• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दुई रक्तिमको स्थापना दिवसले उब्जाएका प्रश्नहरू


  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
  • गएको ०७८ चैत २६ गतेका दिन रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा रक्तिमको ३६ औँ स्थापना दिवस मनाइएको थियो । भर्चुअल माध्यमबाट भएको स्थापना दिवसको अवसरमा रक्तिम सांस्कृतिक अभियानको अध्यक्षका नाताले लिखित मन्तव्य वाचन गरेको थिएँ ।

    Advertisement

    कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री क. मोहन विक्रम सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी, नेकपा मसाल केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, वामपन्थी नेता आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घ केन्द्रीय अध्यक्ष मिना पुन, अखिल नेपाल युवक सङ्घ अध्यक्ष कृृष्णराज पाण्डे, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, प्रलेस केन्द्रीय सचिव गिरी प्रसाद बुढा, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष समीर सिंह, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल ट्रेड युनियन सङ्घ (अन्टुक)का अध्यक्ष लोकराज भुसाल, अखिल (छैठौँ)का केन्द्रीय सचिव रिसव आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    बाबुराम आचार्यको अध्यक्षता तथा जीवन शाहीको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा रक्तिम परिवार चितवनका साथै रक्तिम सांस्कृतिक अभियान कतारका हुमाकान्त आचार्यले स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।

    सो कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री का.मोहनविक्रम सिंहज्यू लगायत माथि उल्लेखित सम्पूर्ण अतिथिज्यूहरूबाट महत्वपूर्ण भनाईहरू राखिएको थियो । जसमा कलाकारहरू विचार, संगठन र अनुशासनले लेश हुनुपर्ने कुरामा जोड गर्दै यो समस्या जीवन शर्माको नेतृत्व कालमा देखा परेको र अहिले पनि त्यसको असर परिरहेको बताउनु भएको थियो ।

    कार्यक्रममा रक्तिममा फुटको चर्चा गर्दै महामन्त्री सिंहले भन्नुभएको थियो, ‘तात्कालिन रुपमा देखा परेको समस्यामध्ये एकातिर उनीहरूले अराजक छन् अर्काेतिर उनीहरूको राजनैतिक दिशा प्रतिगमन उन्मुख छन् । उनीहरू अहिले सामान्तवादलाइ प्रधान दुश्मन मान्दैनन् जसको कारण देशमा प्रतिगमन भएको मान्दैनन् जसको कारणउनीहरू प्रतिगमनकारी शक्तिको कित्तामा उभिन पुगेका छन् । मसालबाट २०४२ सालमा फुटेकाहरू प्रारम्भमा सामन्तवादको विरुद्ध गएका थिए । अहिलेका फुटपरस्तहरू सामान्तवादसँगको अन्तर्विरोधलाई गौण बताई रहेका छन् । अर्काेतिर क्रान्तिकारी पार्टी र आन्दोलनभित्र देखा पर्ने वैचारिक भड्कावप्रति सम्झौता परस्त नीति नअपनाई सम्झौताहिन संघर्षले नै पार्टीको क्रान्तिकारी विचारको संरक्षण गर्न सकिन्छ र गर्नु पर्दछ ।’

    सोही दिन जीवन शर्माजीले नेतृत्व गर्नु भएको रक्तिम अभियानले काठमाडौँमा राष्ट्रिया भेला गरेको थाहा भयो । नारायण शर्माज्यूको नेतृत्वमा अर्काे रक्तिमको घोषणा गरिएको छ, त्यो भेलाभर जीवन शर्माजी पर्दा पछाडि बस्नु भएको छ । अगाडि किन खुलेर आउनु भएन त्यसबारे हामीलाई थाहा हुने विषय भएन ।

