पोखरा । अमेरिकी साम्राज्यवादले आफ्नो इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपाललाई दिने भनिएको आर्थिक सहयोग एमसीसी विरुद्ध नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चासहित नौ राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् ।
एमसीसी र सीमा अतिक्रमण विरुद्ध शनिबार पोखराको सहिद भिमसेन चोक महेन्द्रपुलमा बिरोध सभा गरेको गरिएको हो ।
कार्यक्रममा राष्ट्रियय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का भोजराज त्रिपाठी, नेकपा (माले) का टेक नाथ भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सल्लाहकार भिम श्रीस, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बहादुर परियारले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रबि मोहन ढकाल र अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का राम्जी थापाले गर्नु भएको पोखराबाट अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभएको छ ।