काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएको छ ।
काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्विस कम्पनीसँग सुरुमा कुरा भए पनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्विस कम्पनीका नेपाल एजेन्टले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् । त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ।
हाल कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटाले त्यसबारे मुख खोलेका छैनन् । उनले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा आफू काठमाडौं पुगेपछि यसबारे बिस्तृतमा चर्चा गर्ने बताएका छन् ।
अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले ति एजेन्टसँग कर्मचारीका सम्बन्धमा अश्लील शब्द प्रयोग गर्दै ७० करोड कमिनस मागेको सुन्न सकिन्छ ।
‘यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्‘’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु..ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’
२ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।
यस्तो छ, मन्त्री बाँस्कोटा र एजेन्ट विजय प्रकाश मिश्र शर्माबीचको कुराकानीः
विजय प्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसीआउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाईंले बोलाएर आउने हैन
मन्त्री गोकुल बाँस्कोटा : ह…
विजय प्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको -कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपर्यो।
मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ? तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस।
मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा।
विजय प्रकाश मिश्र शर्मा : कुराचाहिँमैले राखेको छु उनीहरुलाई।
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?
विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन्?
विजय प्रकाश मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।
विजय प्रकाश मिश्र शर्मा : केही न केही त भइराछ त्यहीबेसमा जाने हो। बेसचाहिँतपाईंहरुको उसमै जाने हो हामी।
मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं२५ निस्क्यो भने कति हुन्छ?
विजय प्रकाश मिश्र शर्मा : ७० जति आउला कि! आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।
मन्त्री गोकुल बाँस्कोटा : तपाईंलाई के गर्छन्? छुट्टै गर्छन्?
विजय प्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सप्यारेन्ट हुन्छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ?
विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्यो नि। आउट अफ ट्रयाक गइयो भने…
मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छ नि?
विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस।
मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस्भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन्। त्यसकारण यो कुरामा तपाईंआफै लाग्नुस। कुरा बुझ्नुभो..
विजय प्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस्।