    त्यो भेलामा उहा“हरूले उठाउनु भएको केही विषय बारे भने चर्चाको आवश्यक छ ।

    १. उहाँहरूले पदीय जिम्मेवारीबारे परिमार्जन गर्दै वैधानिक, अर्काे रक्तिम अवैधानिक अवैध भन्नु भएको छ । त्यसो हो भने २०७५ फाल्गुन १२ र १३ गते घोषणा भएको चौथो राष्ट्रिय सम्मेलन त्यही मितिमा सम्पन्न गरेर वैधानिक भएको घोषणा गर्न सक्नु पथ्र्याे । किन ३ वर्षपछि भेला गरेर वैधानिक घोषणा गर्नु भएको छ, बहुमतका साथीहरूले अल्पमतका साथीहरूलाई राष्ट्रिय भेला वा सम्मेलनमा सूचना गरेर पनि अनुपस्थिति जनाएपछि बहुमत सिद्ध गर्नु भएको हो ? वा सोही अनुरुपको वैधानिकताका कुरा उठाउनु भएको हो ? त्यसको जवाफ सम्बन्धित साथीहरूले नै दिनु हुनेछ ।

    २. अर्काेतिर लेख्नु भएको छ, ‘जीवन शर्माको नेतृत्वमा रहेको रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनपछिको प्रथम राष्ट्रिय भेला संगठनको ३६ औँ स्थापना दिवस पारेर काठमाडौँमा सम्पन्न भएको कुरा प्रेस वक्तव्यमा बताइएको छ । यहाँ सत्यलाई भ्रमपूर्ण रुपमा ढाकछोप गर्ने कोशिस गरिएको छ, जहाँ सम्मेलन स्थगित गरिएको थियो, स्थगित भएको स्म्मेलन त्यही मितिमा सम्पन्न भएको घोषणा आजसम्म हामी कसैलाई जानकारीमा छैन, किन यस प्रकारको सफेद झुठ लेख्नु भएको छ ।

    ३. त्यही प्याराग्राफको तल लेखिएको छ, ‘स्मरण रहोस् रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन २०७५ फागुन १, २, ३ गते पोखरामा भव्य रुपमा सम्पन्न हुन गइरहेको थियो तर सम्मेलनमा क्रान्तिकारी पक्षको बहुमत हुने देखेपछि कांग्रेसपरस्त तथा दक्षिणपन्थी बाटो समातेका मसालका महामन्त्री मोहनविक्रम सिंहले सम्मेलनकै मुखमा सम्मेलन स्थगित गरेर आफ्नो अधिनायकवादी स्वेच्छाचारी कार्यशैलीको साथै ख्रुश्चेवी बाटो अपनाएका थिए । तर साधारण कार्यकर्तालाई केही थाहा थिएन, इतिहासले यी यावत कुराको फैसला पछि गर्ने छ’, प्रेसित वक्तव्यमा भनिएको छ ।

    यी माथिका भनाईहरूमा पहिलो कुरा क्रान्तिकारी पक्षको बहुमत हुने देखेपछि कांग्रेसपरस्त दक्षिणपन्थी बाटो समातेको मसालका महामन्त्री जो अधिनायकवादी स्वीच्छाचारी ख्रुश्चेवी बाटो समाएकाले रोके भन्ने गम्भीर प्रकृतिको व्यक्ति केन्द्रित आरोप लगाएको भेटिन्छ । यस भित्रको सत्यताबारे उहाँहरूले ठहर गर्नु भएको अवैध समिति वा उहाँहरूकै भाषामा अल्पमतका केन्द्रीय सदस्यहरूले नजिकबाट हेरिरहनु भएको छ । जसमा उहाँहरूले घोषणा गर्नु भएको क्रान्तिकारी रक्तिम अभियानका सल्लाहकार समितिका संयोजक नारायण योगीजी पनि साथमा हुनुहुन्छ ।

