कालिकोट । भारतले गरेको सिमा अतिक्रमण विरुद्ध कालिकोटमा पनि विरोध प्रदर्शन भएको छ । बुधबार राष्ट्रिय जनमोर्चा कालिकोटको आयोजनामा मान्म खाँडाचक्रमा विरोध सभा गरिएको हो ।
Advertisement
स्थानीय गणतान्त्रिक चोकमा आयेजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाहीले भारतले सुगौली सन्धी उल्लंघन गरे नेपालले टिस्टादेखि काँगडासम्म दाबी गर्नुपर्ने धारणा राख्नुभयो ।
कोणसभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता देवजंग शाही, राजमो कर्णाली प्रदेशका उपाध्यक्ष कमल विक्रम शाहीलगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मीन बहादुर शाहीले गर्नुभएको थियो ।