• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘जनयुद्ध’ले जन्माएको भ्यू टावर !


  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
  • लस्कर लडाकुहररूको साथमा
    पल्लाघरे जुठे दाइ
    फेराघरे काइँलो काका
    माझघरे ठूलो बा
    डाँडाघरे शान्ते मामा
    र हाम्रा गामका
    चमिला र कान्छी दिदी
    ढाडमा एक भारी झोला
    काँधमा बन्दुक
    अनि निधारमा तारा अंकित
    चार औँले कपडा बाँधेर
    जिन्दावाद र मुर्दावादको नारा लगाउँदै
    हाम्रो घरको कुनाबाट दौडिरहेको बेला
    जनयुद्धको ताका
    कहिले खोलानालाको किनारबाट
    कहिले पहाडका थुम्काथुम्कीबाट
    कहिले जङ्गलको खोल्सोखाल्सीबाट त
    कहिले
    हालै भ्यु टावर ठडिएको सातदोबाटोबाट दोहोरो बम पड्काउने र
    बारुद बर्साउने एक कहालीलाग्दो भिडन्तको कम्पनले मनमा डरलाग्दो भुकम्प आउँथ्यो
    सदा झैँ त्यो दिन पनि
    त्यो हाम्रो झुपडी घर
    त्यहिँ माथि
    एक निर्दोष नारी
    मेरी आमाको निधारमा
    गास बास दिन्छेस् कि नाइँ ? भन्दै
    दुईतिरबाट राइफल ताकेको देखेर
    मैले आमासँग हाम्लाई पनि मार्छन् भनी
    सात वर्षकी सानी नानी म
    त्रसित हुँदै रुँदा
    मेरो छेउमा बसि
    जुठे दाइले मलाई
    सान्त्वना दिँदै भन्थे

    Advertisement

    ‘देशमा,
    वर्गीय असमानताको अन्त्य गर्न
    शोषक–सामन्ती शासनको जरमुलो मास्न
    लैङ्गिक सामानता ल्याउन
    सर्वहारा वर्गको आवाज बन्न
    वर्ग विभेदको अन्त्य गर्न
    अनि तिमिहरू जस्ता छोरीलाई
    एक अथक र आत्मविश्वासी योद्धा
    बनाउन
    नयाँ जनवादी क्रान्ति स्थापना गर्नको निम्ति हामी जनयुद्धमा होमिएका हौँ
    हामी
    तिमिहरु जस्तै गरिब दुःखी निमुखाको न्याय र मुक्तिको लागि राइफल भिरेका छौँ
    निर्दोषीलाई न्यायको जगत अनि
    दोषीलाई सजायको रगत दिन बन्दुक बोकेका हौँ
    त्यसैले
    नरौ नानी, धैर्य गर !
    यो अँध्यारो चिर्न लडेको लडाइइंले भोलि अवश्य पनि विजयको किरण उदाउने छ ।’

    पक्कै पनि
    उनी जस्ता हजारौं योद्धाहरुले
    यहि सोचेर बन्दुक समाएका थिए
    ‘आज हाम्रो लडाईंले भोलि नयाँ विहान उदाउने छ ।’
    रोल्पाली जनताले
    आज रगतको
    बलि चढाएको सत्तामा भोलि
    एक उदाहरणीय मेनपावर पाउने छ
    तर
    बिडम्बना !!
    उनलाई के थाहा ?
    रोल्पामा महान जनयुद्धको स्मृति बनेर
    करोडको लगानीमा एउटा भ्यु टावर आउनेछ भनेर
    कामले सिन्को नभाँच्ने एउटा बडे नामको मन्त्री, सभामुख र उपराष्ट्रपति मात्र पाउँछ भनेर

    त्यै पनि
    मलाई यस्तो लाग्दैछ,
    हिजोका दिनहरुमा
    क्रान्तिका लागि
    शरीरका विभिन्न अङ्ग गुमाउने
    अपाङ्गका असह्य पीडा देखिएन कि ?
    बम र बारुदले ध्वस्त पारिएका
    अस्पताल, पुल
    मठमन्दिर र विद्यालयका
    भग्नावशेष देखिएन कि ?
    आतंककारी नाम दिँदै
    आमा, छोरी, बहिनी र बुहारी लगाएत निर्दोष महिलामाथि
    पुलिस र सेनाले गरेको
    निर्मम शारीरिक र मानसिक यातनाको ठोस प्रमाण भेटिएन कि ?
    हिजो माओवादीको खोजी गर्दै
    हेलिकप्टरबाट सेनाले
    विभिन्न धार्मिक, मेला महोत्सव तथा विद्यालय क्षेत्र वरिपरि बम बर्साउँदा
    एइया ! भन्न नपाउँदै मारिएका निर्दोषी धर्मभक्ती, राम्चे अनि विद्यार्थी परिवारका छट्पटी भेटिएन कि ?
    तीन हाते राइफलको त्रासमा
    आफू भोको बसि बसि
    तिम्रा कयौं कार्यकर्ताको पेट भर्ने ती
    गरिबहरुको झुपडी र भोको पेट देखिएन कि ?
    तिम्रा दानवी र क्रूर व्यबहारबाट बच्न
    बिच–बिचमा पढाइ त्याग्दै
    देशबाट भागेर भपरदेशीएका
    दाजुभाइको बाध्यता देखिएन कि ?
    भिडन्तमा मारिएका सहिद तथा
    बेपत्ताका परिवारका आँसु देखिएन कि ?
    जनयुद्धको उत्गम स्थल बन्दै
    कम्युनिस्ट विचार जन्माउने
    हाम्रो थाबाङ र जलजलाको गुनासो भेटिएन कि ?
    शान्तिको शंख फुक्दै झरेको सुनछहरी झरनाको गुन्जन सुनिएन कि ?
    तिम्रा हरेक चलाखीपनलाई
    खबरदारी गर्दै गर्जिरहने लुङग्री र माडीको गर्जन देखिएन कि ?
    त्यही भएर होला
    सायद
    विकास र विकल्पको कुरा गर्न
    हरेक क्षेत्रबाट अझै पनि ओझेलमा परिरहेका रोल्पाली जनताका एक– एक पीडा खोतल्दै हेर्नको लागि
    युद्धले पुर्याएको हरेक बस्तीका छेदबिच्छेदलाई फेर्नको लागि
    अग्लो ठाउँमा झन् अग्लो
    भ्यू टावर निर्माण गरिएको