    जतिबेला तात्कालिन समितिका अध्यक्षले पार्टी निर्णयको विरुद्ध केन्द्रीय समितिको बैठकमा बहुमत सिद्ध गर्न केन्द्रीय समितिले सम्मेलनबारे आधिकारीक निर्णय गर्न निर्धारण गरिएको तोकिएको समयभन्दा ९-१० घण्टा ढिलाई गरिएको थियो । जो केन्द्रीय समितिको महत्वपूर्ण चौथो राष्ट्रिय सम्मेलको अन्तिम तयारी बैठकमा समेत कतिपय सदस्यहरूले उपस्थित जनाउनु भएको थिएन जसलाई बहुमत सिद्ध गर्न जुटाइएको थियो । ति साथी तत्काल घोषणा गरिएको समितिमा राखिएको देखिन्छ, बैठकमा जब सांस्कृतिक मोर्चाको नेतृत्वमा रहेको अध्यक्षले पार्टी नेतृत्वले गरेको निर्देशन ठाडै अस्वीकार गरेर पार्टी भावना विपरित मोर्चा खडा भएपछि त्यो मोर्चा पार्टी अनुशासन पार्टीनीति सिद्धान्त, विचार र संगठनात्मक अनुशासन भित्र नरहने भएपछि त्यसलाई रोक्नु बाहेक अर्काे विकल्प थिएन, अध्यक्षले अनुशासनको पालना गर्नु भएको भए सम्मेलन भव्य र शानदार रुपमा सम्पन्न हुने थियो । सम्मेलन असफल हुनमा के दोष महामन्त्री मोहनविक्रम सिंहको थियो की तात्कालिन रक्तिमको केन्द्रीय अध्यक्षको पनि थियो ? के यसलाई पूर्वाग्रही रहित ढङ्गले विचार गरेका छौँ ? जुन बैठकमा महामन्त्रीको उपस्थिति नै थिएन, कि उहा“हरूको आरोप सम्बन्धित मोर्चाको इन्जार्जसँग जोडिनु पर्थ्यो ?

    त्यसो नगरी महामन्त्री मोहनविक्रम सिंहको अधिनायकत्ववादी स्वेच्छाचारी ख्रुश्चेवी बाटो समाएका भनेर जसरी नेकपाको पाँचौ महाधिवेशन पछि मोटो मशाल मार्फत नेपाली आयाम मार्फत् मोहनविक्रमलाई गाली गरेर केन्द्रीय समितिले एउटा पुस्तकै तयार पारेको थियो, त्यसको अवषेशको झल्को दिएको छ । सम्मेलनसँग जोडिएको अर्काे समस्या जब सम्मेलन स्थगित भएपछि सम्मेलन तयारीसँग जोडिएको खर्च देशैभरी सञ्चालित आर्थिक अभियान हिसाबको पारदर्शिता त्यसको जवाफ देहिता तत्कालिन अध्यक्ष हुुनुपर्ने कि नपर्ने ? महासचिवको हुनु पर्ने की नपर्ने ? कोषाध्यक्षको हुनुपर्ने की नपर्ने ? दोष जति पार्टी र महामन्त्रीलाई थोपरेर उम्किन नैतिकताले दिन्छ कि दिँदैन ? लामो समयसम्म त्यसको उल्झन रही रह्यो । त्यसको छानबिन समिति पनि बन्यो केही रकम कोषलाई फिर्ता गरेको रिपोर्ट पनि पाइयो । पार्टीले कमजोरी गरेकै हो भने वास्तविक न्यायको लागि तात्कालिन कोषाध्यक्ष वर्तमान घोषणा गरेको केन्द्रीय समितिमा हुनु पर्ने हो । तर उहाँ त केही महिना अगाडि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको सदस्यता भरत कुमार श्रेष्ठको नामबाट सार्वजनिक गर्नुभएको थियो ।

    यसले यो पुष्टी हुन्छ कि समस्या पार्टीसँग मात्र जोडिएको छैनन्, तात्कालिन रक्तिम केन्द्रसँग पनि अभिन्न रुपमा जोडिएका छन्, स्थापना दिवसको सन्दर्भमा महामन्त्रीजीले रक्तिमको कमजोर पक्षबारे दर्शाउनु भएको छ । रक्तिम अभियानको स्थापना कालदेखि एउटा समस्या खड्कियो जसमा, संगठन विस्तारमा ध्यान नदिने, कलाकारहरूलाई दर्शन राजनैतिक विचारबाट प्रशिक्षित गर्न ध्यान नदिने, संगठनात्मक अनुशासनमा ध्यान नदिने र अर्काे आर्थिक पारदर्शितामा ध्यान नदिने जस्ता लामो समयसम्म समस्याको रुपमा रहिरह्यो, जसको नेतृत्व लामो समयसम्म जीवन शर्माको रह्यो हालसम्म यसको असर कायम छ । जसको कारण रक्तिम सांगठनिक व्यवस्थापनमा असर परेको छ ।

