• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सर्वहारा साहित्यमा माओत्सेतुङको योगदान


  •   बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित
  • प्रा.डा. श्रीधर गौतम ##
    कतिपय मानिसहरू सर्वहारा साहित्यको अस्तित्त्वलाई स्वीकार गर्दैनन् । सर्वहारा साहित्यलाई केवल सर्वहाराले लेख्ने र उनीहरूले पढ्ने कुराको रूपमा मात्र सीमित गर्छन् । त्यसो नभई सर्वहारा साहित्यको आफ्नै विशेष अर्थ हुन्छ । यसलाई गरिखाने वर्गको दृष्टिकोणबाट रचित साहित्य पनि भन्ने गरिन्छ तर सबै सर्वहाराहरू सर्वहारा साहित्यका रचनाकार हुँदैनन् र सर्वहारा नभएकाहरू पनि सर्वहारा साहित्यका सर्जक हुन सक्छन् । सर्वहारा स्वयम् सम्भ्रान्त विचारको भएको खण्डमा उसले विशिष्ट साहित्य सिर्जना गर्ने आँट गुमाउँदै जान्छ । यो कुरा सत्य हो कि सर्वहारा साहित्यको अस्तित्त्व र प्रभाव हुन्छ र यस्तो साहित्यलाई मध्यम वर्गमा हुर्केकाहरूले पटक्कै मन नपराउन सक्छन् ।

    Advertisement

    सर्वहारा वर्गको जीवनलाई नबुझेकाहरू गरिखाने वर्गका निम्ति लेख्न सक्दैनन् । उदाहरणका लागि अङ्ग्रेजी साहित्यका धुरन्धुर लेखक मानिने र क्रान्तिकारी पनि भनिने चाल्स डिकेन्सले पनि सर्वहाराको पक्षमा त्यति लेखेनन् किनकि उनलाई सर्वहाराका बारेमा त्यति धेरै थाह थिएन । सर्वहाराको दैनन्दिनका अनुभवलाई नबुझेसम्म सर्वहारा साहित्य जन्मन सक्दैन । सर्वहारा लेखकहरूका मुख्य विषयवस्तु वर्गसङ्घर्ष, उज्ज्वल भविष्यको आशा र दयनीय जीवनसँग दीनदु:खीहरूले गरिरहेका सङ्घर्ष हुन् भनी बेलायती लेखक जर्ज अर्वेलले पनि भनेका छन् । सर्वहारा साहित्यको विरोध गर्नेहरूले यसमा बढी राजनीति हुन्छ, राजनीति र कला सँगसँगै जान सक्दैन भन्दछन् । उनीहरू त्यसलाई प्रचारबाजीको सङ्ज्ञा दिन्छन् तर सर्वहारा सर्जकले आफूलाई वाञ्छनीय लागेका कुरालाई अरूसमक्ष पुर्‍याउने प्रयासलाई फगत प्रचारबाजी भन्न मिल्दैन ।

    वर्गसङ्घर्षले नै जीवनदृष्टिलाई प्रभावित पारेको हुन्छ र सर्वहारा साहित्यले वर्गसङ्घर्षलाई अलग राख्न सक्दैन । यस्ता सर्जकहरू त वर्गसङ्घर्षकै लागि जीवन समर्पित गर्दछन् । कतिपय देशमा भएका सङ्घर्षमा सर्वहारा क्रान्तिको पक्षमा सर्वहारा सर्जकले वर्गसङ्घर्षको पक्षमा लेख्दालेख्दै जीवन त्याग गरेका छन् । साम्राज्यवाद र पुँजीवादका विकृतिका कारणले जन्म भएको सर्वहारा साहित्य जबसम्म मान्छेले मान्छेका शोषण गर्ने व्यवस्था रहिरहन्छ, त्यति बेलासम्म विद्रोही साहित्यको रूपमा रहिरहने छ र यसले समाज परिवर्तनका लागि एउटा हतियारको रूपमा काम गर्ने छ ।

    उनले चीनको स्वतन्त्रता प्राप्तिकिा लागि बन्दुकधारी सेना मात्र पर्याप्त हुने नभई कलम चलाउने सर्जकको जत्था पनि चाहिन्छ भनेका थिए । हामीसँग सांस्कृतिक सेना नभएसम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र शत्रुलाई हराउन पनि सकिँदैन भन्ने उनको आशय थियो । सांस्कृतिक जत्थाले मात्रै चीनको सामन्ती संस्कृति एवम् दलाल संस्कृतिलाई हराउन सक्छ भन्ने उनको विश्वास थियो ।

    एडवार्ड अपवार्ड, क्रिस्टोफर कडवेल, एलेक ब्राउन जस्ता वामपन्थी सर्जकहरूले पुँजीवादका विकृतिको विरुद्धमा आफ्ना रचना लेखेका छन् । त्यसैगरी, लिओनल ब्रिट्टेनको ‘हगर एन्ड लभ’ लाई सर्वहारा साहित्यको प्रतिनिधि किताबको रूपमा लिइन्छ र यसमा सर्वहाराका कठिन जीवनको वर्णन पाइन्छ । जबसम्म बुर्जुवा वर्गले समाजमा दमन गर्छ, समाजमा बुर्जुवा साहित्य रहन्छ र त्यसले प्रभाव पारिरहेको हुन्छ, त्यति बेलासम्म सर्वहारा साहित्यका रचनाकारहरू बुर्जुवा शैलीलाई चिर्दै बेग्लै साहित्य रचना गर्छन् ।

