• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नयाँ वर्षको शुभकामना दिँदै मसालले भन्यो : यो वर्ष पार्टीलाई यसकारण महत्वपूर्ण


  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नयाँ वर्ष २०८० को सबैमा शुभकामना व्यक्त गरेको छ ।

    Advertisement

    गएको वर्ष प्रतिगमनविरुद्ध संघर्षमाथि विजय प्राप्त गरेको वर्षका रुपमा उल्लेख गर्दै मसालले यो वर्ष गणतन्त्र रक्षा र विदेशी हस्तक्षेपविरुद्ध थप संघर्षसँगै पार्टी संगठनका आन्तरिक कार्यक्रमबारे पनि स्मरण गराएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले शुक्रबा जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिको संक्षिप्त विश्लेषण गर्दै पार्टीका आगामी कार्यभारबारे स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्य

    नयाँ वर्षको हार्दिक शुभकामना
    नयाँ वर्षको उपलक्ष्यमा नेकपा (मसाल) ले पार्टीका सबै सदस्य, समर्थक, शुभेच्छुकहरू, वैधानिक मोर्चा र जनवर्गीय सङगठनहरूका सबै सदस्यहरू, सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू, आम जनता सबै–सबैलाई अभिनन्दन गर्दै उनीहरू सबैलाई नयाँ वर्षको शुभकामना दिन चाहान्छ ।

    १) गएको वर्षले वास्तवमा नेपालको सम्पूर्ण राजनीतिक इतिहासमा नै अत्यन्त ठूलो महत्व राख्दछ । नेपालको इतिहासमा गएको वर्ष प्रतिगमनमाथि विजयको वर्षको रूपमा चिनिनेछ । गत सालमा प्रतिगमनका विरूद्धको सङ्घर्ष लगातार अगाडि बढ्यो र त्यसमा कैयौँ महत्वपूर्ण उपलब्धिहरू पनि प्राप्त भए । कैयौँ प्रकारका उतारचढावहरूका बावजुद गत सालको एउटा मुख्य उपलव्धि प्रतिगमनका विरूद्धको पाँच दलीय गठबन्धन वा चुनावी तालमेल थियो । त्यस प्रकारको गठबन्धन वा चुनावी तालमेलको कारणले नै हामी प्रतिगमनका विरूद्ध बारम्बार विजय प्राप्त गर्न सफल भएका थियौँ ।