    समिति घोषणा सिलसिलामा अर्काे विषयको उठान गरिएको छ की सम्मेलनमा क्रान्तिकारी पक्षको बहुमत हुने देखेपछि सम्मेलन रोकेको लान्छना लगाईएको छ । यसमा स्पष्टताको खाँचो छ, सम्मेलन जस्तो महत्वपूर्ण कार्यक्रममा केन्द्रमा रहेको साथी बैठकमा अनुपस्थिति भएपछि जोर जुलुम लगाई बैठक समयको ८-९ घण्टा बिना समझदारी ढिला गरी जिल्लाको केही केन्द्रीय सदस्यहरूलाई उपस्थित गराएर पार्टीको निर्देशन विपरित जीवन शर्माकै नेतृत्वमा सम्मेलन हुन पर्ने अघोषित गुटबन्दीका स्वर देखा पर्नु, ति मतका पक्षका साथीहरू क्रान्तिकारी र पार्टीको निर्देशन अनुसार सम्मेलन सफल पारौँ भन्नेहरू दक्षिणपन्थी र कांग्रेसपरस्त ०७५ सालमै देख्नु भएको हो की कसो हो ? या देशैभरिबाट आउने प्रतिनिधिहरू त्यही क्रान्तिकारी विचारको पक्षको भएको हुनाले सम्मेलन रोकिएको जुन तर्क गर्नु भएको छ । त्यसको पछाडी अहिले घोषणा गर्दै अगाडि बढेको पार्टी जनमोर्चा र विभिन्न जनवर्गीय संगठनको जो हाल आएर समन्वय समितिको नामबाट अगाडि बढाइएको छ । के रक्तिममा पनि बहुमत सिद्ध गर्न त्यति बेलादेखि अघोषित गुटबन्दी शुरु गरिएको थियो ? त्यो सोच्नको लागि आधार खडा गरेको छ ।

    अर्काे प्रश्न छ, क्रान्तिकारी पार्टीका कलाकार प्रतिनिधिहरू दक्षिणपन्थी पार्टीको निर्देशनलाई विद्रोह गरेर २०७५ सालकै फाल्गुन १, २, र ३ गते पाँचौ राष्ट्रिय सम्मेलन गरेर देखाई दिएर केन्द्रीय समितिको वैधानिकता पुष्टि गर्न सक्नु पर्ने थियो । त्यसो किन हुन सकेन ? यति लामो समयपछि किन घोषणा गरिएको छ ? अर्काेतिर घोषणा गरिएको रक्तिमको स्थापना दिवस भनेर साथीहरूलाई जुटाएर राष्ट्रिय भेलाको रुप दिएको कुरा बुझ्न गाह्रो पर्दैन । कतिपय साथीहरू स्थापना दिवस भनेर बोलाएर गएको पनि थाहा भयो । पछि केन्द्रीय समितिको सदस्य पनि बने तर त्यसको वास्तविकताको खोज नगर्ने र गर्ने उनीहरूको चेतनामा भर पर्ने विषय छ । कतिपयलाई सामान्य फोन गरेर भेलामा बोलाएको देखिएको छ । तर क्रान्तिकारी साथीहरूले हाकाहाकी प्रचार प्रसार गरेरै राष्ट्रिय भेला सम्पन्न गर्नु पथ्र्याे । तर, स्थापना दिवसको नामबाट साथीहरू जुटाएर चोर ढोकाबाट अर्काे रक्तिमको घोषणा गर्नु अप्राकृतिक प्रहार हो ।

