विष्णु शर्मा
रोजगार नहुनाले मातृभूमि देशमा
नारकीय जीवन बिताउनुपर्यो हाम्ले प्रदेशमा
परदेशमा बस्न साह्रै असुरक्षित भयो
कठैबरा मासुमको ज्यान अकालमा गयो
सानी थिइन् बाला उनी ममता गिरी नाम
खेल्ने कुद्ने पढ्ने लेख्ने थियोे उनको काम
खेल्दै थिइन आगनीमा स्वतन्त्र पंक्षी सरी
नरपिपासुले आँखा ला’को रहेछ घरी घरी
मौका छोपी बनायो नरभक्षीले सिकार
गरि होलिन् चिच्चाइ चिच्चाई कति हारगुहार
एकैछिनमा लुट्यो इज्जत ज्यान पनि खायो
छिनभरमै सबका सपना चकनाचुर भयो
बाबाआमाकी प्यारी छोरी सर्वस्व थिइन् उनको
औँसीसरी अन्धकार भो पूर्णिमाको जुनको
सब कुरामा अन्जान थिइन् आठ वर्षीय बाला
के थाह मानिसले नै मानिसको ज्यान खाला
उनलाई खोज्दै हुनुहुन्थ्यो मूल प्रवाहका साथी
सबलाई छल्न सफल भयो त्यो आत्मघाती
माफ गर्नु सानू तिमीलाई सकेनौँ बचाउन
तिम्रो काललाई भने दिन्नौ छुटकारा पाउन
हाम्रो मनमा बलेको छ आक्रोशको ज्वाला
सधैँभरि असुरक्षित छौँ समाजको हेला
ममता गिरी हुन् अब हामी सबकी छोरी
सबै नारी गर्जौं अब सरकारले सुन्ने गरी
महलमा सुरक्षित छन् देशका हुनेखानी
गरिबलाई बलात्कार हत्या घरघरको कहानी
यस्ता जघन्य अपराध नहोस् अर्को फेरि
सबै मिली दबाब दिऊँ सरकारलाई घेरी
बेटी बचाओ बेटी पढाओ भन्छ भारतले
तदारुकता कसरी हुन्छ यस्तो हालतले
भारतका नेपाली सबले भनौ एकै स्वर मिलाई
कानुनअनुसार सजाय दिनुपर्छ अपराधीलाई ।।