• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

घरमै पुगेर पाठेघरको उपचार


  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
  • खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको छ । ११ वडा रहेको उक्त नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको हो ।

    Advertisement

    नगरपालिकाले सञ्चालन गरेको अभियानका क्रममा दुई सय २५ महिलाले निःशुल्क सेवा लिएका छन् । त्यसमध्ये ३२ महिलामा जटिल समस्या देखिएकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

    शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलासँग नियमित सम्पर्कमा रहेर आगामी फागुन १ गते बनेपास्थित अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । पाठेघरसम्बन्धी जटिल समस्या देखिएका महिलाको नगरपालिकाले आफ्नै खर्चमा निःशुल्क शल्यक्रिया गरिदिने भएपछि पीडित महिला खुसी भएका छन् ।

    नगरपालिकाले वडामा परिचालन गरेका स्वास्थ्यकर्मीले तत्कालका लागि एक सय छ महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिदिएका छन् । अभियानका क्रममा एक सय चार महिलाको पिआइडी (पाठेघरसम्बन्धी सङ्क्रामक रोगको उपचार) गरिएको जनाइएको छ ।

    मानव बस्ने पहिलो घर पाठेघर भएकाले त्यसलाई जोगाउन नगरपालिकाले हरेक घरमा स्वास्थ्यकर्मी खटाएर उपचार गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विमला राईले बताउनुभयो । “अघिल्लो वर्ष नगरपालिकाले सञ्चालन गरेको पाठेघरको उपचारसम्बन्धी शिविरमा धेरै महिला लजाएर आएनन्”, उहाँले भन्नुभयो, “नगरपालिकावासी महिलामा पाठेघरसम्बन्धी समस्या जटिल बन्दै गएकाले यस वर्ष हरेक महिलाको घरमै स्वास्थ्यकर्मी खटाएर निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो ।”

    जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने नगरपालिकामा कम उमेरमा विवाह गर्ने महिलामा सबैभन्दा बढी पाठेघरसम्बन्धी समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । १० स्थानीय तह रहेको जिल्लामा १८ प्रतिशतभन्दा बढी महिलामा पाठेघर खस्ने समस्या देखिएको एक तथ्याङ्कले देखाएको छ ।

    यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखाएको सामाजिक अभियानकर्मीले बताएका छन् ।

    बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.