    प्रेस विज्ञप्तिमा २०७९ फाल्गुनसम्म चौथो राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिएको छ, क्रान्तिकारी साथीहरूको स्प्रिटप्रति हाम्रो सम्मान र बधाई नै हुनेछ । तर हाम्रा जिज्ञासाका केही प्रश्नहरू भने कायम छन्,

    १. तपाईंहरूले राष्ट्रिय भेला सम्पन्न गर्दा स्वच्छ ढङ्गले रक्तिमको इतिहासको समीक्षा भयो कि भएन होला, यति महत्वपूर्ण राष्ट्रिय भेला सम्पन्न गर्दा रक्तिमका संस्थापक अध्यक्ष जीवन शर्मा किन पर्दा पछाडि बस्नु भएको होला ?

    २. रक्तिम सांस्कृतिक अभियान २०५० मा प्रथम राष्ट्रिय भेला सम्पन्न गरी घोषणा पत्र बनाउँदा ‘रक्तिम सामन्तवाद, साम्राज्यवादी संस्कृतिको विरुद्ध जनवादी संस्कृतिको पक्षमा निरन्तर अगाडि बढ्दै सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डालाई माथी उठाउने छौँ’ भन्ने प्रतिबद्धता जाहेर गरेका छौँ र थियौँ, त्यसलाई कार्यन्वयन गर्ने सिलसिलामा तपाईंहरूको विचारमा नजिक रहेको नेकपा (मसाल) समन्वय समितिले अहिलेको देशीय सामान्तवादलाई प्रधान दुश्मन नदेखेपछि प्रतिगमनको खतरालाई देख्छ की देख्दैन ? देशको अर्ध सामन्ती र अर्ध औपनिवेशिक संरचनाको विरुद्ध सामन्तवाद र साम्राज्यवादको विरुद्ध जनवादी क्रान्तिको आवश्यकताको मूल आत्मामा ति विचारले प्रहार गर्छ की गर्दैन ?

    ३. रक्तिमका शिर्षस्त नेतृत्वले पार्टी अनुशासनको उल्लङ्घन गर्दा संगठनात्मक लेलिनवादी प्रणाली अनुसार जनवादी केन्द्रीयताको नियम विरुद्ध अराजक शैलीको कारण सिङ्गो रक्तिमको सम्मेलन स्थगित हुन पुगेको थियो । अहिले घोषण भएको नारायण शर्माज्यूको नेतृत्वको रक्तिम अभियान नेकपा मसाल समन्वय समितिको अनुशासनमा बस्नुपर्ने विषय यो रक्तिमले स्वीकार गर्ने वा नगर्ने ?

    ४. का. मोहनविक्रम सिंहज्यूले नेतृत्व गर्नु भएको पार्टी नेकपा (मसाल) प्रतिगमनको विरुद्ध नेपाली कांग्रेस लगायत ५ दलीय गठबन्धनमा सामेल भएको कारण दक्षिणपन्थी भएपछि तपाईंहरू कुन क्रान्तिकारी विचारको आधारमा रक्तिमलाई निर्देशित गर्दै हुनुहुन्छ ?

    ५.रक्तिम अभियानको वैधानिकताको प्रश्न रक्तिमको स्थापना कालको उद्देश्यलाई कहीँ कतै विचलीत नभै अगाडि बढ्ने र बढाउने रक्तिम सर्वहारा वर्गीय दृष्टिकोणको आलोकमा वैधानिक हुन्छ की स्थापनाकालको उद्देश्यलाई छोड्ने विचलित हुने रक्तिम वैधानिकता हुन्छ ? यस्ता दर्जनौं प्रश्नहरूको उत्तर दुवै रक्तिमको बीच सच्चा सर्वहारावादी जन कलाकार, साहित्य प्रेमीहरूले खोज्दै जाने छन् । सच्चाईको नजिक कुन रक्तिम अगाडि छ समयको गतिसँगै छुट्टिँदै जाने छन् ।

    २०७९/१/३

    (रेम राना रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.