चितवन । राष्ट्रिय जनामोर्चा चितवनले एक महिने संगठनात्मक अभियान रत्ननगर नगर पालिकाको वाड नं १० जनजागृती चोकबाट सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटनमा स्थानीय ११ वयोवृद्धलाई फूल मालाले सम्मान गर्नुका साथै खाजा खुवाइएको थियो । संगठनात्मक अभियानको उद्घाटन राजमो जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य डम्मर पुरीले गर्नुभयो । त्यस अवसरमा पुरीले नवप्रवेसीलाई राजमोको सदस्यता प्रदान गर्नुभएको थियो ।
राजमो रत्ननगर नगर समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा नारायण चालिसेको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (मसाल) चितवन जिल्ला प्रवक्ता मेघराज ढकाल, समाजसेवी ज्ञान प्रसाद पाण्डे, जनजागृती टोल विकास संस्थाका अध्यक्ष एक बहादुर जिसिलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले जनताको अधिकार र बिचार बोल्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्र रहेको उल्लेख गर्दै अब राजमोलाई सांगठनिक रुपमा बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।