    २) प्रतिगमनको खतराका विरूद्ध नेपाली जनताले बारम्बार सङ्घर्ष गर्दै आउनु परेको छ । २०१७ साल र २०५९ सालमा प्रतिगमन गम्भीर खतराका रूपमा अगाडि आएको थियो तर २०४६ सालमा र त्यो भन्दा उच्च रूपमा २०६२÷०६३ सालमा जनताले प्रतिगमनमाथि ऐतिहासिक विजय प्राप्त गरेका थिए र त्यस प्रकारका उपलब्धिहरू गणतन्त्र र धर्मनिरपेक्षता थिए । तर ती उपलब्धिीहरूका विरूद्ध प्रतिगामी शक्तिहरूले लगातार आफ्नो अभियान अगाडि बढाउँदै गइरहेका छन् । २०१७ साल वा २०५९ सालको तुलनामा अहिले प्रतिगमनको खतरा झन् बढी गम्भीर यस कारणले भएको छ कि अहिले त्यसको पक्षमा एउटा वामपन्थी शक्ति, ओलीको नेतृत्वको एमाले भारतका कट्टर हिन्दु शासक वर्गहरू पनि देखा परेका छन् । गत कालमा पूर्व राजाले पर्दा भित्रबाट नै प्रतिगामी अभियानको नेतृत्व गरिरहेको देखिन्थ्यो भने अब उनी प्रत्यक्ष रूपले अगाडि आउन पनि थालेका छन् । तर त्यो कुरा जे भएपनि अहिले प्रतिगमनको मुख्य नेतृत्व ओलीले नै गरेका छन् । वास्तवमा गत वर्षमा ओली प्रतिगमनको खलनायकको रूपमा नै अगाडि आउने गरेका छन् । उनले २÷२ पल्ट संसदको विघटन गरे र संसदको पुनस्र्थापना भइसकेपछि पनि ९÷९ महिना सांसदलाई अवरूद्ध गरे । राष्ट्रिय सभाको चुनाव, स्थानीय चुनाव र आम चुनावमा समेत नराम्रो हार भइसकेपछि पनि ५ दलीय गठबन्धन वा चुनावी तालमेललाई असफल बनाउनको लागि उनले लगातार प्रयत्न गरिरहे । उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रतिगमनको पक्षलाई पुनर्जिवित गर्ने प्रयत्न गरेका थिए । उनको त्यो प्रयत्न असफल भयो तर उनले अहिले पनि प्रतिगमनलाई पुर्नजिवित गर्नको लागि लगातार प्रयत्न गरिरहेका छन् । त्यसका लागि उनले देउवालाई प्रधानमन्त्री बनाउने आसवासन दिईरहेका छन् । त्यसरी उनले पुनः प्रतिगमनलाई पुर्नजिवित गर्ने प्रयत्न गरिरहेका छन् । नयाँ वर्षमा उनको त्यो रणनीति कुन रूपमा अगाडि बढ्नेछ । त्यो हेर्न बाँकी नै छ । तैपनि मुख्य कुरा यो हो कि गतकालको एकाध बर्षमा जस्तै नयाँ बर्षमा पनि प्रतिगमनको मुख्य खलनायक ओली नै बनेका छन् र त्यसरी देशको राजनीतिलाई सकेसम्म प्रतिगामी दिशामा मोड्ने प्रयत्न गर्नेछन् । प्रतिगमनका विरूद्ध भएका शक्तिहरूले उनको त्यो रणनीतिलाई कुन रूपमा सामना गर्न सफल हुनेछ र त्यसमा विदेशी साम्राज्यवादी शक्तिहरूको पनि कुन प्रकारको भूमिका हुनेछ त्यसले नयाँ वर्षको राजनीतिको दिशालाई निर्धारित गर्नेछ । तर हाम्रो जोड पहिले जस्तै अहिले पनि यो कुरामा छ कि प्रतिगमन अहिले पनि देशको मुख्य समस्या हो र प्रतिगमनका विरूद्ध भएका कुनैपनि राजनीतिक शक्तिको राजनीतिक अदुरदर्शिता वा गल्तीले – त्यस प्रकारको गल्ती गरेमा मात्र प्रतिगमन अगाडि आउन सक्नेछ । त्यसकारण प्रतिगमनका विरूद्ध भएका कुनैपनि राजनीतिक शक्तिहरूद्वारा त्यस प्रकारको गल्ती नगरियोस् । त्यसका लागि हामीले प्रतिगमनको विरूद्ध सङ्घर्ष गर्दै आएका सबै राजनीतिक शक्तिहरूको ध्यान आकर्षित गर्न चाहान्छौँ ।

    ३) यो वर्षमा देशका अगाडि, एकातिर, प्रतिगमनका विरूद्ध सङ्घर्ष गरेर जनताको महान आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्ने गम्भीर जिम्मा छ भने अर्कातिर विभिन्न साम्राज्यवादी शक्तिहरूबाट देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षाको प्रश्न पनि हाम्रा अगाडि गम्भीर रूपमा अगाडि आउने छ । भारतीय साम्राज्यवादबाट हामीले लामो समयदेखि नै त्यस प्रकारको खतराको सामना गर्दै आएका छौँ । युरोपेली युनियनका देशहरूले पनि नेपालमा साम्राज्यवादी घुसपैठ धेरै नै गरेका छन् र गर्दै आइरहेका छन् । अमेरिकी साम्राज्यवादले पनि लामो समयदेखि नेपालमा हस्तक्षेप गर्दै आएको छ । यो समग्र स्थितिमा हामीले, एकातिर, साम्राज्यवाद र, अर्कातिर, भारतीय साम्राज्यवादसितको अन्तरविरोधलाई नै प्रधान मानेका छौँ । हामीले अमेरिकी साम्राज्यवादबाट नै विश्वमा मुख्य खतरा मानेको भएपनि नेपालका सन्दर्भमा हामी अमेरिकी साम्राज्यवाद नै मुख्य खतरा भएको निष्कर्षमा पुगेका छैनौँ । तर गत वर्षदेखि त्यो स्थितिमा केही परिवर्तन हुन थालेको छ । अहिले नै नेपालका लागि अमेरिकी साम्राज्यवादसितको अन्तरविरोध प्रधान भएको भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ । तैपनि पहिलेको तुलनामा अमेरिकासितको अन्तरविरोध एकदम बढेर गएको छ । त्यसले पहिले नेपालका राजनीतिक पार्टीहरू र सरकारमाथि दबाब दिएर वा भारतीय साम्राज्यवादको माध्यमद्वारा नै नेपालप्रतिका आफ्ना साम्राज्यवादी नीतिहरूलाई पूरा गर्ने प्रयत्न गर्दै आएको थियो । अब त्यस प्रकारको नीतिको सट्टा त्यसले प्रत्यक्ष रूपले नै नेपालमा हस्तक्षेप गर्ने नीति अपनाउन थालेको छ । कथित राष्ट्रिय स्वतन्त्र पार्टीको निर्माण त्यसको एउटा प्रत्यक्ष उदाहरण हो । हामीलाई लाग्छ, यो वर्षमा उनीहरूको त्यस प्रकारको गतिविधि अरू बढेर जानेछ र त्यसका विरूद्ध हामीले कडा सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुनेछ ।

