वर्गले दासता व्यहोरिरहेको हुन्छ । प्रभुत्व जमाएको वर्गको हितको रक्षा गर्ने गरी प्रतिनिधि र हतियारधारी शक्तिसहितको निकाय राज्यसत्ता हो ।
अर्को वर्गले आफ्नो सङ्गठन र सङ्घर्षको बलले त्यो शक्तिमाथि विजय प्राप्त गरेर आमूल परिवर्तन गर्नुपर्छ । त्यो भनेको शासितलाई शासक र शासकलाई शासितको अवस्थामा पुर्याउनुपर्छ । त्यो काम वर्गसमन्वयबाट मात्र पूरा हुन सक्छ ।
वर्गसङ्घर्ष रोक्न ईश्वर, धर्म, भाग्य, स्वर्ग जस्ता काल्पनिक विषयका शक्तिशाली मन्दविष समाजमा फैलाएका हुन्छन् । यी सबै चिजलाई परास्त गर्दै सङ्गठन र सङ्घर्षको लामो अभ्यासबाट मात्रै राज्यसत्तामा आमूल परिवर्तन सम्भव र सफल हुन सक्छ ।
इतिहास एउटा महान् शिक्षक हो । जार्ज सान्तोयानाले भनेका छन्– “जो मानिसहरू अतितलाई बिर्सन्छन्, उनीहरू अनिवार्य रूपमा त्यसलाई दोहोर्याउछन् ।” पहिलेका गल्तीबाट सिक्नु, हारलाई जितमा परिणत गर्नु भन्नु नै वास्तवमा गल्ती, असफलता र हारको पुनरावृत्तिलाई रोक्नु हो । वर्तमान ऐतिहासिक निरन्तरताको एउटा क्षण मात्रै हो ।
बाटोमा तपाईंले धेरै साहसिक कार्य भेट्याउनु हुने छ । मानिसको रायलाई ध्यान दिएर सुन्नुहोस् तर आखिरमा तपाईंले आफूले पाएको रूपमा सत्यलाई निर्धारित गर्नुपर्ने हुन्छ ।”
वर्तमान अतितको सन्तान र भविष्यको जननी हो । त्यसबाहेक त्यो एउटा नयाँ युग हो । अतितको ज्ञानले वर्तमानलाई बुझ्न र भविष्यको लागि बाटो बनाउन मदत गर्छ ।
तथ्यबाट सत्य पत्ता लगाउने तरिका सही तरिका हो । दिमागमा विचार छैन भने मान्छेले तथ्यलाई देख्न पनि सक्दैन । बिनाविचार र बिनाउद्देश्य तथ्यलाई लिएको हुँदैन । चाल्स डार्विनले भनेका छन्– “सत्य त्यस्तो चिज हो, जसलाई तपाईंंले आफ्नो लागि पत्ता लगाउनुपर्छ । यो आविष्कारको एउटा यात्रा जस्तो हो ।
बाटोमा तपाईंले धेरै साहसिक कार्य भेट्याउनु हुने छ । मानिसको रायलाई ध्यान दिएर सुन्नुहोस् तर आखिरमा तपाईंले आफूले पाएको रूपमा सत्यलाई निर्धारित गर्नुपर्ने हुन्छ ।”
मानव समाजको इतिहास धेरै व्यवस्था, घटना र दुर्घटना झेल्दै विरोध र प्रतिरोधको अवस्थाबाट आएको हो । आजका मान्छेले कल्पना गर्दै अप्ठ्यारो लाग्ने दासप्रथा, सतिप्रथा जस्ता अमानवीय घटनाबाट आजको अवस्थामा आएको छ तर एउटा सिलसिला भने टुटेको छैन । त्यो हो : व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन दर्ता गरेर सम्पन्नता र विपन्नताको खाडल फराकिलो पार्दै लैजाने । यो वा त्यो रूपमा प्रभुत्व र दासता, उत्पीडन र सम्पन्नता, अधिकारैअधिकार र कर्तव्यैकर्तव्यका विभाजन अझै समाप्त भएको छैन ।
द्वन्द्ववाद माक्र्सवादी दर्शनसम्बन्धी ज्ञान हो । यो अधिभूतवादी चिन्तनको विरोधी तरिका हो । संसारलाई तम्तयार चिजका जमघटको रूपमा होइन बरु प्रक्रियाको रूपमा बुझ्नुपर्दछ ।
अधिभूतवादी तरिकाले उत्पत्ति विकास, परिवर्तन र विनाश हुने तथ्यमाथि आँखा चिम्लने गर्छ । त्यसलाई छाडेर द्वन्द्ववादी तरिकातर्फ वा द्वन्द्ववादी दृष्टिकोणतर्फ सङ्क्रमण गर्नुपर्ने हुन्छ । यसले गतिशीलता, उत्पत्ति, विकास, परिवर्तन र विलयको सिलसिला मान्दछ ।
उक्त तरिकाबाट गुज्रिरहेको रूपमा एकार्कोसित जटिल र परिवर्तनशील अन्तरसम्बन्धको सिलसिलाबाट गुज्रिरहेको रूपमा हुन्छ ।
तिनको माझमा अन्तरक्रिया र एकार्कोमा सङ्क्रमणको प्रक्रियामा रहेको रूपमा अध्ययन र अनुसन्धान गर्दछ ।
