तमघास । गुल्मीको कालिगण्डकी गाउँपालिकाको वडा नं. ६ खड्ककोटमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको विशेष उपस्थितिमा २०८० वैशाख २ गते शनिबारका दिन सो भेला सम्पन्न भएको हो ।
भेलाले भीमबहादुर थापा अध्यक्ष रहनुभएको राजमोको ६ नं. वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरिकला थापा, सचिवमा जीवन ढकाल, सहसचिवमा भोजबहादुर राना र कोषाध्यक्षमा देउमाया थापा रहनु भएको छ ।
त्यसैगरी, सदस्यहरूमा गुरुप्रसाद ढकाल, तिलोचन ढकाल, होमबहादुर परिवार, चिरञ्जीवी ढकाल, ओमप्रकाश थापा, नरबहादुर थापा, कमल थापा, सुभाष थापा, टीका थापा, मुस्कान बलाल, राजबहादुर थापा, छविलाल ढकाल र होमबहादुर नेपाली रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यहरूमा तारा थापा, भबिलाल थापा, गीता ढकाल, पञ्चा थापा, यमबहादुर श्रीस र होमबहादुर परियार रहनु भएको छ ।
एवम् प्रकारले, सल्लाहकारमा देविदत्त ढकाल, मेघनाथ ढकाल, तुल्सीराम ढकाल, भूमिश्वर नेपाली, वृहस्पति थापा र खगिसरा थापा रहनुभएको छ ।
भेलामा राजमो जिल्ला सदस्य तथा कालीगण्डकी–६ का वडाअध्यक्ष पूर्णबहादुर थापा, राजमो कालिगण्डकीका अध्यक्ष गङ्गा केसी, राजमो पालिका उपाध्यक्ष सूर्य क्षेत्री, राजमो पालिका सचिव धनश्याम ढकाल, जातीय समता समाजका जिल्ला सदस्य होमबहादुर परियार र भूमिश्वर नेपाली, शिक्षक महासङ्घ कालिगण्डकीका सचिव कृष्ण ढकालसमेतको उपस्थित रहेको थियो ।
भेलाको अध्यक्षता तुलसीराम ढकालले तथा सञ्चालन किरण थापाले गर्नुभएको थियोे ।