    ४) यो वर्षमा हामीले एकातिर प्रतिगमन र अर्कातिर साम्राज्यवादको विरूद्ध कडा सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुनेछ । तर त्यस सन्दर्भमा समस्या के छ भने, अन्य राजनीतिक शक्तिहरूले उक्त विषयमा स्पष्ट र दृढ नीति अपनाएको पाइँदैन । प्रतिगमनका विरूद्ध केही राजनीतिक शक्तिहरूले निश्चय नै उल्लेख्य भूमिका खेलेका छन् । तर त्यस प्रकारको संघर्षको बिचमा चुनावको बेलामा कतिपय राजनीतिक शक्ति एमालेसित गठबन्धन गर्न पुगेको र प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगेका जस्ता नकारात्मक उदाहरणहरू पनि हाम्रा अगाडि छन् । निश्चय नै, प्रचण्डले त्यो नीतिलाई सच्याए अब बजारमा ओलीले पुन देउवालाई प्रधानमन्त्रीको प्रलोभन दिएर प्रतिगमनको पक्षमा लैजान प्रयत्न गरिरहेको भन्ने हल्लाह पनि फैलिएको छ । त्यसो गरियो भने त्यो अवश्य पनि अत्यन्त घातक कुरा हुनेछ । त्यसबाट देशको राजनीतिमा कैयौँ दूरगामी दुष्परिणामहरू हुनेछन् । ओलीले पहिलेदेखि नै गठबन्धनलाई तोड्ने आफ्नो रणनीति भएको घोषणा गर्दै आएका छन्, एकातिर, राजावादीहरूसित गठबन्धन गर्ने र, अर्कातिर, प्रतिगमनका विरूद्ध भएका राजनीतिक शक्तिहरूका बिचमा फुट पार्ने । उनले जो नीति अपनाएका छन्, त्यसबाट यो कुरामा कुनै शङ्का रहन्न कि नेपालको राजनीतिमा लामो समयसम्म उनी समस्याको रूपमा रहनेछन् र हामीले लगातार उनका विरूद्ध सङ्घर्ष गरिरहनु पर्दछ । हामीले जुन कुरा ओलीको बिषयमा भनिराखेका छौँ, त्यही कुरा समग्र रूपमा उनले नेतृत्व गरेको सङ्गठनबारे होइन । एमालेको प्रतिगमन वा राजतन्त्रका विरूद्धको सङ्घर्षमा लामो र महत्वपूर्ण इतिहास रहेको छ । तर अहिले ओलीको अधिनायकवादी र नोकरशाही कार्यशैलीका अगाडि उनीहरू असहाय भएजस्तो देखिन्छ । उनीहरू ओलीको त्यस प्रकारको नियन्त्रणबाट मुक्त भएर एमालेको पहिलेको परम्परालाई अगाडि बढाउन सफल हुनेछन् वा उनको प्रतिगामी राजनीतिका पछाडि सती जानेछन् । त्यो कुरा आउने दिनहरूमा साफ हुँदै जानेछ ।