    सर्वहारा साहित्यले वर्गहीन समाजको गाथालाई सरल बनाउने काम गर्छ । विगतमा सर्वहारा साहित्यले गर्दा, खासगरी मेक्सिम गोर्की जस्ता रचनाकारका कारणले गर्दा गरिखाने वर्गको जीवनशैली र मूल्यमान्यतालाई प्रकाशमा ल्याउन मदत पुग्यो ।

    सर्वहारा साहित्यमा धेरै राम्रा पुस्तक पनि प्रकाशित भएका छन् र त्यसता पुस्तकमा ज्याक ल्र्र्रन्डनको ‘दि रोड’ (सडक) र जेम्स ह्यन्लीको ‘ग्रे चिल्ड्रेन’ महत्त्वपूर्ण मानिन्छन् । यस्ता लेखकले बाबुसाहेब भनिने वर्गका मान्छेले नदेखेका विषयवस्तुलाई उठाएका छन् । जर्ज अर्वेलले एक ठाउँमा भनेका छन् कि सर्वहारा साहित्य त्यति बेला सत्य हुन्छ, जब सर्वहारा नै समाजमा प्रमुख वर्गको रूपमा स्थापित हुन्छ । त्यसो भयो भने साहित्यले आफ्नो चरित्र नै फेर्न सक्छ ।

    माओत्सेतुङले सर्वहारा साहित्यको बारेमा मे २, १९४२ मा येनानमा साहित्यको फोरममा दिएको भाषणबाट सर्वहारा साहित्यमा उनको योगदान पुष्टि हुन्छ । उनले भनेका छन् कि हाम्रो साहित्यको मुख्य उद्देश्य क्रान्तिकारी साहित्य र कलालाई विकासको बाटो पछ्याउने दिशामा लैजानु हो र दोस्रो कुरा, साहित्यको काम भनेको राष्ट्रिय शत्रुलाई उन्मूलन गरी राष्ट्रिय स्वतन्त्रता प्राप्ति गर्न लाग्नु हो । उनले चीनको स्वतन्त्रता प्राप्तिकिा लागि बन्दुकधारी सेना मात्र पर्याप्त हुने नभई कलम चलाउने सर्जकको जत्था पनि चाहिन्छ भनेका थिए । हामीसँग सांस्कृतिक सेना नभएसम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र शत्रुलाई हराउन पनि सकिँदैन भन्ने उनको आशय थियो । सांस्कृतिक जत्थाले मात्रै चीनको सामन्ती संस्कृति एवम् दलाल संस्कृतिलाई हराउन सक्छ भन्ने उनको विश्वास थियो । प्रतिक्रियावादीहरू हाम्रो संस्कृति र साहित्यलाई हराउन योग्यता र क्षमताको विरुद्धमा मात्रात्मक बहुमतलाई अगाडि सार्न सक्छन् र हामीले त्यसको विरोध गर्नुपर्छ भन्ने उनको विचार थियो ।

    माओले भनेका छन् कि प्रतिक्रियावादीसँग प्रशस्त पैसा भएकाले उनीहरू धेरै मात्रामा उत्पादन गर्न सक्छन् र योग्यताभन्दा मात्रालाई महत्त्वपूर्ण मान्न सक्छन् । साहित्य र कलाले महत्त्वपूर्ण हतियारको रूपमा क्रान्तिको बाटोमा काम गर्छ र जनतालाई गोलबन्द र सुसूचित गर्ने काम गर्छन् भन्ने उनको आशय थियो । लेखक–कलाकारले वर्गीय दृष्टिकोणलाई निखार्नुपर्छ र मात्र उनीहरू सम्पूर्ण रूपमा क्रान्तिको बाटोमा आउँछन् भन्ने उनको धारणा थियो । उनले हामीले हाम्रा शत्रु, हाम्रा सहयोगी र जनताप्रति अपनाउने दृष्टिकोणमा फरक ल्याउनुपर्छ भनेका छन् । उनले लेखकहरूले सहयोगीलाई एकताबद्ध गर्ने काम गर्नुपर्दछ भनेका छन् । त्यसैगरी, उनले भनेका छन्– हाम्रो साहित्यका पाठकहरू फरक फरक ठाउँमा फरक फरक हुन सक्छन् र त्यस्ता पाठकहरू विद्यार्थी र कर्मचारी पनि हुन्छन्, कतै किसान र मजदुर हुन सक्छन् र यिनीहरू क्रान्तिकारी लेख पढ्न चाहन्छन् ।

    अशिक्षित जनताको बिचमा सिनेमा पेन्टिङ, नाटक, सङ्गीत आदि माध्यमबाट पनि हामीले शिक्षित गर्नुपर्ने हुन्छ भन्ने उनको अडान थियो । हाम्रा पाठकहरू अशिक्षित किसान र मजदुर पनि हुने भएकाले उनीहरूको जीवन बुझ्नु साहित्यकार र कलाकारहरूको काम हो भन्ने माओको धारणा थियो तर हाम्रा साहित्यकार एवम् कलाकारले अझै सम्पूर्ण रूपमा किसान र मजदुरको अवस्था बुझेका छैनन् । यसको अर्थ जनताको जीवन्त भाषा र संस्कृति नबुझ्नु हो । त्यसैले जनताको भाषा नबुझेसम्म साहित्यकारहरू जनताबाट टाढिन जान्छन् र उनीरुका कृतिले योगदान पुर्‍याउँदैनन् भन्ने उनको विश्वास थियो । उनी भन्थे– सााहित्य र कलाकारको विचार जनताका भावनासँग घुलमिल भएको अवस्थामा खारिन सक्छ ।