    हाम्रो रोल्पालाई
    दुर्गम बस्तीमा प्रदान गरिने शिक्षाको पक्की भवन र नयाँ आधार चाहिएको थियो
    ‘भ्यू टावर’ होईन
    स्वास्थ्य क्षेत्रको भवन निर्माण तथा मर्मतमा सम्भार चाहिएको थियोे
    ‘भ्यू टावर’ होइन
    बर्खाको भेललाई तर्न नसकी सास्ती खेप्नुपर्ने त्यस्ता धेरै समुदायलाई पक्की पुलको वारपार चाहिएको थियो
    ‘भ्यू टावर’ होइन
    अझै पनि एक प्याकेट नुन किन्न
    एकदिनको समय हिँड्नुपर्ने
    मोटरबाटोविहीन रोल्पाको बस्ती छन् उनको लागि सडक अनि सवार चाहिएको थियो
    ‘भ्यू टावर’ होइन
    एक गाग्री पानीको लागि
    एउटै धारामा घण्टौं समय खेर फाल्दै
    तछाडमछाडको लाइन लाग्नुपर्ने
    विवशतामा लडिरहेका बस्तीहरुमा
    एक घर– एक धारा चाहिएको थियो
    ‘भ्यू टाव’ होइन
    यो समयमा पनि बिजुलिबिना अध्यारो जीवन बिताउन बाध्य कतिपय त्यस्तो क्षेत्र छन्
    जसलाई बिजुलीको पोल अनि तार चाहिएको थियोे
    ‘भ्यू टावर’ होइन
    समयले नेटो काट्दैछ
    विज्ञान र प्रविधीको युगमा पनि
    हजारौं विद्यार्थीहरु प्रविधिबाट धेरै टाढा छन् हाम्रो रोल्पामा
    जस्को लागि प्रत्येक विद्यालयमा
    अनिवार्य
    एक विद्यार्थी एक कम्प्युटर चाहिएको थियोे
    ‘भ्यू टावर’ होइन
    धागो, अल्लो र सिस्नोबाट निर्मित
    हरेक डिजाइनका लत्ताकपडा
    जस्ता बस्तुहरुलाई
    व्यवस्थित बजार चाहिएको थियो
    ‘भ्यू टावर’ होइन
    जलजला, त्रीपुरेश्वरी मन्दिर, रुन्टीगढी, सुनछहरी झरना, गुरुङ गाउँ,
    माडीचौर र बडाचौर जस्ता धार्मिक एवम रमणीय ठाउँहरुलाई एउटा
    पर्यटकीय आकार चाहिएको हो
    ‘भ्यू टावर’ होइन

    धेरैको गास खोसिएको थियोे
    धेरैको सास रोकिएको थियो
    कसैको बास ढलेको थियोे
    कसैको कपास जलेको थियोे
    धेरैको बाउ– आमाले सन्तान अनि सन्तानले बाउ– आमा गुमाएका थिए
    धेरै दिदिबहिनी विधवा अनि कोही दाजुभाइ विदुर बनेका थिए
    कोही दाजुभाइविहीन त कोही दिदीबहिनीविहीन बनेका थिए
    यतिका पीडा भोग्दा पनि परिवर्तनको आश थियो
    दीन दुःखी अनि निर्दोषले न्याय पाउँछ भन्ने सबैको मनमा विश्वास थियोे
    तर
    सारा आश र
    हामीले गरेको विश्वासलाई कुल्चेर
    आज रोल्पालीलाई मात्रै नभएर
    देशलाई नै निराश बनाइ दियो
    किनभने
    जनयुद्धमा
    बलिदान दिनेहरूलाई बन्धक बनाएर
    ‘जनयुद्ध स्मृति’ को नाम दिँदै करौडौंको लगानीमा एउटा भ्यू टावर उभियो
    यहि होला सायद जनयुद्धले दिएको पिडा भन्दा बढी
    रोल्पा र रोल्पालीले सहनु परेको बिडम्बनाको चोट
    किनभने
    हामीलाई अवगत नै छ
    यिनैले हो, हिजो
    शोषण, दमन, अन्याय र अत्याचार विरुद्ध घोषित जनयुद्ध
    एउटा बिशाल अवतार हो भन्दै थिए
    नयाँ जनवादी व्यवस्था स्थापित गर्ने अठोट लिएको एक रफ्तार हो भन्दै थिए
    आमूल परिवर्तन र समाजवाद ल्याउने
    जनयुद्धको सार हो भन्दै थिए
    तर
    आज हाम्रो माझमा
    करोडले सजिएको
    ‘जनयुद्ध स्मृति’ भन्दै
    एउटा भ्यू टावर ल्याइदिए !!

    खगेन्द्रा विष्ट
    (सुनिलस्मृती गाउँपालिका–३ रोल्पा)

    शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.