डोटी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को जोरायल गाउँपालिका अन्तरगत शिवपुर माविमा संगठन विस्तार भएको छ । सोमबार सम्पन्न भेलाले ७३ सदससीय शिवपुर मावि इकाइ समिति गठन गरेको छ ।
Advertisement
जसको अध्यक्षमा हिकमत साउद, उपाध्यक्ष टिकेश्वरी मल्ल, सचिव टेकेन्द्र मल्ल, कोषाध्यक्ष पुजा भट्ट र सह सचिव महेन्द्र वली सहित सदस्य रहनुभएको छ ।
अखिल (छैठौं)का पूर्व केन्द्रीय सचिवालय सदस्य केशवनाथ योगीको नेतृत्व तथा केन्द्रीय सदस्य डबल तिरुवाको सहभागितामा सो भेला सम्पन्न भएको हो ।