    माओ स्वयम्ले एउटा विद्यार्थीको रूपमा जीवनको सुरुआत गरेका थिए र सुरु सुरुका दिनमा हातले काम गर्ने कुरालाई उनी अपमानित ठान्थे । त्यतिबेला उनी बुद्धिजीवीहरूलाई सफा व्यक्ति र कामदार र किसानलाई फोहोरी व्यक्ति ठान्थे । उनी मजदुर–किसानले लगाउने लुगा लगाउँदैनथे तर जब उनी क्रान्तिकारी भए र जनतासँग घुलमिल गरे, त्यसपछि मात्रै उनले जनतालाई बुझे र जनताले पनि उनलाई आफ्ना मुक्तिदाताको रूपमा हेर्न थाले । त्यसपछि मात्रै उनले बुद्धिजीवीभन्दा किसानहरू बढी सफा, शुद्ध भएको अनुभव गरे । उनले भनेका छन् कि हाम्रा साहित्यकार र कलाकारले पनि आफ्ना कृतिलाई धेरैले पढुन् भन्ने चाहन्छन् भने उनीहरूले पनि जनताको बिचमा गई घुलमिल हुनुपर्छ अन्यथा साहित्यकार र आम जनताका बिचमा ठुलो खाडल पैदा हुने छ र त्यस्तो साहित्यले सर्वहाराको हित गर्न सक्दैन ।

    साहित्य र कला कसको लागि ? लेनिनले भने झैँ हाम्रो साहित्य र कलाले लाखौँलाख गरिखाने वर्गको सेवा गर्नुपर्छ । त्यसैले कतिपय साहित्यकार आफ्नो व्यक्तिगत जीवनको चिन्ता गरी बिच बाटोबाटै फर्कन्छन् तर बहुसङ्ख्यक हाम्रा साहित्यकर्मीहरू आम जनताको मुक्तिका लागि सङ्घर्ष गरिरहन्छन् । क्रान्तिकारी साहित्य आम जनताको लागि हो भन्ने कुरा बुझ्नुपर्छ ।

    माओले भनेका छन् कि माक्र्सवाद–लेनिनवाद र समाजको राम्रो अध्ययन गर्नुपर्छ र यिनको ज्ञान नभई कोही पनि माक्र्सवादी साहित्यकार हुन सक्दैन । सैद्धान्तिक ज्ञान नभएसम्म प्रेम भन्ने शब्दलाई अमूर्तको रूपमा लिइन्छ अर्थात् वर्गीय प्रेमको कुरा थाहा हुँदैन । बुर्जुका प्रेमको धङधङीबाट मुक्त हुनका लागि माक्र्सवाद र लेनिनवादको ज्ञान आवश्यक हुन्छ । माओले भनेका छन् कि माक्र्सवादले हामीलाई वस्तुगत तथ्य बुझ्न मदत गर्छ र आउने समस्याको समाधान गर्नमा आवश्यक चेतना दिन्छ । साहित्य र कलाको क्षेत्रमा पनि हामीले माक्र्सवादी दर्शनलाई आधार बनाउनुपर्छ ।

    साहित्य र कला कसको लागि ? लेनिनले भने झैँ हाम्रो साहित्य र कलाले लाखौँलाख गरिखाने वर्गको सेवा गर्नुपर्छ । त्यसैले कतिपय साहित्यकार आफ्नो व्यक्तिगत जीवनको चिन्ता गरी बिच बाटोबाटै फर्कन्छन् तर बहुसङ्ख्यक हाम्रा साहित्यकर्मीहरू आम जनताको मुक्तिका लागि सङ्घर्ष गरिरहन्छन् । क्रान्तिकारी साहित्य आम जनताको लागि हो भन्ने कुरा बुझ्नुपर्छ । बुर्जुवा सामन्तीका लागि सामन्ती साहित्य प्यारो हुन्छ अर्थात् सतासिन वर्गको साहित्य र कला भनेको सामन्ती प्रकारको हुन्छ । एउटै साहित्यले सबै वर्गको प्रतिनिधित्व गर्न सक्दैन, बुर्जुवाको अधीनमा भएको साहित्य र संस्कृति आम जनताको अर्थात् किसान–मजदुरको हित गर्न सक्दैन भन्ने माओको विचार थियो ।

    हामीले विगतबाट राम्रा कुराहरू सिक्नुपर्दछ र त्यसलाई क्रान्तिकारी पारामा बदल्नुपर्दछ र ९० प्रतिशतभन्दा बढी शोषित जनताको सेवामा लगाउनुपर्छ र हाम्रो साहित्यले चार प्रकारका जनताको अर्थात् कामदार, किसान, सिपाही र सहरिया निम्न बुर्जुवा वर्गीय बुद्धिजीवीको सेवा गर्नुपर्दछ । उनले भनेका छन् कि हाम्रो साहित्य र कलाले सर्वहारा वर्गको दृष्टिकोण अपनाउनुपर्छ, नकि निम्नबुर्जआ वर्ग, जसले क्रान्तिकारी तप्काको जनताको सेवा गर्न सक्दैन । हामीले आम जनता, कामदार, किसान र सिपाहीलाई निम्न पुँजीवादी बुद्धिजीवीभन्दा कम सक्षम छन् भन्ने सोच्नु हुँदैन ।

    आफै निम्न पुँजीवादी बुर्जुवा वर्गबाट आएका हुँदा कतिपयले त्यही वर्गका मानिससँग मात्र मित्रता राख्छन् । उनीहरूको हित हुने खालमा अभिव्यक्ति दिन्छन्, जुन कुरा एकदमै गलत हो । कतिपयले त त्यस्ता वर्गप्रति सहानुभूति राखी त्यही वर्गको प्रशंसासमेत गर्दछ । त्यसैले कतिपय हाम्रा साहित्यकाले सर्वहारा वर्गका चित्रण गलत प्रकारले गर्छन् र उनीहरूको साहित्य कला र संस्कृतिलाई मन पराउँदैनन् भन्ने माओको धारणा थियो ।