    ५) नयाँ वर्ष नेकपा (मसाल) को लागि पनि धेरै महत्वपूर्ण रहनेछ । आगामी वर्षमा, अर्थात यही सालको वैशाख १८ गतेदेखि २०८१ सालको वैशाख १९ गतेसम्म मे १ सन् २०२३ देखि मे १ सन् २०२४ को अवधिमा हाम्रो पार्टीले ऐतिहासिक ३ कार्यक्रमहरू सम्पन्न गर्नेछन । ती कार्यक्रमहरू यस प्रकार हुनेछन् : प्रथम, लेनिन शताब्दी स्मृति दिवस – लेनिनको सन् १९२४ को जनवरी २१ मा मृत्यु भएको थियो र सन् २०२४ जनवरी २१ (२०८० माघ ८ गते) उहाँको मृत्युको शताब्दि स्मृति दिवस पर्दछ । द्वितीय, २०८१ को वैशाख १० गते पार्टीको ७५ औँ वा हीरक दिवस पर्दछ ९७५ औँ दिवसलाई हिरक वा ‘प्लेटिनम’ मान्नेबारे विभिन्न लेखकहरूले बेग्लाबेग्लै मत प्रकट गरेको पाइन्छ तैपनि कैयौँ शब्दकोषहरूमा त्यसलाई हीरक जयन्ती नै भन्ने गरिएको छ । त्यसैले हाम्रो पार्टीको ७५ औँ जन्म दिवसलाई हीरक जयन्तीको रूपमा नै मनाउने निर्णय गरेको छ ।० हाम्रो पार्टीले २०७६ सालमा आठौँ महाधिवेशन गरेको थियो । २०८१ मा त्यो आठौँ महाधिवेशन गरेको ५ वर्ष पूरा हुन्छ । त्यसैले हाम्रो पार्टीले ऐतिहासिक ३ अभियान अन्तर्गत पार्टीको नवौँ महाधिवेशन पनि गर्ने निर्णय गरेको छ ।
    ६) उक्त ऐतिहासिक ३ अभियानलाई हाम्रो पार्टीको केन्द्रीय समितिले १ वर्षसम्म भव्य रूपमा बनाउने निर्णय गरेको छ । लेनिन स्मृति दिवसलाई आईसिओआर ले पनि १ सालसम्म भव्य रूपमा बनाउने निर्णय गरेको छ । त्यस अन्तर्गत सभा, जुलुस, विचारगोष्ठि, अन्तरक्रिया, प्रशिक्षण, सङ्गठन विस्तार, सुदृढिकरण, प्रकाशन, सांस्कृतिक कार्यक्रम, वैधानिक मोर्चा वा जनवर्गीय सङ्गठनका विभिन्न सङ्गठनात्मक प्रशिक्षण कार्यक्रमहरू आदि सम्पन्न गरिनेछन् । ती कार्यहरू केन्द्रीय स्तरका साथै प्रदेश वा स्थानीय तहमा पनि योजनावद्ध प्रकारले गरिनेछ । त्यसरी स्पष्ट छ यो वर्ष पार्टीका लागि अत्यन्त महत्वपूण हुनेछ ।

    ७) जस्तो कि माथि बताइयो । अमेरिकी साम्राज्यवादले नेपालप्रतिको आफ्नो हस्तक्षेपको नीतिलाई बदलेर प्रत्यक्ष रूपले भूमिका खेल्ने जुन नीति निर्धारित गरेको छ, त्यसमाथि ध्यान दिँदै हाम्रो पार्टीले त्यसका विरूद्धको सङ्घर्षमा विशेष जोड दिने निर्णय गरेको छ । अहिले चितवनमा हुन थालिरहेको उपचुनावको उपयोग त्यही नीतिको एउटा अङ्ग हो । त्यो चुनावमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष का। जनकराज शर्मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बन्नु भएको छ । त्यो चुनावको उपयोगको हाम्रो मुख्य उद्देश्य अमेरिकी साम्राज्यवाद वा अमेरिकन साम्राज्यवादपरस्त तत्वहरूको भण्डाफोर वा सङ्घर्षमा जोड दिन हो । हाम्रो पार्टीले त्यस प्रकारको भण्डाफोर वा सङ्घर्षलाई चितवनमा मात्र सीमित रहन नदिएर देशव्यापी रूपमा अगाडि बढाउन चाहान्छ । त्यस प्रकारको सङ्घर्षमा जोड दिन नै हामीले यही वैशाख २ गते काठमाण्डौँमा ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । त्यही प्रकारले यही असार ०७ गते देशव्यापी रूपमा, प्रवास र विदेशमा समेत अमेरिकी साम्राज्यवादका विरूद्ध विरोध कार्यक्रमहरूको आयोजना गर्ने निर्णय भएको छ । पछि आवश्यकता अनुसार त्यस प्रकारका कार्यक्रमहरूलाई अरू विस्तार गरिनेछ ।