अशिष्ट विकासवादी दृष्टिकोणलाई माओवादको सङ्ज्ञा दिइएको छ । उक्त विकासवादी दृष्टिकोणले प्रक्रिया र समाजमा हुने विकासलाई क्रमिक परिमाणात्मक परिवर्तनसम्म मात्र सीमित रहने रूपमा हेर्दछ । यसले गुणात्मक अवस्थाको सृजना गर्छ भन्ने रूपमा हेर्दैन ।
“फड्कोले निरन्तर र परिवर्तनको पूर्वानुमान गर्छ भने निरन्तर परिवर्तनका कारणबाट अनिवार्य फड्को पैदा हुन्छ । ती एउटै प्रक्रिया दुई आवश्यक पक्ष हुन् । मानसिक रूपले एउटालाई हटाइदिने हो भने सम्पूर्ण प्रक्रिया असम्भव र सोच्न नसकिने बन्ने छ” यो प्लेखानोभको भनाइ हो ।
प्रकृतिका हरेक चिज गतिशील छन् । गतिशील पदार्थ निश्चित विन्दुमा पुगेपछि त्यो त्यही अवस्थामा रहन नसकेर गुणात्मक परिवर्तन भई नयाँ वस्तुको उत्पत्ति हुने हो । त्यो नयाँको विकास हुँदै गर्दा परिवर्तनको गति मात्रात्मकबाट अगाडि बढेर त्यो वस्तुको विलय भई नयाँ वस्तु बन्दछ । यही प्रक्रिया निरन्तर चालु रहन्छ । त्यसो गर्दा पनि विकासको गति पहिले जस्तैमा पुग्ने होइन कि नयाँ नयाँ रूपधारण गर्दै जान्छ । त्यो गतिशीलता आन्तरिक द्वन्द्ववादबाट हुने हो ।
बाहिरी शक्तिले सहयोग मात्र पुर्याउने हो । वस्तुमा परस्पर विरोधी तत्त्व एकै ठाउँमा भएको र तिनीहरूको विरोधी स्वार्थबिच विरोध भएकाले गति पैदा हुने हो । त्यसैले प्रकृतिका हरेक वस्तु तम्तयार रूपमा हुन्नन्, प्रक्रियाको रूपमा अगाडि बढिरहन्छन् ।
क्रमिकताबिना फड्को हुँदैन । फड्कोबिना फेरि क्रमिकता पनि हुँदैन । एकार्कोबाट अलग परेर कुनै चिजको गति वा विकासलाई बुझ्न सकिन्न । परिमाणात्मबाट गुणात्मकमा हुने त्यसको गतिलाई पनि ध्यानमा राख्नुपर्छ ।”
“फड्कोले निरन्तर र परिवर्तनको पूर्वानुमान गर्छ भने निरन्तर परिवर्तनका कारणबाट अनिवार्य फड्को पैदा हुन्छ । ती एउटै प्रक्रिया दुई आवश्यक पक्ष हुन् । मानसिक रूपले एउटालाई हटाइदिने हो भने सम्पूर्ण प्रक्रिया असम्भव र सोच्न नसकिने बन्ने छ” यो प्लेखानोभको भनाइ हो ।
लेनिनको ठोस अवस्थाको ठोस विश्लेषण र माओको तथ्यबाट सत्यको खोज गर, सत्य भनेको यथार्थता र विचारबिचको मेल हो । प्लेखानोभ भन्छन्– “उक्त तरिका व्यवहारमा प्रयोगले दुईओटा अपरिहार्य अवस्थाको पूर्वानुमान गर्छ । पहिलो तर्कयुक्त तरिकाले सोच्ने निश्चित क्षमता र दोस्रो तथ्यहरूको ज्ञान ।”
बहुसङ्ख्यक जनतालाई ध्यानमा राख्ने माक्र्सवादी ज्ञानले भन्छ । जनतालाई अवसरवादीले विभिन्न किसिमले उपयोग गर्ने र झुक्काइरहने गर्छन् ।
लेनिन भन्छन्– “अवसरवादी ढङ्गले माक्र्सवादको मिथ्याकरण गर्दा द्वन्द्ववादको ठाउँमा सारसङ्ग्रहवादको प्रतिस्थापन गर्नु जनतालाई धोका दिने सबैभन्दा सजिलो उपाय रहेको छ । यसले एउटा मायावी सन्तुष्टि प्रदान गर्छ । यसले प्रक्रियाका सबै पक्ष, विकासका सबै प्रवृत्ति, सबै परस्पर विरोधी प्रभाव आदिलाई ध्यानमा राखेको जस्तो देखिन्छ तर यथार्थमा यसले सामाजिक विकासको प्रक्रियासम्बन्धी कुनै एकीकृत तथा क्रान्तिकारी धारणा बिल्कुल प्रदान गर्दैन ।
बहुसङ्ख्यक जनतालाई ध्यानमा राख्ने माक्र्सवादी ज्ञानले भन्छ । जनतालाई अवसरवादीले विभिन्न किसिमले उपयोग गर्ने र झुक्काइरहने गर्छन् ।
जनताको राजनैतिक चेतनास्तर उच्च बनाएर आफै कुन पार्टीको समर्थन गर्नुपर्छ र कुन पार्टीको विरोध गर्नुपर्छ भन्ने बुझेर छुट्याउन सक्ने नबनाएसम्म अर्को उपाय हुन्न ।