    यस्ता साहित्यकार एवम् कलाकारले कसका लागि साहित्य भन्ने प्रश्नको समाधान गरेका हुँदैनन् । यो समस्याको समाधान गर्न वर्षाैं लाग्न सक्छ तर हामीले जसरी पनि यो समस्याको समाधान खोज्नैपर्छ र यसका लागि जनताको माझमा गएर काम गर्नुपर्छ र सैद्धान्तिक ज्ञान र बलियो बनाउन माक्र्सवाद र लेनिनवादलाई राम्ररी बुझ्नुपर्छ भनी माओले भनेका छन् । यसो भएमा मात्र हामी साहित्य र कलाको माध्यमबाट किसान र मजदुरको सेवा गर्न सक्छौँ र त्यस्तो साहित्य मात्र सर्वहाराको साहित्य हुने छ भन्ने माओको विश्वास थियो ।

    हामीले विगतको साहित्य र अझै विदेशी साहित्यबाट पनि धेरै कुरा सिक्न सक्छौँ तर हामीले विदेशीको नक्कल गरी हाम्रो साहित्यलाई प्रति स्थापित गर्ने काम गर्नुहुँदैन भन्ने माओको सल्लाह थियो । उनले भनेका छन् कि साहित्यकारहरू जनताको बिचमा जानुपर्छ किनकि उनीहरू साहित्यका श्रोत हुन र त्यसको गरिएन भने साहित्यकारको काम नलाग्ने गरी पतन हुन्छ ।

    साहित्य र कलाको अर्को समस्या भनेको जातिवाद र सम्प्रदायवाद पनि हो । लुसुनले भनेका छन् कि “हामीले आफूलाई सङ्गठित गर्नुपर्छ र आम जनता र कामदारको पक्षमा काम गर्नुपर्छ ।” शासकवर्गले क्रान्तिकारी लेखक र कलाकारलाई यातना दिई आम जनतासमक्ष जानबाट रोक्छन्, त्यसैले हामीले आफूलाई बढीभन्दा बढी आम जनतासमक्ष पुर्‍याउनुपर्छ र साँचो अर्थमा क्रान्तिकारी साहित्यको सिर्जना गर्नुपर्दछ भन्ने माओको सल्लाह थियो ।

    साहित्य र कलाले कसको सेवा गर्छ भन्ने प्रश्नको समाधानपछि कसरी सेवा गर्ने भन्ने प्रश्न आउँछ भनी माओले भनेका छन् अर्थात् जनताको जीवनस्तर उकासेर आफ्ना कुराको प्रचारमा आफूलाई समर्पित गर्ने भन्ने प्रश्न आउँछ । हाम्रो काम यी दुवै पक्षको बिचमा तालमेल मिलाउनु हो भन्ने माओको विश्वास थियो । हामीले चाहिएको कुराको प्रचार प्रसार गर्र्नुपर्छ, जसले गर्दा किसान–मजदुरले ती कुरालाई सहर्ष स्वीकार गरुन् । जनताको समक्ष प्रचार प्रसार गर्न जानुभन्दा उनीहरूको बिचमा गई उनीहरूको जीवनलाई बुझ्ने प्रयास गर्नुपर्दछ र हामीले सर्वहाराको साहित्यलाई कामदार वर्गले लिएको बाटोतर्फ उन्मुख गराउनुपर्छ भन्ने माओको धारणा थियो । हामीले कामदार वर्गलाई बुझेर मात्र उनीहरूको जीवनस्तर उकास्ने र आफ्ना कुराको प्रचार प्रसार पनि गर्ने काममा सफलता पाउँछौँ ।

    साहित्यको श्रोत के हो ? विद्यमान समाजको प्रभाव हाम्रो मनमस्तिष्कमा पर्छ । त्यसैले क्रान्तिकारी लेखक र कलाकारको मस्तिष्कमा पनि समाजमा दयनीय जीवन बिताइरहेकाको छाप पर्छ । साहित्यका लागि मानिसको जीवन एउटा कच्चा पदार्थ जस्तै हो । यही कुरा विगतको साहित्यका लागि पनि सत्य हो ।

    हामीले विगतको साहित्य र अझै विदेशी साहित्यबाट पनि धेरै कुरा सिक्न सक्छौँ तर हामीले विदेशीको नक्कल गरी हाम्रो साहित्यलाई प्रति स्थापित गर्ने काम गर्नुहुँदैन भन्ने माओको सल्लाह थियो । उनले भनेका छन् कि साहित्यकारहरू जनताको बिचमा जानुपर्छ किनकि उनीहरू साहित्यका श्रोत हुन र त्यसको गरिएन भने साहित्यकारको काम नलाग्ने गरी पतन हुन्छ ।

    मानिसहरू केवल खानपिनबाट मात्र सन्तुष्ट हुँदैनन्, त्यसैले साहित्य र कलमको आवश्यकता पर्दछ तर त्यस्तो साहित्य दैनिकी जीवनमा ससाना कुराबाट माथि उठी सार्वभौमिक मूल्यमान्यतामा आधारित हुनुपर्छ; जस्तो कि समाजमा शोषक र अत्याचार हुन्छ अनि लेखकले त्यसपछाडिको अन्तरविरोध र वर्गसङ्घर्षको कुरालाई उजागर गरी कामदार वर्गलाई सचेत बनाई माथि उठाउनुपर्छ । त्यसैले साहित्यले एकातिर प्रचार गर्ने काम गर्नुपर्छ भने अर्काेतिर जनजीवन उकास्न पनि सहयोग गर्नुपर्छ भन्ने माओको शिक्षा छ ।

