• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलन


  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मानव अधिकार संरक्षण, सम्वद्र्धन तथा सुरक्षालगायत ११ बुँदे घोषणापत्र जारी गर्दै २०७९ असार १० गते सम्मेलन सम्पन्न भएको हो ।

    Advertisement

    उक्त घोषणापत्रमा मानव अधिकार रक्षकको परिभाषा तथा परिचय पत्रसहितको पहिचान, मर्यादा, सम्मान र सुरक्षा तथा अधिकार र उत्तरदायित्वका लागि एकीकृत कानुन हालसम्म तर्जुमा नभएका सन्दर्भमा सरोकारवालाको परामर्शमा संयन्त्रसहित एकीकृत कानुन तर्जुमा गरी लागु गर्नुपर्ने रहेको छ ।

    मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्ीय घोषणापत्र–१९९८, आयोगले जारी गरेको मानव अधिकार रक्षकसम्बन्धी मार्ग निर्देशिका–२०६९ अनुसार मानव अधिकारको सम्मान, संरक्षण तथा सम्वद्र्धनका लागि व्यक्तिगत, सामूहिक वा संस्थागत तबरले वैतनिक वा अवैतनिक रूपमा भूमिका निर्वाह गर्ने विषयगत भूमिकालाई सम्मान गर्दै उनीहरूको राज्यका संयन्त्रबाट प्रभावकारी सुरक्षा र संरक्षणको सुनिश्चित गर्नुपर्ने रहेको छ ।

    त्यस्तै विद्युतीय सूचना प्रणालीको विकास गरी आवश्यकपर्ने सूचना, तथ्याङ्क सम्बन्धित निकायबाट सहज पहुँच पुग्ने गरी उपलब्ध हुने वातावरण निर्माण तथा सूचनाको हकसम्बन्धी कानुनको पूर्ण कार्यान्वयन गर्नुपर्ने रहेको छ ।

    खण्डीकृत अद्यावधिक तथ्याङ्क राखी उनीहरूका क्षमता सबलीकरणमा जोड दिँदै व्यावसायिक बनाउनका लागि नियमित क्षमता अभिवृद्धि गर्ने प्रबन्ध स्थानीय तहसम्म विकास गर्नुपर्ने, सरकारले जारी गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजनाअनुरूप समन्वय समिति गठन गर्दा प्रदेश, जिल्ला र स्थानीय समितिमा मानव अधिकार रक्षकको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने रहेको छ ।

    त्यसमा स्वास्थ्योपचार, बिमालगायत सामाजिक सुरक्षाको सुनिश्चिता गर्न मानव अधिकार रक्षकसम्बन्धी कार्ययोजना निर्माण गरी मानव अधिकार संरक्षण र सम्वद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने मानव अधिकार रक्षकलाई प्रोत्साहन, कदर तथा सम्मानको व्यवस्था गर्नुपर्ने रहेको छ ।

    सीमान्तकृत अवस्थामा रहेका दलित, आदिवासी जनजाति, मधेसी, मुश्लिम, मुक्तकमैया, मुक्तहलिया, मुक्त कमलरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, बालबालिका, महिला, एकल महिला, युवा, ज्येष्ठ नागरिक, द्वन्द्वपीडित अपाङ्गता भएका व्यक्तिको अधिकार र पिछडिएको क्षेत्रलगायतमा कार्यरत मानव अधिकार रक्षकको विशेष संरक्षण गर्नुपर्नेलगायत रहेको छ ।

    “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार” भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने सम्मेलनको समापन शुक्रबार प्रतिनिधि सभाअन्तर्गत कानुन तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गर्नुभयो । (रासस)

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.