काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध नेकपा (मसाल) लगायत नौ राजनीतिक दल तथा संगठनले बिहीबार नयाँ बानेश्वरमा विरोध सभाको आयोजना गर्ने भएका छन् ।
माइतीघर मण्डलाबाट जुलुशसहित बानेश्वर पुगेर विरोध सभा गर्ने तयारी गरिएको राजमो नेता एवं अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाले जानकारी दिनुभयो ।
बिहीबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट जुलुश सुरु हुनेछ । बानेश्वरस्थित संसदभवन बाहिर आयोजना हुने विरोध सभालाई नौ वटै दल तथा संगठनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
विरोध सभालाई नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी, राष्ट्रिय जागरण परिषद्का नेताहरुले सम्बोधन गर्नेछन् ।
यसअघि सोमबार नौ दलले लगनखेलमा जनसंवाद कार्यक्रम गरेका थिए भने त्यसअघि जिल्लाहरुमा तथा सातै प्रदेशमा विरोध सभा गरेका थिए ।
यो पनि पढ्नुहोस्ः
प्रधानमन्त्रीले साम्राज्यवादका अगाडि घुँडा टेकेः प्रवक्ता पुरी (भिडियो)