    हामीहरू सर्वहारा क्रान्तिकारी पनि उपयोगितावादी त हौँ तर हामीले विशाल जनसमुदायको हितलाई ध्यानमा राख्नुपर्छ । हाम्रो काम असल तब मात्र हुन्छ, जब यसले आम जनसमुदायको हित गर्छ ।

    सदियौँदेखि जनता अन्याय र शोषणमा छन् तर अशिक्षाको कारणले उनीहरूले सबै कुरा बुझ्न सक्दैनन् । त्यसैले लेखकको काम साहित्य र कलाको माध्यमबाट ती जनतालाई सचेत बनाउनुपर्छ अर्थात् शिक्षित बनाउनुपर्छ भन्ने माओको सुझाव रहेको छ । प्रचार प्रसार गर्ने काम र जनताको जीवन स्तर उठाउने कामको बिचमा ठुलो अन्तर छैन र जनता प्रचार प्रसार मात्र चाहन्नन्, उनीहरू प्रत्येक महिनावर्षमा उनीहरूको जीवनस्तर बढ्दै जाओस् भन्ने पनि चाहन्छ । क्रान्तिकारी साहित्यकारहरूको रचनात्मक प्रयासले मात्र साहित्यलाई सैद्धान्तिक ढाँचामा ढाल्न सकिन्छ । हाम्रो साहित्य प्रारम्भिक अवस्था अथवा उन्नति जे जस्तो अवस्थाको भए पनि मुख्य उद्देश्य भनेको तिनको काम जनताको सेवा गर्नु हो† उनीहरूलाई सचेत बनाउनु हो भन्ने माओको धारणा रहेको छ ।

    हाम्रो साहित्यको क्षेत्रमा विशिष्टता प्राप्त गरेका लेखकहरूले समाचार पत्र, भित्रेलेखन आदिको माध्यमबाट मजदुर र किसानका सबै तप्कालाई सुचित गर्नुपर्छ र यस्ता विशिष्ट अर्थात् विज्ञले आमजनता र कार्यकर्ताका बिचमा सम्बन्ध बढाउनुपर्छ र खास गरी प्रचार प्रसारमा लागेका कार्यकर्तासँग बढी तालमेल मिलाउनुपर्छ भन्ने उनको अर्को सुझाव रहेको छ । हामीले हाम्रा विशिष्ट प्रतिभा भएका विज्ञलाई सम्मान दिनुपर्छ तर तिनीहरू जतिसुकै प्रतिभावान भए पनि यदि तिनीहरूले आफूलाई मालिक र सम्भ्रान्त वर्गको ठान्छन् भने उनीहरूको त्यस्तो विज्ञताको कुनै अर्थ रहदैन । उनीहरूले आफूलाई जनताको मालिक नठानी जनताको शिष्य बनी उनीहरूसँग एकाकार भएपछि मात्रै उनीहरूको महानता रहने छ । त्यसैले मुख्य कुरा भनेको जनताको बिचमा गई घुलमिल हुनु नै हो भन्ने माओको धारणा हो ।

    हामीहरू सर्वहारा क्रान्तिकारी पनि उपयोगितावादी त हौँ तर हामीले विशाल जनसमुदायको हितलाई ध्यानमा राख्नुपर्छ । हाम्रो काम असल तब मात्र हुन्छ, जब यसले आम जनसमुदायको हित गर्छ । यसरी जनतासँग एकीकृत नभएसम्म कुनै पनि साहित्य र कलाको महत्त्व राख्दैन । त्यसले सीमित व्यक्तिलाई लाभ पुर्‍याए पनि आम जनसमुदायलाई फाइदा गर्दैन भन्ने माओको अर्काे शिक्षा हो ।

    हामीले आधारभूत कुरामा अर्थात् सैद्धान्तिक कुरामा उठेका समस्याको समाधान गर्‍यौँ भने सबै पार्टी कार्यकर्ताले विद्यालय, प्रशासन घर एवम् विभिन्न जन वर्गीय सङ्गठनले साहित्य र कलालाई रचनात्मक रूपमा आम जनसमुदायको हितमा लगाउने छन् भन्ने माओको अर्काे विश्वास थियो । हाम्रो साहित्य र कलाले आम समुदायको हितमा काम गर्नुपर्ने हुनाले हाम्रो अर्काे काम भनेको आन्तरिक पार्टी सम्बन्धमा आउने समस्या समाधान गर्नु हो अर्थात् पार्टीको साहित्यसम्बन्धी काम र पार्टी पूरैको काम ।

    त्यसैगरी, पार्टीको साहित्य र कलाको सम्बन्धमा काम र पार्टीबाहिरका मानिसका बिचको सम्बन्धमा पनि तालमेल मिलाउनुपर्छ भन्ने माओको विचार रहेको छ । आजको संसारमा सबै संस्कृति र साहित्य निश्चित वर्गसँग सम्बन्धित हुन्छ । त्यसैले कला कलाको लागि भन्ने कुरा वाहियात हो । कला वर्गभन्दा माथि रहेको हुन सक्दैन । सर्वहारा साहित्य र कला सर्वहारा क्रान्तिका अभिन्न अङ्ग हुन् । हामीले साहित्य र कलालाई धेरै माथि पनि मान्नुहुन्न र यसको महत्त्वलाई पनि बिर्सनु हुन्न । साहित्य र कला राजनीतिका सहयोगी हुन् र राजनीतिमा ठुलो प्रभाव पनि पार्छ । क्रान्तिकारी साहित्य र कला सम्पूर्ण क्रान्तिका पूरक हुन् । साहित्य र कलाबिना क्रान्तिकारी विजय प्राप्त गर्न गार्‍हो हुन्छ । यहाँ साहित्य राजनीतिको सहयोगी हुन्छ भनेको अर्थ सर्वहाराको राजनीतिलाई बुझ्नुपर्छ न कि बुर्जुआको राजनीतिलाई भन्ने माओको धारणा हो ।