    ८) यो कुराप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ कि सामान्यतः अमेरिकी साम्राज्यवादी शक्तिहरू र विशेषतः अमेरिकी साम्राज्यवाद तथा नेपालस्थित अमेरिकी साम्राज्यवादपरस्त तत्वहरूले नेपालमा क्रियाशिल इसाई धर्माबलम्वीहरूलाई आफ्ना साम्राज्यवादी स्वार्थहरूका पक्षमा प्रयोग गर्न योजनाबद्ध प्रकारले नै प्रयत्न गरिरहेका छन् । यहाँ सम्मकि संसारभरका इसाई धर्माबलम्वीहरू तथा अमेरिकाको भ्वाइस अफ अमेरिकाले समेत नेपालमा घण्टीमा भोट हाल्नका लागि प्रचार गरेको कुराबाट सिआईएले योजनावद्ध प्रकारले नै नेपालको सिआईएद्वारा सञ्चालित कथित राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा प्रचार गर्ने काम गरेको कुरामा कुनै शङ्का रहन्न । उनीहरूले विदेशस्थित नेपालीहरूलाई पनि त्यसका लागि बढी भन्दा बढी उपयोग गर्न प्रयत्न गरेको देखिन्छ । यो पक्षलाई पनि हाम्रो पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ । मानिसहरूले आफ्नो आस्था अनुसार कुनै धर्मलाई अपनाउनु उनीहरूको धार्मिक स्वतन्त्रताको कुरा हो र त्यसलाई हामीले गलत मान्दैनौँ । तर संसारभरि नै विभिन्न प्रकारका प्रतिक्रियावादी र साम्राज्यवादीहरूले मानिरहेको धार्मिक आस्थालाई आफ्ना निजी स्वार्थका लागि उपयोग गर्न प्रयत्न गरेको पाइन्छ । दलाइ लामाद्वारा बुद्ध धर्म, तालिवानहरूद्वारा इस्लाम धर्म वा नेपालमा राजावादीहरूद्वारा हिन्दु धर्मको उपयोग त्यसका केही उदाहरणहरू हुन् । त्यही प्रकारले साम्राज्यवादीहरूले पनि इसाइ धर्मलाई आफ्ना साम्राज्यवादी स्वार्थहरूको पक्षमा उपयोग गर्न विश्वव्यापी रूपमा नै प्रयत्न गर्ने गरेका छन् र, त्यसरी, नेपालमा पनि इसाई धर्मलाई साम्राज्यवादी स्वार्थ वा कथित राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसको घण्टीको पक्षमा समर्थन जुटाउन योजनावद्ध प्रकारले प्रयोग गरेको पाइन्छ । तर हाम्रो जोड यो कुरामा छ कि कुनै नेपालीले कुनै धर्मलाई अपनाएपनि प्रतिगमन वा साम्राज्यवादको सेवा गर्ने जस्तो वा देश र जनताको हितमा कुठाराघात पुग्ने जस्तो कुनै कार्य नगर्नको लागि हामीले सबैको गम्भीर ध्यान अकर्षित गर्न चाहान्छौँ ।

