• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

ग्रामिण पर्यटन मुलुक समृद्धिको आधार : सिंह


  •   सोमबार, साउन २३, २०७९ मा प्रकाशित
  • काठमाडौं । ‘ग्रामिण पर्यटनसँग त्यहाँका जनताको भाषा, संस्कृति र लोकजीवन जोडिएको हुँदा यो विषयलाई विशेष महत्व दिनुपर्ने’ नेकपा(मसाल)का महामन्त्री तथा साहित्यकार मोहनविक्रम सिंहले बताउनुभएको छ ।

    Advertisement

    साहित्य परिषद,प्यूठान काठमाडौं सम्पर्क समितिले आयोजना गरेको बृहत भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले, ‘ग्रामीण पर्यटन मुलुककै समृद्धिको समेत आधार भएको’ बताउनुभयो ।

    सोमबार (साउन २३ गते) देवकोटा सभाकक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा नेता सिंहले ०७ सालको इतिहाससमेत कोट्याउँदै, कांग्रेस नेता अनिरुद्र शर्मा, प्रशासकीय व्यक्तित्व प्रतिमान बोहरा र आफूसहित प्यूठान जिल्लाको शिक्षाको विकासको लागि संयुक्तरुपमा अगाडि बढेको बताउँदै ‘अहिलेको सन्दर्भमा प्यूठानको कला, साहित्य, संस्कृतिको समृद्धिको लागि सबै जिल्लावासी जनता एकजुट भएर अगाडि बढ्नुपर्ने’ बताउनुभयो ।

    झिम्रुकमा तयार भैरहेको रक गार्डन देशकै पर्यटनको आधार भएको बताउँदै ‘प्यूठान साहित्य महोत्सवलाई सफल पार्न सबै क्षेत्रबाट उल्लेखनीय भूमिका हुनुपर्ने’आवश्यकता माथि जोड दिनुभयो ।

    साहित्य परिषद, प्यूठान काठमाडौं सम्पर्क समितिका संयोजक समीर सिंहको अध्यक्षता तथा समितिका सदस्य भावेश भुमरीको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा प्राज्ञ डा.गोपिन्द्र पौडेलले प्यूठान साहित्य महोत्सवको औचित्यमाथि प्रष्ट पार्नुभएको थियो ।

    प्युठानबाट निर्वाचित सांसद एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्युठानको पर्यटन विकासको लागि विभिन्न योजना बनाएको जानकारी दिँदै कला, साहित्यले जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    ‘साहित्य, कला, संस्कृति भन्दामाथि वर्ग हुने’ बताउँदै माओवादी नेता लिलामणि पोख्रेलले ‘सामाजिक विकृति तथा विसङ्गतिका विरुद्ध सचेतनामा साहित्यको विशेष भूमिका हुने’ बताउनुभयो ।

    ‘क.मोहन विक्रम सिंहको जीवनको उत्तरार्द्धमा साहित्य र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको’ बताउँदै एमाले नेता तथा साहित्यकार मणि थापाले ‘देशलाई चिनाउन भौतिक विकासले मात्र होइन कला, साहित्यको पनि महत्वपूर्ण भूमिका हुन्छ’ भन्नुभयो । उहाँले ‘कला र साहित्यलाई राजनीतिले नेतृत्व गर्नुपर्ने’ समेत बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष तथा कांग्रेस नेता डा.गोविन्दराज पोख्रेलले ‘साहित्यले राजनीति र समाजलाई राम्रो सन्देश दिने’ बताउँदै ‘समाज परिवर्तनमा साहित्य र राजनीतिको मिलन हुनुपर्ने’ बताउनुभयो ।

    कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, प्यूठान नगरपालिकाका मेयर विष्णु योगी, प्यूठान साहित्य परिषदका अध्यक्ष नवराज आचार्य, उद्योगी भरत आचार्य, कलाकार मदनकृष्ण शर्मा, राजनैतिक व्यक्तित्वहरु देवीराम रिजाल, भोजविक्रम बुढा, खगेश्वर के.सी., रामबहादुर बुढाका साथै विजयराज आचार्य, गुणप्रसाद आचार्य, लुना रिजाल, मदन के.सी., विमल पा्ख्रेल, शान्ता जि.सी., जीवराज भट्टराई, मनु वि.क., अस्मीता के.सी., धु्रव बस्याल लगायतले प्यूठानमा साहित्यलाई अझ प्रष्फुटित गर्दै जानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो ।

     

    सोमबार, साउन २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.