    पार्टीबाहिरका निम्न पुँजीवादी बुद्धिजीवी वर्गमा धेरै कमजोरी भए पनि तिनीहरू क्रान्तिको पक्षमा देखिन्छन् । त्यसैले हाम्रो काम उनीहरूको गल्ती–कमजोरीलाई औल्याउन उनीहरूलाई सच्याउने पनि हो भन्ने माओको अर्काे शिक्षा हो ।

    राजनैतिक सङ्घर्षमा सिद्धान्त अर्थात् कलाको क्षेत्रले राजनैतिक सङ्घर्षलाई सघाउने काम गर्दा जसले यो कुरा बुझ्छन् त्यस्ता साहित्यकार र कलाकारले मात्र आम जनताको विश्वास जित्न सक्छन् । बुर्जुवा र सर्वहारा साहित्यकारको बिचको अन्तर यही नै हो । त्यसैले सर्वहारा साहित्य र राजनीतिको बिचमा एकता कायम हुनुपर्छ । राजनीतिमा जस्तै सङ्घर्ष र एकताको नीतिलाई साहित्य र कलामा पनि लागु गर्नुपर्छ भन्ने माओको शिक्षा रहेको छ ।

    पार्टीबाहिरका निम्न पुँजीवादी बुद्धिजीवी वर्गमा धेरै कमजोरी भए पनि तिनीहरू क्रान्तिको पक्षमा देखिन्छन् । त्यसैले हाम्रो काम उनीहरूको गल्ती–कमजोरीलाई औल्याउन उनीहरूलाई सच्याउने पनि हो भन्ने माओको अर्काे शिक्षा हो । जस्तोसुकै शक्तिसँग पनि एकता गर्दा त्यसले असन्तोष र विग्रह पनि ल्याउँछ । आदर्शवादीले खालि मनसाय हेरी त्यसको प्रभावलाई कम महत्त्व ठान्दछन् । त्यसैगरी, यान्त्रिक उपयोगितावादीले मनसायलाई लत्याई पर्ने प्रभावमा बढी जोड दिन्छ । यसको ठिक विपरीत हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नेले अर्थात् मनसाय र त्यसको प्रभावको बिचमा एकता कायम गर्नुपर्दछ भन्ने माओको अर्काे विश्वास रहेको छ । कुनै साहित्यकारको असल मनसाय हो कि होइन भन्ने छुट्याउने कसी भनेको त्यसको प्रभावमा भर पर्छ । हामीले सबै सङ्कीर्णतावादको विरोध गर्नुपर्दछ र त्यस्तो सोचाइको प्रभाव हाम्रो साहित्यमा देखिनुहुँदैन । हाम्रो समालोचना कुनै पनि घटना र विकासको मापदण्ड नाप्दा हामीले त्यसको सामाजिक प्रभाव कस्तो होला भन्ने कुरा बिर्सनुहुँदैन । हामीले हाम्रा साहित्य र कलालाई बचाउन आत्ममन्थन र आत्मआलोचनालाई पनि अँगाल्नुपर्छ भन्ने माओका धारणा हुन् ।

    राजनैतिक मापदण्ड र कलात्मक मापदण्डमा के सम्बन्ध छ ? राजनीतिलाई कलासँग दाँज्न सकिन्न । प्रत्येक वर्गको आआफ्नै राजनैतिक र कलात्मक मापदण्ड हुन्छ । सबै वर्गले कला र राजनीति कुरा गर्छन् । बुर्जुवाले सर्वहारा साहित्यमा जतिसुकै ठुलो मान्यता र गुण भेट्याए पनि त्यसलाई अस्वीकार गर्छन् । त्यसैगरी, सर्वहाराले पनि यदि प्रगतिशील महत्त्वका कुराहरू छैनन् भने बुर्जुवा साहित्यप्रति त्यस्तै दृष्टिकोण अपनाउनुपर्छ । कुनै कुनै प्रतिक्रियावादी साहित्यमा पनि केही कलात्मक गुण पाइन्छ तर तिनीहरू आम जनताको लागि विषालु हुने हुँदा अस्वीकार गर्नुपर्छ । शोषकवर्गको प्रतिक्रियावादी राजनैतिक र विषय र उनीहरूका कलात्मक स्वरूपमा अन्तरविरोध पाइन्छ भन्ने माओको विचार रहेको छ तर हामी भने राजनीतिक र कलाको बिचमा एकता चाहन्छौँ† विषयवस्तु र कलात्मक स्वरूपमा एकता चाहन्छौँ । राजनैतिक दृष्टिकोणले बलियो विषयवस्तु भए पनि कलात्मक गुण भएन भने त्यो फितलो हुन जान्छ । त्यसैले साहित्य र कलाको क्षेत्रमा हामीले दुवै पक्षका लागि सङ्घर्ष गर्नुपर्छ । हाम्रा केही साथीहरूको सोचाइमा केही कमजोरी पाइन्छ र उनीहरूले कलात्मक पक्षलाई उपेक्षा गर्ने गर्छन् तर अहिलेका मुख्य समस्या राजनैतिक हो किनकि हाम्रा कतिपय साथीमा आधारभूत सैद्धान्तिक ज्ञान पनि छैन भन्ने माओको धारणा हो ।

