• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

यसकारण समन्वय समितिको महत्व छ : राजमो


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँच दलीय समन्वय समिति सरकार सञ्चालनसम्बन्धी संयन्त्र नरहेको स्पष्ट पारेको छ । मंगलबार एक वक्तव्य प्रकाशित गरी राजमोले कतिपय सञ्चारमाध्यमले समन्वय समितिाई सरकार सञ्चालनसम्बन्धी संयन्त्र बताइरहेको भन्दै भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

    Advertisement

    उपाध्यक्ष दुर्गा पौडेलले प्रेशित गर्नुभएको वक्तव्यमा भनिएको छ, ‘कतिपय सामाजिक सञ्जाल, पत्र–पत्रिका वा व्यक्तिहरूले त्यो समितिलाई सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नै भएको बताइरहेका छन् । तर त्यो भ्रामक टिकाटिप्पणी हो ।’

    यस्तै, राजमोले समन्वय समिति सरकारको सञ्चालनको संयन्त्र नभए पनि त्यसले आपसी छलफल र विचार विमर्शद्वारा सरकारलाई सहयोग पु-याउन सक्ने विश्वास लिएको छ ।

    साथै, पाँच दलीय गठबन्धनको औचित्य अहिले पनि कायमै रहेको राजमोको ठहर छ । समन्वय समितिले संविधानको रक्षा र कार्यान्वयनमा मद्दत पुर्याउने पनि वक्तव्यमा स्पष्ट पारिएको छ ।

    यस्तो छ वक्तव्य :
    हिजो २०७८ साल कार्तिक २२ गते बसेको पाँच दलीय बैठकले गरेका कतिपय निर्णयहरूबारे उठेका प्रश्नहरूमा प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. हिजो बसेको पाँच दलीय बैठकले पाँच दलको गठबन्धनको कामलाई अरू व्यवस्थित र प्रभावशाली बनाउनको लागि एउटा समन्वय समिति बनाउने निर्णय गरेको छ । पहिले सरकारको सञ्चालनको लागि पाँच दलीय संयन्त्र बनाउने कुरा उठेको थियो । तर हाम्रो पार्टी सरकारमा सामेल नभएको हुनाले हामीले त्यस प्रकारको संयन्त्रमा नबस्ने कुरा स्पष्ट गरेका थियौँ । तर अहिले बनेको समिति सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नभएको कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ । कतिपय सामाजिक सञ्जाल, पत्र–पत्रिका वा व्यक्तिहरूले त्यो समितिलाई सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नै भएको बताइरहेका छन् । तर त्यो भ्रामक टिकाटिप्पणी हो ।

    २. आज बिहान कान्तिपुरको अन्तवार्तामा माओवादी नेता का. नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि त्यो विषयमा प्रकाश हाल्दै त्यो समिति सरकारको संचालन सम्बन्धी संयन्त्र नभएको कुरा प्रष्ट गर्नु भएको छ ।

    ३. विघटित संसदको पुनस्र्थापना भएको भए पनि र ओली सरकार खारेज भएको भए पनि देशमा अझै प्रतिगमनको खतरा छ भन्ने हाम्रो स्पष्ट सोचाइ छ । ओलीले अहिले पनि संसदलाई असफल पार्न पूरै प्रयत्न गरिरहेका छन् । उनको योजना चुनावमा गएर दुई तिहाई बहुमत प्राप्त गर्ने र त्यसपछि संसदमा संविधान संशोधनका लागि प्रयत्न गर्ने नै रहेको छ । उनको कार्यशैलीमाथि विचार गर्दा उनले प्रतिगमनलाई मदत पुग्ने, राष्ट्रियतामाथि आघात पु-याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले नै संविधानमा संशोधन गर्न प्रयत्न गर्ने नै बढी सम्भावना देखिन्छ । त्यसैले त्यस प्रकारको खतराबाट देशलाई बचाउन चुनावसम्म नै अहिलेको गठबन्धनको एकतालाई कायम राख्नुपर्ने आवश्यकता छ ।

    ४. कतिपय मानिसहरुले नेका, माओवादी समेतसित गठबन्धन गर्ने हाम्रो पार्टीको नीतिको पनि आलोचना गरेको देखिन्छ । वस्तुस्थितिको आवश्यकता अनुसार विश्वभरमा नै र नेपालमा पनि बेग्लै राजनीतिक चरित्र भएका अन्य राजनीतिक शक्तिहरूसित त्यस प्रकारको संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने अभ्यास रहँदै आएको छ ।

