काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारका लागि तीन दिनसम्म त्रिवि शिक्षण अस्पतालमा रहनुहुने भएको छ ।
Advertisement
रुघाखोकी र ज्वरोसहित जिउ दुख्ने लक्षण देखिएपछि शिक्षण अस्पताल भर्ना हुनुएकी राष्ट्रपति भण्डारीलाई कम्तीमा तीन दिन अब्जर्भेसनमा राखिने भएको हो ।
अस्पताल स्रोतका अनुसार डेङ्गुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि यसको पूर्ण निराकरणका लागि कम्तीमा तीन दिन अब्जर्भेसनमा राख्नुपर्ने भएको छ । उहाँलाई अहिले अस्पतालको भिभिआइपी क्याबिनमा राखिएको छ ।
२०७९ असोज २१ गते शुक्रबारदेखि उहाँको स्वास्थ्यमा समस्या देखिएको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहँको रगत परीक्षणका लागि पठाइए पनि विस्तृत रिपोर्ट आइनसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।