    मानवीय प्रकृति अमूर्त हुँदैन । वर्गभन्दा माथि कुनै मानवीय प्रकृति हुँदैन । सर्वहाराले आफ्नै वर्गको मानवीय स्वभाव विकास गर्छन भने बुर्जुवा र जमिन्दारको आफ्नै वर्गअनुसारको हुन्छ । हामी बुर्जुवा व्यक्तिवादको विरोध गर्छाै र त्यस प्रकारको मानवीय प्रकृतिको विरोध गर्छाै भनी माओले भनेका छन् ।

    प्रेम भन्ने विचार वस्तुगत अभ्यासको उपज हो । हामी विचारबाट सुरु नगरी अभ्यासबाट सुरु गर्छाै । कुनै कारणबिना अमूर्त रूपमा प्रेम र घृणा भन्ने हुँदैन । सबैलाई समेट्ने ‘प्रेम’ हुन सक्दैन किनकि मानवता वर्गमा विभाजित भएको छ । वर्गको अन्त्य भएपछि मात्र वास्तविक प्रेमको विकास हुन सक्छ । हामी हाम्रा शत्रुलाई र सामाजिक विकृतिलाई प्रेम गर्न सक्दैनौँ भन्ने माओको धारणा रहेको छ ।

    प्रेम भन्ने विचार वस्तुगत अभ्यासको उपज हो । हामी विचारबाट सुरु नगरी अभ्यासबाट सुरु गर्छाै । कुनै कारणबिना अमूर्त रूपमा प्रेम र घृणा भन्ने हुँदैन । सबैलाई समेट्ने ‘प्रेम’ हुन सक्दैन किनकि मानवता वर्गमा विभाजित भएको छ । वर्गको अन्त्य भएपछि मात्र वास्तविक प्रेमको विकास हुन सक्छ । हामी हाम्रा शत्रुलाई र सामाजिक विकृतिलाई प्रेम गर्न सक्दैनौँ भन्ने माओको धारणा रहेको छ । बुर्जुवा साहित्यकारले केवल जीवनको अँध्यारो पक्षलाई मात्र उजागर गर्छन् । उनीहरू निराशावाद र क्षणभङ्गुरतालाई प्रोत्साहन दिन्छन् । अर्काेतिर, सोभियत साहित्यले उज्यालो पक्षलाई उजागर गरेको हुन्छ । यस्तो साहित्यले अँध्यारो पक्षलाई अथवा कमी–कमजोरीलाई देखाए पनि अन्तिम उद्देश्य उज्यालो पक्ष ल्याउनु नै हुन्छ भन्ने माओको शिक्षा हो ।

    माओले भनेका छन् कि बुर्जुवा लेखकहरूले क्रान्तिकारी जत्थालाई खालि भिडको रूपमा हेर्छन् । क्रान्तिकारी साहित्यकारले मात्र राम्रो र नराम्रोको बिचमा भेद देखाउँछन् र आम जनतालाई हानी हुने सबै कुराको भण्डाफोर गर्छन् । साहित्य र कलाको काम केवल भण्डाफोर गर्ने मात्र पनि होइन । क्रान्तिकारी साहित्यको काम जनविरोधीहरूको भण्डाफोर गर्नु हो र त्यसको कुप्रभावलाई उजागर गर्नु हो । आम जनतामा पनि कमी कमजोरी हुन्छन् र तिनलाई आलोचना र आत्मआलोचनाको माध्यमबाट समाधान गर्दै जानु पर्छ तर हामी बुर्जुवा लेखकले जस्तै आम जनतालाई मूर्ख भन्दैनौँ र उनीहरूलाई शिक्षित बनाउने कुरामा जोड दिन्छौँ । उनले भने लुसुनको साहित्यको आज पनि खाँचो छ । उनले चरम शोषक शक्तिको छाँयामा रहेर पनि ब्यङ्ग्यात्मक निबन्धको माध्यमबाट त्यस्ता शक्तिको विरुद्धमा सङ्घर्ष गरे । हामीले प्रष्ट शब्दमा नदराइकन सिधा सिधा भाषामा शोषकहरूको भण्डाफोर गर्नु पर्छ । लुसुनले क्रान्तिकारीको खिल्ली कहिल्यै उडाएनन् । हामीले जनताको आलोचना गर्दा पनि मुख्य उद्देश्य उनीहरूलाई शिक्षित बनाउन पर्ने हुन्छ । हामीले व्यङ्ग शैलीको प्रयोग गर्नुपर्छ तर यसको दुरूपयोग गर्नु हुँदैन भन्ने माओको शिक्षा हो ।