    ५.यो इतिहासद्वारा प्रमाणित भएको कुरा हो कि २०४६ सालमा वामपन्थीहरूले नेका समेतसित कार्यगत एकता नगरेको भए निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त गर्नु सम्भव हुने थिएन । त्यसै गरेर २०६२/०६३ सालमा वामपन्थी, नेका र मधेशवादीहरू समेतसित सहकार्य नगरेको भए प्रतिगमनलाई पराजित गर्नु र पछि संविधान सभाको चुनाव सम्पन्न गर्नु तथा राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र कायम गर्नु सम्भव हुने थिएन । त्यही प्रकारले अहिले पाँच दलीय गठबन्धन नबनेको भए ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने थिएन ।

    ६. त्यसरी इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा विश्वभरमा र नेपालमा पनि संयुक्त मोर्चा वा कार्यगत एकताको पनि ऐतिहासिक महत्व रहने गरेको छ । प्रतिगमन पक्षधर वा पिछडिएको राजनीतिक सोचाइ भएका व्यक्तिहरूले नै संयुक्त मोर्चा वा कार्यगत एकता र तिनीहरूद्वारा प्राप्त उपलब्धिहरूको महत्वलाई ठिकसँग बुझ्न सक्दैनन् ।

    ७. हिजो बसेको पाँच दलीय बैठकमा उपनिर्वाचन वा राष्ट्रिय सभाका चुनावहरूमा मिलेर जाने सहमति भएको छ । हाम्रो स्पष्ट मत छ कि त्यसरी नै प्रतिगमनलाई पराजित गर्नु सम्भव हुनेछ । विभिन्न चुनाव वा आन्दोलनहरूमा भएका सहमतिहरूलाई दृढता र इमान्दारितापूर्वक पालन गर्ने हाम्रो पार्टीको इतिहास रहेको छ। तर हामीलाई यो कुराको पनि कटु अनुभव रहने गरेको छ कि स्वयम् वामपन्थी शक्तिहरुले पनि गतकालमा राष्ट्रिय सभा, संसद वा स्थानीय तहमा भएका कतिपय सहमतिहरूको उलङ्घन गर्ने गरेका छन् र सहमतिमा खडा भएका हाम्रो पार्टीका उम्मेद्वारहरू बाहेक अन्य पक्षहरूलाई मतदान गरेर सहमतिका उम्मेदवारहरुलाई पराजित र्ने पनि गरेका छन् ।

    ८. सँधै त्यस्तो हुने गरेको छ भन्ने हाम्रो निष्कर्ष छैन । तर कतिपय बेला त्यस्तो पनि हुने गरेको छ । तैपनि देशको राष्ट्रिय आवश्यकताअनुसार हामीले अन्य पक्षहरुसित पनि आन्दोलन वा चुनावमा सहमति गर्दै आएका छौँ । त्यही प्रकारले पाँच दलीय सहमतिलाई पनि इमान्दारितापूर्वक कार्यान्वय गर्ने हाम्रो प्रयत्न हुनेछ र त्यसरी नै पाँच दलीय एकतालाई कायम राख्नु तथा प्रतिगमनमाथि निर्णायात्मक विजय प्राप्त गर्नु सम्भव हुनेछ भन्ने हाम्रो विश्वास छ ।

    ९. हाम्रो पार्टी गठबन्धनको सरकारमा सामेल नभएपनि बाहिरबाट त्यसलाई समर्थन गर्ने हाम्रो नीति रहेको छ । त्यस अनुसार समन्वय समितिले पनि गठबन्धनको सरकारलाई सहयोग पुर्‍याउने प्रयत्न गर्नेछ । तर त्यसका साथै सरकारका गलत प्रकारका कार्यशैली वा क्रियाकलापहरूलाई संसदभित्र वा बाहिर आलोचना वा विरोध गर्ने हाम्रो नीति रहने कुरा पनि हामीले स्पष्ट गर्दै आएका छौँ । त्यसरी सरकारको नीति वा कार्यशैलीका नीतिहरूमा भएका गल्ती वा कमजोरीहरूलाई सुधार्न सकिन्छ र त्यसलाई (सरकारलाई) अरु बढी सहयोग पु-याउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । अहिले बनेको समन्वय समिति सरकारको सञ्चालनको संयन्त्र नभएपनि त्यसले आपसी छलफल र विचार विमर्शद्वारा सरकारलाई सहयोग पु¥याउन सक्नेछ भन्ने हाम्रो विश्वास छ ।
    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता

    उच्चस्तरीय समन्वय समिति सरकार सञ्चालनसँग सम्बन्धित छैन : पौडेल

    राष्ट्रियसभा र उपनिर्वाचनमा पाँच दलले सहकार्य गर्ने

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.