• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अर्घाखाँचीमा गठबन्धनको घरदैलो जारी, दलगत स्वार्थले जिल्ला पछाडि पर्‍याे : केसी


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् अर्घाखाँची प्रदेश सभा क का उम्मेदवार सागर केसीले दल, गुट, समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिँदा जिल्ला पछाडी परेको बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनले जिल्लाको मालारानीमा गरेको निर्वाचन प्रचार कार्यक्रममा बोल्दै केसीले आफूहरुको जित नै सिङ्गो अर्घाखाँचीको जित हुने दाबी गर्नुभयो ।

    Advertisement

    केसीले अहिले एमालेले १५ वर्षमा गर्न नसकेको काम अढाई वर्षमा गर्ने उद्घोष पनि गर्नुभयो । कार्यक्रममा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालले अहिलेको चुनावमा आफूहरुको जित नै संविधानको जित हुने भन्दै निर्धक्क भएर भोट दिन अपिल गर्नुभयो ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी भुसालले ६ दशक लामो संघर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाइ जिताए देशले हार्ने बताउनुभयो । संविधानको सहि कार्यान्वयन गर्दै दीगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको दाबी गर्दै नेत्री भुसालले आफूहरुले जितेपछि अर्घाखाँचीमा वास्तविक विकासको सुरुवात गर्ने वचन पनि दिनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवती प्रसाद भुसालले दुई तिहाईको सरकार ढालेर संसद र संविधानमाथि आक्रमण गर्नेलाई परास्त गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता भुसालले अर्घाखाँचीबाट प्रतिगमनको प्रतिनिधित्व गर्नेलाई नभै गठबन्धनलाई मत दिन उहाँले जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।

    कांग्रेसका अर्का नेता डाक्टर राम बहादुर विसीले राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको ब्रिफिङ गर्दै गठबन्धनका उम्मेदवारलाई इमानदारीपूर्वक भोट दिएर जिताउन आग्रह गर्नुभयो । एमालेको भ्रम र झुठो आश्वासनबाट मतदाता नझुक्किएमा गठबन्धनको जित शुनिस्चित रहेको उहाँको भनाई छ ।

    नेपाली कांग्रेसका नेता बालकृष्ण पाण्डेले आसन्न निर्वाचन पछीपनि गठबन्धनको सरकार बन्ने जिकिर गर्दै अर्घाखाँचीका आम जनताले महसुस गर्नेगरी विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज ठाकुर कुमार वि।क।किशोरले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकलाई दिगो विकासको दिशामा लैजान गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।

    एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले प्रतिगमनका मोतियारलाई उठ्नै नसक्ने गरि पल्टाउन आफ्नो समर्थन सागर केसीलाई रहेको स्पष्ट पार्नुभएको छ ।

    नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य गोकर्ण थापाले जनतालाई गफले रनभुल्ल पार्नेहरुले देशलाई उदोगतीमा लगेको आरोप लगाउनुभएको छ ।

    नेसपाका जिल्ला इन्चार्ज समेत रहनुभएका नेता थापाले प्रतिगामीलाई परास्त नगरे अर्घाखाँची विकासमा पछाडि पर्ने भन्दै गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

    गठबन्धनको तर्फबाट काङ्ग्रेस नेता बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेता तारा श्रेष्ठ, निर्मला क्षेत्री, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, माओवादी केन्द्रका नेता देव बहादुर खड्का, देव बहादुर रायमाझी लगायतको सहभागिता रहेको थियो ।

    ५ दलीय गठबन्धन निर्वाचन प्रचार–प्रसार समिति अर्घाखाँचीको आयोजनामा सोमबार मालारानी गाउँपालिका वार्ड नम्बर १ को मरेङ्ग,२ को अर्घातोष,३ को खनदह,४ को खनका विभिन्न टोलमा चुनावी सभा भएको थियो । कार्तिक १४ गतेदेखि सुरु भएको संयुक्त घरदैलो अभियान विभिन्न पालिका र वडाहरुमा जारी छ ।

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.