• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

केसीको व्यंग्य : संसद चल्न नदिन रोष्ट्रम अगाडि नाच्नेले फेरि भोट माग्दैछन्

"जनताका समस्या असिमित छन्, सबै सांसदले पुरा गर्छन् भन्ने छ "

  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यतिबेला बागलुङका गाउँ–गाउँमा भोट माग्न व्यस्त हुनुहुन्छ । ८२ वर्षीय केसी युवा जोशका साथ बागलुङका विकट गाउँबस्ती चाहारिरहनुभएको छ ।

    Advertisement

    सोमबार जैमिनी नगरपालिकाको जैदीमा चुनावी सभालाई सम्बोधन गर्नुअघि केसीले युगदर्शनसँग भन्नुभयो, ‘विकट ठाउँहरुमा एकसरो भेटघाट सकियो । अझै केही वडाहरु बाँकी छन् ।’

    केसीले अहिले मतदाता खेती थन्क्याउन व्यस्त रहेकोले खेतबारीमै पुग्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

    ‘अहिले खेतीपातीको समय छ । बरा जनता खेती नसिहारी पनि भएन । भाषण सुन्न आएर खेती कसले स्याहार्ने ?’ केसीले भन्नुभयो ।

    जनताले तपाइँहरुबाट के अपेक्षा गरेका छन् त ? भन्ने युगदर्शनको प्रश्नमा केसीले भन्नुभयो, ‘जनताको अपेक्षा त असिमित छन् नी । नेपाली जनताको समस्या बाटोघाटो, स्वास्थ्य, शिक्षाका समस्या छन् । बेरोजगारीको समस्या छ । जनताका अपेक्षा असिमित छन् । जनताले यिनै कुरा सुनाउँछन् । सुनाउन पनि पर्यो । उनीहरुले नत्र कसलाई सुनाउने ? फेरि सबै समस्याको समाधान सांसदले गरिदिन्छन् भन्ने छ ।’

    अध्यक्ष केसीले भोट माग्न आउनेहरुले झुठा आश्वासन दिने गरेकोले जनताले सबै कुरा सांसदले नै पुरा गरिदिन्छन् भन्ने परेको बताउनुभयो । तर, आफूले सांसदबाट सबै कुरा सम्भव हुँदैन भनेर सम्झाउने गरेको पनि स्पष्ट पार्नुभयो ।

    ‘भोट माग्न आउनेले जनतालाई झुठा आश्वासन दिने गरेका छन्’ केसीले भन्नुभयो, ‘मैले झुठा आश्वासन दिन्नँ । तपाइँहरुका सबै अपेक्षा सांसदले पुरा गर्न सक्दैनन् भन्ने गरेको छु ।’

    यस्तै, उहाँले बागलुङको विकासका लागि आफूले सक्दो योगदान गरेको बताउनुभयो । अरुले सानो काम गरेपनि प्रचार गर्दै हिँड्ने गरेको भन्दै केसीले आफूले ‘गीत गाएर नहिँडेको’ बताउनुभयो । आउँदो कार्यकाल बागलुङको विकासका लागि सक्दो प्रयास गर्ने पनि उहाँले बताउनुभयो ।

    विगतमा जनताले जिताएर पठाएका एमालेका प्रतिनिधिले संसद चल्न नदिएर संसदलाई बन्धक बनाएकोतर्फ ईंगित गर्दै फेरि भोट माग्न जनताको बिचमा आएकोप्रति पनि व्यंग्य गर्नुभयो ।

    ‘दुई दुई पटक संसद विघटन भयो । अदालतले संसद पुनर्स्थापना गरेपछि पनि त्यत्रो नौ नौ महिना संसद चल्न दिएनन्’ केसीले भन्नुभयो, ‘बागलुङका जनताले जिताएर पठा’का सांसद रोस्ट्रम अगाडि नाचेका हैनन् संसद चल्न नदिन ? फेरि भोट माग्न आएका छन् ।’

    अध्यक्ष केसीले जनता निकै सचेत रहेका र सबै कुरा बुझ्ने क्षमता रहेको भन्दै देशभरका जनताप्रति आफूलाई अगाध विश्वास रहेको बताउनुभयो । बागलुङका जनताको प्रतिक्रियाबाट आफू उत्साहित रहेको केसीले सुनाउनुभयो । उहाँले गठबन्धनका उम्मेदवार अत्याधिक मतले विजयी हुने उहाँको विश्वास छ ।

    अध्यक्ष केसी बागलुङ क्षेत्र नं १ बाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा एमालेले सूर्य पाठकलाई उम्मेदवार बनाएको छ ।

    यस्तै, राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, कांग्रेस विपीबाट शिवलाल सापकोटा र स्वतन्त्र चन्द्रबहादुर क्षेत्री मैदानमा छन् ।

    बागलुङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्छन् ।

    गएको स्थानी निर्वाचनमा राष्ट्रिय जनमोर्चाले जैमिनी र बरेङमा प्रमुख पद जितेको थियो भने काठेखोलामा उपप्रमुख जितेको थियो ।

    ती पालिकामा रहेका ३७ वडामध्ये २९ वडामा गठबन्धन विजयी बनेको थियो। गठबन्धनको पक्षमा ३१ हजार ६३७ र एमालेले २२ हजार ३७६ मत पाएको थियो।

    जम्मा एक लाख ९६ हजार २९७ मतदाता रहेको बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा ९६ हजार ६६६ मतदाता रहेका छन् ।

    प्रदेशसभातर्फ गठबन्धनबाट ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री तथा ‘ख’ मा गठबन्धनले कांग्रेसका डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा माओवादी नेता देवेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चालिसेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.