    ९) माथि हामीले केही राजनीतिक प्रश्नहरूको नै चर्चा ग¥यौँ । त्यो बाहेक देशमा आर्थिक, जनजीवन वा विकाससित सम्बन्धित थुप्रै कार्यप्रति पनि यो साल हामीले गम्भीर ध्यान दिनुपर्नेछ । जुन हदसम्म प्रतिगमनका विरूद्ध जान्छ, हामीले वर्तमान सरकारलाई वा त्यसका पक्षमा भएको गठबन्धनलाई समर्थन गरेका छौँ । तर यो कुराप्रति पनि हाम्रो गम्भीर ध्यान छ कि अहिलेको सरकारले एकातिर राष्ट्रियता र नागरिकता तथा अर्कातिर जनजीवनसित जोडिएका भ्रष्टचार, महङ्गी, विकास आदि प्रश्नहरूमा समुचित ध्यान दिन सकेको छैन । देशमा गतकालमा राजनीतिक रूपमा कैयौँ परिवर्तनहरू हुँदै आएका छन् । तर प्रशासनयन्त्र वा त्यसको मानसिकतामा कुनै खास परिवर्तन हुन सकिरहेको छैन । त्यसले गर्दा देशमा एक प्रकारको गत्यावरोधको स्थिति उत्पन्न भएको छ । खास गरेर ग्रामीण क्षेत्र र दुरवर्ती क्षेत्रहरूको सन्तुलित र दिगो विकास धेरै नै पछाडि परेको छ । गत वर्षहरूमा हाम्रो बढी ध्यान राजनीतिक प्रश्नहरूमा जाने गरेको छ । त्यो आवश्यक थियो र अहिले पनि छ तर माथि उल्लेखित अन्य प्रश्नहरूमा पनि हाम्रो ध्यान जानुपर्ने आवश्यक छ र यो वर्षमा हाम्रा अगाडि भएको ऐतिहासिक ३ कार्यक्रमका कारणले हामी बढी त्यसमा व्यस्त हुनुपर्नेछ । तैपनि, त्यसका साथै उक्त माथि उल्लेखित प्रश्नहरूमा पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

    १०) नेपालको राजनीतिक आन्दोलनमा हाम्रो पार्टीले संयुक्त मोर्चा नीतिलाई अत्यन्त सही र कुशलतापूर्वक अभ्यास गर्दै आएको छ । २०४६ वा ६२÷६३ सालका ऐतिहासिक आन्दोलनहरू वा ओलीको नेतृत्वको प्रतिगमनका विरूद्धको सङ्घर्षमा हाम्रो पार्टीले सफलतापूर्वक अपनाएका कार्यगत एकता, सहकार्य, गठबन्धन वा चुनावी तालमेलका नीतिहरू त्यसका उदाहरणहरू हुन । हाम्रा त्यस प्रकारका नीतिहरू संयुक्त मोर्चा सम्बन्धी माक्र्सवादी–लेनिनवादी वा द्वन्द्वात्मक नीति अन्तर्गत नै आउँछन र ती सही पनि छन् । व्यवहारले हाम्रा त्यस प्रकारका नीतिहरूलाई बारम्बार सही सावित गर्दै आएका छन । हाम्रा त्यस प्रकारका नीतिहरूबाट प्रतिगमनलाई सधैं गम्भीर क्षति पुग्ने गरेको छ । त्यसैले उनीहरूले सँधै त्यस प्रकारका नीतिहरूको विरोध गर्दै आएका छन् । कतिपय वामपन्थी शक्तिहरूले पनि हाम्रा त्यस प्रकारको नीतिको विरोध गर्दै आएका छन् । बताइराख्नुपर्ने आवश्यकता छैन कि आफ्ना ‘वामपन्थी’ संकिर्णवादी सोचाइ वा रणनीतिक र कार्यनीतिका बिचमा सही सन्तुलन कायम गर्न नसकेका कारणले नै उनीहरूले त्यस प्रकारका गल्ती गर्ने गरेका छन् । उनीहरूका त्यस प्रकारका नीतिहरूबाट प्रतिगमनलाई नै मदत पुग्ने गरेको छ । सायद हामीले यो वर्षमा पनि त्यस प्रकारका गलत सोचाइहरूका विरूद्ध कडा र सम्झौताहीन सङ्घर्ष गर्नुपर्नेछ ।
    अन्तमा पुनः नयाँ वर्षको हार्दिक शुभकामना ।

    २०८० वैशाख ०१ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.