डा. गोविन्दप्रसाद आचार्य ##
जता पनि खतरा छ समयमा आऊ घर ।
जनावरको शासनमा डुल्ने नगर ।।
जनावरको शासनमा खै उज्यालो कहाँ छ ।
डरैडरको शासनमा बाँच्नुपर्या छ ।।
मान्छे देखे जनावर भाग्छ बाटो छोडिदिन्छ ।
मान्छेसँग डराएर बच्न झम्टिन्छ ।।
तप गर्न तपस्वी त जङ्गलमा बस्थे रे ।
जङ्गलबाट संसारको मङ्गल गर्थे रे ।।
जनावर र मानिसको जम्काभेट हुँदो हो ।
मान्छे देख्दा जनावर दूर भाग्दो हो ।।
भन्ने गर्छन् रातलाई राक्षस र भूतको ।
दिनरातै भयो डर डाँकागुन्डाको ।।
हाम्रो संसार हाम्रो शासन भन्न पाउनुपर्ने हो ।
दिनरात हाम्रो बाटो शुभ हुनुपर्ने हो ।।
भित्र पनि डरैडरमा बाहिर झनै डरमा ।
शासनको गुन्डाराज चल्यो संसारमा ।।
इमानको मान्छे बन संसारले मानेको ।
दिनरातै मान्छे खाने गुन्डा पालेको ।।
बायाँ जता हेर्यो डरै डरको जीवन छ ।
दिनरात बाटो ढुकी जीवन चपाउँछ ।।
तपस्वीलाई जङ्गलमा जनावरले मारेन ।
बेइमानीको शासनमा सत्य बाँचेन ।।
घाम लागेको दिन जस्तो रातदिन स्वतन्त्र ।
दायाँबायाँ जता पनि डरको छ तन्त्र ।।
जनावर आउँदैन घनाबस्ती सहरमा ।
परेका छन् मानव रहर डरको अधिनमा ।।
जनताको खुन पसिना बटुलेको धनले ।
दमनतन्त्र चलाएको धूर्त शासनले ।।
जङ्गलमा बस्नुभन्दा यस शासनमा गाह्रो छ ।
दमन गर्न शासनले गुन्डा पाल्या छ ।।
घरभित्र जाँदा पनि डर बोक्नुपरेको ।
निर्भिक भई बाहिर जाँदा डरले डसेको ।।
मान्छे बन्नुपर्छ गुन्डा गुन्डा बन्नु हुँदैन ।
गुन्डा बनी मानव मासु खानु हुँदैन ।।
पढ्न जाँदा बाटो ढुक्छन् कैयौँ मर्छन् मारेर ।
जीवनहरू फालेका छन् लास पारेर ।।
पढ्न गा’को आउला घर कति मिठो आशा छ ।
गुन्डाराजमा आशाहरू सिसा फुट्या छ ।।
अनिशको अनुहारका छाडा जनावरले ।
जनावरको पक्ष लिन्छ शासन जनावरले ।।
भस्मासुर देख्दा लाग्छ पुनर्जन्म हुन्छ ।
जस्तो थियो भष्मासुर शासन यस्तै छ ।।
यस्तै लाग्छ छ वर्तमान निदाएर गयो ।
ब्युँझिएन नयाँ चलन हराएर गयो ।।
शासनले अन्धकार छर्नुसम्म छर्यो ।
कति हेर्नु शासनको गोरुजुधाइ खेलो ।।
यो खेलको लक्ष्य छैन हुँदै हुन्न मेल ।
दबिएका वर्ग उठ चलाऊ कोल पेल ।।
चिन्तनको बाटो सफा नभएको शासन ।
गुन्डाराज चलाएर खाई बाँचेको शासन ।।
मुर्दाशान्ति मसानघरमा जिउँदा बस्ने हैन ।
जिउँदो बनाउ मानिस हो त्यसै मर्ने हैन ।।
डर बोक्ने हैन अब हातमा जे छन् बोक ।
शासनका पाल्तु गुन्डा बाटो ढुक्लान् ठोक ।।
मानिस हो कायरतालाई निकालेर फाल ।
गुन्डाराजले गरिसक्यो अति जालझेल ।।
कुकुर झै लड्ने शासन मानिसका हुनन् ।
सडकको हड्डी टिपी मानिसले खानन् ।।
अन्धकार मिल्काउने हो त्यसमा बस्ने हैन ।
गुन्डाराज चलाउनेलाई टिकाइराख्ने हैन ।।
गुन्डाराज चलाएर टिक्ने कतिन्जेल ।
समयको घाम छेकी बिक्ने कतिन्जेल ।।
दिनरात लुट्ने खेती गर्छ शासन किन ।
बाटो ढुकी ज्यान मार्ने गुन्डा पाल्ने किन ।।
निमुखालाई बाँच्न हास्न निकास किन दिन्नौँ ।
डरमा बाँच्नुनपर्ने युग आउन किन दिन्न ।।
चाहे फुल्छ आकाशमा मखमली फूल ।
किन भन्न नसकेको निडर बनी डुल ।।
ढुक्क भई पाठशालामा पढ्न जान देऊ ।
देशभित्र गुन्डा शासन बन्द गरिदेऊ ।।
जता पनि खतराका घन्टी किन बज्छन् ।
मानिसको शासन भए घटना किन घट्छन् ।।
हर घटना घटाउन गुन्डा खटेका छन् ।
कुशासनका नियम–कानुन तिनले चलाउँछन् ।।
आशा गर्ने ठाउँ छैन सुधारे हुन्न ।
गुन्डा पाल्ने शासनको आशा गर्नु हुन्न ।।
ज्यान बचाउन पाउनुपर्छ बाटो ढुकी नमार ।
स्वतन्त्र भई डुल्न पाउने मानिसको संसार ।।
डर छैन मानिसलाई प्रकृतिको रातमा ।
डर भयो गुन्डाराजको जीवन पर्दा हातमा ।।
जङ्गलको बाटो छोड मङ्गलमा आऊ ।
गुन्डा शासन चलाउनेको अब सातो खाऊ ।।
बन्नुहुन्न कोही अब बाटो ढुक्ने गुन्डा ।
उठाउनुपर्छ मानव सुखी हुने झन्डा ।।
मानवको शासन भए गुन्डा किन पाल्यो ।
संसार छ उज्यालो छ अन्धकार हाल्यो ।।
राम्रा मान्छे बनाउन नसिकेको शासन ।
असल बाटो मानिसलाई नसिकाउने शासन ।।
डर हैन मानिसका रहर जानुपर्यो ।
गुन्डा बनाई मानिसलाई अत्याचार गर्यो ।।
कोही गुन्डा हुने छैन बाटो ढुक्ने छैन ।
मानवको संसारमा डर हुने छैन ।।