दैलेख । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत दैलेखमा राजमो प्रवेशको लहरै चलेको छ ।
Advertisement
अभियानका क्रममा राजमो नेताहरुले विभिन्न स्थानमा पुगी राजनीतिक प्रशिक्षणसँगै सदस्यता वितरण अभियानलाई तिब्रता दिएका छन् ।
राजमो कर्णाली प्रदेशका संगठन बिस्तार परिचालन समितिका संयोजक भरतबहादुर शाहीको नेतृत्वमा राजमो दैलेखका अध्यक्ष अम्बर बहादुर नेपाली, अखिल (छैठौं) का पूर्व उपध्यक्ष पुर्णबहादुर शाही, राजमो दैलेखका सदस्य कमल बरै, राजमो चामुण्डा बिन्द्राशैनी नगर अध्यक्ष मानबहादुर चन्द, नरबहादुर सिंह लगायतको टोलीले सदस्यता बितरणलाई तिब्रता दिएको हो ।
आइतबार दैलेखको लयाटी चाल्ने चौतारामा आयोजित कार्यक्रममा दर्जनौं स्थानीय राजमोमा प्रवेश गरेका नेता भरत शाहीले बताउनुभयो ।