• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

डेंगुले अस्पताल भरिभराउ


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • गोपालप्रसाद बराल, महोत्तरी ।
    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेंगु महामारीको चपेटामा छ । अहिले डेंगु जाँच गराउने र संक्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ छ ।

    Advertisement

    कात्तिक महिनामा मात्रै हालसम्म (कात्तिक २५ गते मध्याह्नसम्म) १२६ जनामा डेंगु संक्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ । ‘दैनिक डेंगु जाँच गर्न आउनेको चाप छ, संक्रमण पुष्टि भएका पनि बाक्लै भेटिएका छन्’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले अस्पताल परिसरमा सञ्चारकर्मीसँग भन्नुभयो, ‘हामीलाई जाँच गर्न र उपचार दिन भ्याइनभ्याइ छ ।’

    गत साउनदेखि नै बर्दिबास नगरक्षेत्रमा डेङ्गुको संक्रमण भेटिएको हो । गत साउनमा जाँच गर्न आएका २७ जनामध्ये दुई जनामा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी भदौमा जाँच गरिएका १२४ मध्ये २४ जना, असोजमा जाँच गरिएका २३९ मध्ये ९४ जना र जारी कात्तिकको हालसम्म जाँच गरिएका २७५ मध्ये १२६ जनामा संक्रमण पुष्टि भएको डा महर्जनले जानकारी दिनुभयो । साउनदेखि हालसम्म २४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेंगु जाँच हुँदै आएको छ ।

    ‘अहिले अस्पतालमा जाँचका लागि दिनहुँ मान्छेको चाप बढ्दो छ, संक्रमित पनि थपिँदा छन्’ बर्दिबास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा भन्नुहुन्छ, ‘हामीलाई डेंगु जाँचका लागि किटको पनि अभाव छ, बर्दिबास नगरपालिकाले अहिलेसम्म ६० वटामात्र किट उपलब्ध गराएको छ, हामीले ६६५ जनाको जाँच गरिसकेका छौँ ।’ विभिन्न संघसंस्थासँग मागजाँच गरेर किट व्यवस्था गरिएको शर्माको भनाइ छ । पछिल्लो पटक डेंगु संक्रमण बढ्दै गएपछि आसन्न निर्वाचनमा खटाइएका स्वास्थ्य क्षेत्रका कर्मचारी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेर फिर्ता बोलाइएको शर्माले जानकारी दिनुभयो ।

    अस्पतालमा अहिले जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । यता बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान भने डेङ्गु नियन्त्रणका लागि प्रभावकारी काम गरिएको दाबी गर्नुहुन्छ । ‘हामीले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज गरेर लार्भा नष्ट गर्ने अभियान नै चलाएका छौँ’, उहाँ भन्नुहुन्छ, ‘नगर बस्तीमा डेङ्गुविरुद्धको औषधि छर्कने काम गरिएको छ, सरसफाई सचेतनासम्बन्धी सघन काम गरिएका छन् ।’ डेंगु सार्ने ‘आडेस’ नाउँको लामखुट्टेको बासस्थान खोज गरी लार्भा नष्ट गर्ने र घरपरिवेश सरसफाइ गर्ने यस अभियानका मुख्य काम भएको पासवानको भनाइ छ ।

    सरसफाइमा समुचित ध्यान नपुग्दा डेंगु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टे अझै वृद्धि भएर संक्रमण बढ्नसक्ने चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेंगुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेंगु संक्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा संक्रमण पुष्टि भएको पूरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केहीकेही संक्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै संक्रमितको संख्या २४६ पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख पासवान बताउनुहुन्छ ।

    पछिल्लोपटक नगरक्षेत्रमा डेंगु संक्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखिएको जनाएको छ । नगरका सबै (१४ वडा) वडामा वडाअध्यक्षको संयोजकत्वमा डेंगु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउनुहुन्छ । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् ।

    आफ्ना घरआँगन, कोठाचोटा र वरपर नियमित सरसफाइ गर्ने, लामखुट्टेले पानीमा पूmल पार्ने भएको हुँदा कतै पानी जम्न नदिने र घरप्रयोजनका लागि भण्डारण गरिने पानी छोपेर राख्ने मात्रै गरिए पनि यसको नियन्त्रणमा बल पुग्ने डा महर्जन बताउनुहुन्छ । यसबाहेक नगर कार्यपालिका र स्वास्थ्यसम्बद्ध सबै संस्थाको डेंगु नियन्त्रणमा संगठित प्रयत्न हुनपर्ने चिकित्सकहरूको भनाइ छ ।

    यसैबीच डेंगु संक्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन बर्दिबास नगरप्रमुख क्षत्रीले नगरवासीसँग अपिल गर्नुभएको छ । भीडभाड बढ्ने आसन्न निर्वाचनका बेला अझ यसबारे सचेत भई सरसफाइमा विशेष ध्यान दिन नगरप्रमुख क्षत्रीको नगरवासीमा आग्रह छ ।रासस

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.