बागलुङ । बागलुङ १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिले मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिने भएका छन् ।
आज (मंसिर ९) देखि सुरु हुने कार्यक्रम १६ गतेसम्म जारी रहनेछ ।
कार्यक्रम अनुसार शुक्रबार बागलुङ नगरपालिका १, २, ३ र ४ मा भेटघाट गरी लालीगुराँस चोकमा सभाको आयोजना हुने छ ।
यसैगरी जिल्लाका विभिन्न स्थानमा भेटघाट गर्दै १६ गते नारायणस्थानमा कार्यक्रमको समापन हुने छ ।
बागलुङ जिल्लामा गठबन्धनका सबै उम्मेदवारहरु विजय भएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ भने प्रदेश सभा १ (क) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा र ‘ख’ बाट कांग्रेसकै डिल्लीराम सुवेदी विजयी हुनुभएको हो ।
गठबन्धनले ‘क्लिनस्वीप’ गरेपछि राजमो बागलुङले दियो मतदातालाई धन्यवाद
यस्तै, क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेल प्रतिनिधि सभामा निर्वाचित हुँदा प्रदेश २ क मा कांग्रेसका जितबहादुर शेरचन र ख’ बाट पनि कांग्रेसकै द्रोणकुमार कुँवर विजयी हुनुभएको हो ।
