• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालका राजनीतिक दलहरूको चरित्र भ्यागुताको जस्तो : केसी (फोटासहित)

"रक्तिमको चौथो राष्ट्रिय सम्मेलन "

  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका राजनीतिक दलहरूको चरित्र भ्यागुताको जस्तो भएको बताउनुभएको छ ।

    Advertisement

    सत्ता र अवसरलाई केन्द्रमा राखेर काम गर्ने कथित ठुला दलहरूको चरित्रप्रति व्यङ्ग्य गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको २०८० वैशाख १ गते शुक्रबार रुपन्देहीको बुटवलमा उद्घाटन मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले भ्यागुताको चरित्रलाई बिम्बात्मक रूपमा प्रस्तुत गर्नुभयो ।

    उहाँले केही विस्तारमा भन्नुभयो– ‘गाउँमा एउटा दम्पत्ति भोज खान गएछन् । भोजमा भ्यागुता (पाहा) को परिकार पनि पकाइएको रहेछ । भ्यागुताको परिकार उनीहरूलाई खुब मन परेछ । घर आएर पतिले पत्नीलाई भनेछन्, भोजमा खाएका थियौँ नि, त्यही खान्की पकाऊ न तर पत्नीले पतिको कुरा बुझेनछन् अनि सोधिछन्, के पकाउने हो ? बुझ्ने गरी भन्नुस् न । त्यपछि पतिले भनेछन्, त्यो के, त्यहाँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ । अब पत्नीले भनिछन्, भ्यागुतो ? पतिले भनेछन्, अँ ।’

    अध्यक्ष केसीले नेपाली राजनीतिक दलहरूको चरित्र पनि त्यस्तै भएको दाबी गर्नुभयो ।

    ‘सत्ता र अवसर पाए नेपालका दलहरू जुनसुकै पार्टीमा पनि मिसिन्छन्’ २०७९ मङ्सिर ४ गतेपछिको सत्ता समीरणको प्रसङ्गतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो– ‘तपाईंले देख्नुभयो नि, राजनीतिक दलका मान्छेहरू सत्ताका लागि जुनसुकै दलसित पनि मिल्छन् भन्न्ने । त्यसका लागि खालि मन्त्री पद चाहियो ।’

    उहाँले भन्नुभयो– ‘नेपालमा राजनीतिमा लाग्नु भनेको सम्पत्ति जोड्नु भएको छ । त्यसैले यहाँका दलहरू भ्यागुता झैँ त्यहाँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ उफ्रिरहन्छन् ।’

    मन्तव्य राख्दै अध्यक्ष केसीले अहिले बनेको सरकार भने प्रतिगमनको खतरा विरुद्ध गठन भएको बताउनुभयो ।

    ‘यो सरकारलाई दिएको समर्थन प्रतिगमनको विरुद्धमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि हो’ उहाँले भन्नुभयो– ‘अन्य मामिलामा हामीले गुणदोष हेरेर समर्थन वा विरोध गर्छौं । राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्छौं । हामी सरकारमा छैनौँ । त्यसैले सरकारका गलत कामको समर्थन गर्न हामी बाध्य छैनौँ ।’

    प्रतिनिधि सभामा सांसदसमेत रहनुभएको अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा सुरुदेखि नै सामन्तवाद र साम्राज्यवादको विरुद्धमा अडिग रहेको बताउनुभयो ।

    ‘हामी सुरुदेखि नै देशीय सामन्तवाद, भारतीय र अमेरिकी साम्राज्यवादको विरुद्धमा अडिग छौँ’ उहाँले भन्नुभयो– ‘नेपाली जनताको मुक्तिका लागि हामी लगातार सामन्तवाद र साम्राज्यवादको विरुद्धमा लडिरहने छौँ । हाम्रो यस्तो राजनीति लगातार अगाडिसम्म जाने छ ।’

    अध्यक्ष केसील नयाँ पिँढीमा गम्भीर जिम्मेवारी रहेको पनि किटानी गर्नुभयो । त्यस क्रममा नयाँ पिँढीले पनि सामन्तवाद र साम्राज्यवादको विरुद्धमा लड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘हामी त डाँडामाथिको घाम भइसक्यौँ, हाम्रो विश्वास तपाईंहरूमाथि छ’ उहाँले भन्नुभयो– ‘तपाईंहरू युवा, विद्यार्थी, रक्तिमका कलाकार साथीहरूले नै सामन्तवाद, साम्राज्यवाद विरुद्धको लडाइँलाई अगाडिसम्म लैजानुहुने छ ।’

    रक्तिम सांस्कृतिक अभियान नेकपा (मसाल) को राजनीतिसँग अभिन्न रूपमा जोडिएको बताउँदै उहाँले २०७५ सालमा रक्तिमलाई मसालबाट अलग गर्न खोजिएको स्मरण गर्नुभयो । त्यतिबेला सोही कारणले रक्तिमको चौथो राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

    उहाँले भन्नुभयो– रक्तिम सांस्कृतिक अभियान मसालको राजनीति अगाडि बढाउने सङ्गठन हो । साथीहरूले मसालको राजनीतिलाई अगाडि बढाउन यथाशक्य योगदान दिनुहुनेमा म विश्वस्त छु ।’

    कार्यक्रममा रक्तिमका संस्थापक सदस्य राजेश विश्वकर्मा र पूर्व अध्यक्ष रेम रानालाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो ।

    उद्घाटन शत्रमा वामपन्थी नेता सुरेश थापा, नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष गोविन्द बिसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना सुवेदी र अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य विमल बोहराले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी, सम्मेलनलाई प्रगतिशील लेखक सङ्घका सचिव दलबहादुर गुरुङ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य कविराज पौडेल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका आरोही, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिवालय सदस्य झलक लामिछाने र राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) का केन्द्रीय सदस्य शेरजङ्ग गुरुङले पनि शुभकामना दिनुभएको थियो ।

    सम्मेलनको उद्घाटन शत्रको अध्यक्षता अध्यक्ष गिरीप्रसाद बुढाले, सञ्चालन महासचिव जीवन शाहीले, स्वागत उपाध्यक्ष हेमराज पुनले गर्नुभयो ।

    कार्यक्रममा स्वागत गीतका साथै रक्तिमको कलाकार टोलीले सांस्कृतिक प्रस्तुत गरेको थियो ।

    आगामी वैशाख ३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनको दोस्रो दिन भोलि वैशाख २ गते बन्दशत्र सञ्चालन हुने केन्द्रीय उपाध्यक्ष हेमराज पुनले जानकारी दिनुभयो ।

    शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.