• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अनुरोध


  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    जता पनि खतरा छ समयमा आऊ घर ।
    जनावरको शासनमा डुल्ने नगर ।।
    जनावरको शासनमा खै उज्यालो कहाँ छ ।
    डरैडरको शासनमा बाँच्नुपर्या छ ।।

    Advertisement

    मान्छे देखे जनावर भाग्छ बाटो छोडिदिन्छ ।
    मान्छेसँग डराएर बच्न झम्टिन्छ ।।
    तप गर्न तपस्वी त जङ्गलमा बस्थे रे ।
    जङ्गलबाट संसारको मङ्गल गर्थे रे ।।

    जनावर र मानिसको जम्काभेट हुँदो हो ।
    मान्छे देख्दा जनावर दूर भाग्दो हो ।।
    भन्ने गर्छन् रातलाई राक्षस र भूतको ।
    दिनरातै भयो डर डाँकागुन्डाको ।।

    हाम्रो संसार हाम्रो शासन भन्न पाउनुपर्ने हो ।
    दिनरात हाम्रो बाटो शुभ हुनुपर्ने हो ।।
    भित्र पनि डरैडरमा बाहिर झनै डरमा ।
    शासनको गुन्डाराज चल्यो संसारमा ।।

    इमानको मान्छे बन संसारले मानेको ।
    दिनरातै मान्छे खाने गुन्डा पालेको ।।
    बायाँ जता हेर्यो डरै डरको जीवन छ ।
    दिनरात बाटो ढुकी जीवन चपाउँछ ।।

    तपस्वीलाई जङ्गलमा जनावरले मारेन ।
    बेइमानीको शासनमा सत्य बाँचेन ।।
    घाम लागेको दिन जस्तो रातदिन स्वतन्त्र ।
    दायाँबायाँ जता पनि डरको छ तन्त्र ।।

    जनावर आउँदैन घनाबस्ती सहरमा ।
    परेका छन् मानव रहर डरको अधिनमा ।।
    जनताको खुन पसिना बटुलेको धनले ।
    दमनतन्त्र चलाएको धूर्त शासनले ।।

    जङ्गलमा बस्नुभन्दा यस शासनमा गाह्रो छ ।
    दमन गर्न शासनले गुन्डा पाल्या छ ।।
    घरभित्र जाँदा पनि डर बोक्नुपरेको ।
    निर्भिक भई बाहिर जाँदा डरले डसेको ।।

    मान्छे बन्नुपर्छ गुन्डा गुन्डा बन्नु हुँदैन ।
    गुन्डा बनी मानव मासु खानु हुँदैन ।।
    पढ्न जाँदा बाटो ढुक्छन् कैयौँ मर्छन् मारेर ।
    जीवनहरू फालेका छन् लास पारेर ।।

    पढ्न गा’को आउला घर कति मिठो आशा छ ।
    गुन्डाराजमा आशाहरू सिसा फुट्या छ ।।
    अनिशको अनुहारका छाडा जनावरले ।
    जनावरको पक्ष लिन्छ शासन जनावरले ।।

    भस्मासुर देख्दा लाग्छ पुनर्जन्म हुन्छ ।
    जस्तो थियो भष्मासुर शासन यस्तै छ ।।
    यस्तै लाग्छ छ वर्तमान निदाएर गयो ।
    ब्युँझिएन नयाँ चलन हराएर गयो ।।

    शासनले अन्धकार छर्नुसम्म छर्यो ।
    कति हेर्नु शासनको गोरुजुधाइ खेलो ।।
    यो खेलको लक्ष्य छैन हुँदै हुन्न मेल ।
    दबिएका वर्ग उठ चलाऊ कोल पेल ।।

    चिन्तनको बाटो सफा नभएको शासन ।
    गुन्डाराज चलाएर खाई बाँचेको शासन ।।
    मुर्दाशान्ति मसानघरमा जिउँदा बस्ने हैन ।
    जिउँदो बनाउ मानिस हो त्यसै मर्ने हैन ।।

    डर बोक्ने हैन अब हातमा जे छन् बोक ।
    शासनका पाल्तु गुन्डा बाटो ढुक्लान् ठोक ।।
    मानिस हो कायरतालाई निकालेर फाल ।
    गुन्डाराजले गरिसक्यो अति जालझेल ।।

    कुकुर झै लड्ने शासन मानिसका हुनन् ।
    सडकको हड्डी टिपी मानिसले खानन् ।।
    अन्धकार मिल्काउने हो त्यसमा बस्ने हैन ।
    गुन्डाराज चलाउनेलाई टिकाइराख्ने हैन ।।

    गुन्डाराज चलाएर टिक्ने कतिन्जेल ।
    समयको घाम छेकी बिक्ने कतिन्जेल ।।
    दिनरात लुट्ने खेती गर्छ शासन किन ।
    बाटो ढुकी ज्यान मार्ने गुन्डा पाल्ने किन ।।

    निमुखालाई बाँच्न हास्न निकास किन दिन्नौँ ।
    डरमा बाँच्नुनपर्ने युग आउन किन दिन्न ।।
    चाहे फुल्छ आकाशमा मखमली फूल ।
    किन भन्न नसकेको निडर बनी डुल ।।

    ढुक्क भई पाठशालामा पढ्न जान देऊ ।
    देशभित्र गुन्डा शासन बन्द गरिदेऊ ।।
    जता पनि खतराका घन्टी किन बज्छन् ।
    मानिसको शासन भए घटना किन घट्छन् ।।

    हर घटना घटाउन गुन्डा खटेका छन् ।
    कुशासनका नियम–कानुन तिनले चलाउँछन् ।।
    आशा गर्ने ठाउँ छैन सुधारे हुन्न ।
    गुन्डा पाल्ने शासनको आशा गर्नु हुन्न ।।

    ज्यान बचाउन पाउनुपर्छ बाटो ढुकी नमार ।
    स्वतन्त्र भई डुल्न पाउने मानिसको संसार ।।
    डर छैन मानिसलाई प्रकृतिको रातमा ।
    डर भयो गुन्डाराजको जीवन पर्दा हातमा ।।

    जङ्गलको बाटो छोड मङ्गलमा आऊ ।
    गुन्डा शासन चलाउनेको अब सातो खाऊ ।।
    बन्नुहुन्न कोही अब बाटो ढुक्ने गुन्डा ।
    उठाउनुपर्छ मानव सुखी हुने झन्डा ।।

    मानवको शासन भए गुन्डा किन पाल्यो ।
    संसार छ उज्यालो छ अन्धकार हाल्यो ।।
    राम्रा मान्छे बनाउन नसिकेको शासन ।
    असल बाटो मानिसलाई नसिकाउने शासन ।।

    डर हैन मानिसका रहर जानुपर्यो ।
    गुन्डा बनाई मानिसलाई अत्याचार गर्यो ।।
    कोही गुन्डा हुने छैन बाटो ढुक्ने छैन ।
    मानवको संसारमा डर हुने छैन ।।

    शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.