गणेश अधिकारी, पोखरा ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) कास्कीको अध्यक्षमा मोहन थापा चयन हुनुभएको छ । शनिबार (फागुन २० गते) सम्पन्न जिल्ला भेलाले थापाको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा गंगा पुन, कोषाध्यक्ष रमेश गुरुङ, सहसचिव, नितेस पोख्रेल तथा सदस्यहरुमा दुर्गा अर्याल, डीआर विरोधी, प्रकाश श्रीस, चित्रलाल पनेरु रहनुभएको छ । ११ सदस्यीय समितिको दुई स्थान हाल रिक्त राखिएको छ ।
त्यस्तै विष्णु पुरी, प्रविण पौडेल, रविमोहन ढकाल सल्लाहकार चयन हुनुभएको छ ।

कार्यक्रममा महासंघका कार्यवाहक महासचिव शालिकराम सापकोटाले मजदुर आन्दोलनको इतिहास, नेपालमा मजदुरको अवस्था तथा संगठनको नीतिको बारेमा चर्चा गर्नु भएको थियो ।
भेलामा नेकपा (मसाल)का पूर्वजिल्ला प्रवक्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकाल, अखिल नेपाल व्यापार संघका महासचिव सन्तोष पौडेल, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, जिल्ला अध्यक्ष सोमनाथ अधिकारी, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला नेता प्रविण पौडेल, अखिल नेपाल महिला संघ जिल्ला सचिव भगवती कुँवर, राजमो नगर अध्यक्ष विष्णु पुरीलगायतले शुभकामना दिनुभएको थियो ।
एक मिनेट मौनधारणा सहित सुरु भएको उक्त भेलाको अध्यक्षता मोहन थापा, स्वागत रमेश गुरुङ र सञ्चालन नाम बहादुर बाठा मगरले गर्नु भएको थियो ।