    माओले अगाडि भनेको छन् कि केवल प्रशंसा गर्ने काम पनि राम्रो होइन । बुर्जुवाले बुर्जुवा लेखकलाई प्रशंसा गर्छन् भने सर्वहाराले सर्वहारा साहित्यलाई तर प्रशंसा गर्दैमा त्यो कृति महान् पनि हुन्छ भन्न सकिँदैन तर जसले सर्वहारालाई खराब पक्षको रूपमा देखाउँछ, त्यस्ता कृतिहरू कहिल्यै पनि महान् हुन सक्दैनन् । बुर्जुवा बुद्धिजीवीहरू क्रान्तिकारी व्यक्तिको प्रशंसा गर्दैनन् र क्रान्तिकारीलाई तिनको प्रशंसा पाउने आवश्यकता पनि छैन । यो कुरा बुझ्नुपर्छ कि हाम्रो दृष्टिकोण ठिक भए पनि यदि हाम्रो अभिव्यक्ति राम्रो भएन भने त्यसको अर्थ हुँदैन । यदि हामीले ब्यङ्ग गर्दा असल मनसायले काम गरे पनि सम्भावित परिणामको विचार गरेनौँ भने त्यो गलत हुन सक्छ; जस्तै : डाक्टरले औषधी लेखिदिएर मात्र हुँदैन, त्यसको असर बिरामीमा के हुन्छ भन्ने पनि बुझ्नुपर्छ । माओले भनेका छन् कि राजनीतिमा पनि केवल घोषणा गरेर पुग्दैन, व्यवहारमा देखाउनुपर्छ । एकपटक कुनै कामको परिणाम खराब भयो भने त्यही कुरा दोहोर्‍याउनु हुँदैन । कम्युनिस्टले आत्मालोचना गर्न डराउनुहुँदैन र गल्तीलाई स्वीकार गर्नुपर्छ । यदि मैले सबै कुरा जानेको छु भन्ने भावना छ भने त्यो खराब प्रवृति हो । माक्र्सवाद पढ्नु भनेको द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादी विचारलाई व्यवहारमा उतार्नु हो भन्ने कुरा उनले राखेका छन् । माक्र्सवादले त सामन्ती, बुर्जुवा, वैयक्तिक, निराशावादी र कला कलाको लागि भन्नेहरूलाई ध्वस्त बनाउँछ । माक्र्सवादी लेखकले ती सबै तत्त्वलाई समाप्त पार्ने काम गर्नुपर्छ । पुराना सडेगलेका तत्त्व र विचारलाई समाप्त गरेपछि मात्र नयाँ कुराको निर्माण हुन्छ भन्ने कुरा बिर्सनुहुँदैन भन्ने माओको शिक्षा रहेको छ ।

    हामीले बुर्जुवासित होइन कि सर्वहारासँग एकता गर्नुपर्छ भन्ने माओको अर्काे शिक्षा हो । हामीले निर्धक्कतासाथ जनताको माझमा जानुपर्छ र आआफ्नो ज्ञान र समझदारीलाई बढाउनुपर्छ अन्यथा हामीहरू कहीँका पनि रहने छैनौँ ।

    हाम्रो साहित्य र कलाको क्षेत्रमा देखिएका कमजोरीमध्ये आदर्शवाद, अधिभूतवाद, केवल कुरा मात्र गर्ने, अभ्यासमा प्रवेश नगर्ने र जनताबाट टाढिने जस्ता प्रवृति प्रमुख छन् र तिनलाई सच्याउनुपर्छ । धेरैजसो साथीहरूमा अझै सर्वहारा र निम्न बुर्जुवा बिचमा अन्तरबारे प्रष्टता छैन । सैद्धान्तिक रूपमा प्रष्ट नहुँदा यस्ता साथीहरूको दिमागमा बुर्जुवा र शोषक वर्गमा विचारले प्रभाव पारेका हुन्छन् भनी माओले भनेका छन् । सर्वहाराको सिद्धान्त र दर्शनबारे प्रष्टता नहुँदा उनीहरूमा साम्यवादप्रति अगाध आस्था नभएको देखिन्छ । हामीले सर्वहारा विरुद्धको लडाइमा सर्वहाराको सिद्धान्त र दर्शनलाई सशक्त रूपमा सङ्गठनात्मक रूपमा अगाडि लैजानुपर्छ । साहित्य र कलाको क्षेत्रमा एउटा ठुलो सङ्घर्ष चली नै रहेको छ र हामीले हाम्रा विरोधीका सर्वहारा विरुद्धका सबै प्रयासलाई निस्तेज पार्नुपर्छ । हामीले बुर्जुवासित होइन कि सर्वहारासँग एकता गर्नुपर्छ भन्ने माओको अर्काे शिक्षा हो । हामीले निर्धक्कतासाथ जनताको माझमा जानुपर्छ र आआफ्नो ज्ञान र समझदारीलाई बढाउनुपर्छ अन्यथा हामीहरू कहीँका पनि रहने छैनौँ ।

    क्रान्तिकारी आधार क्षेत्रका जनता अब साहित्यकारबाट पुरानै सडेगलेका कहानी सुन्न तयार छैन र परिवर्तित अवस्थामा चाहिने साहित्य र कलाको पर्खाइमा छन् । त्यसैले आधारक्षेत्रमा जति बढी जनताको पक्षमा लेखिन्छ, उति नै त्यसको राष्ट्रिय महत्त्व हुने छ भनी माओले भनेका छन् । अहिलेको आवश्यकता भनेको आम जनता र व्यक्तिको बिचमा रहेको सम्बन्धको समस्या हल गर्नु हो । लुसुनले भनेका छन् कि हामीले हाम्रा हजारौँ शत्रुको विरुद्धमा सङ्घर्ष गर्नुपर्छ र हामीले जनताको पक्षमा जानुपर्छ । माओले भनेका छन् कि साहित्य र कलाको क्षेत्रमा रहेका आधारभूत समस्याको थप अध्ययन आवश्यक छ र हामीले चाहेअनुसारको दिशाामा अग्रसर हुनुपर्छ ।

    लामो सङ्घर्षको अवधिमा हामीहरूले अझ बढी बुझ्दै जाने छौँ र समाज परिवर्तनको लक्ष्यलाई साकार पार्ने छौँ भनी माओले विश्वास व्यक्त गरेका छन् र साहित्यकारले आफ्नो कृतिको माध्यमबाट आम जनतालाई अझ बढी सचेत बनाउनुपर्ने छ भन्ने उनको शिक्षा रहेको छ । माओले कला र साहित्यको सम्बन्धमा व्यक्त गरेका माथि उल्लेखित विचारबाट उनले सर्वहारा साहित्य र कलामा पुर्‍याएको अतुलनीय योगदानको पुष्टि हुन्छ र ती विचार आजको सन्दर्भमा पनि उत्तिकै मननीय छन् ।

    बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.