• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ज्येष्ठ कम्युनिस्ट खगुलाल गुरुङ अविचल योद्धा : महामन्त्री मोहनविक्रम सिंह


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • कमल पौडेल, खलङ्गा ।
    नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्ट नेता खगुलाल गुरुङ कम्युनिस्ट आन्दोलनको अविचल योद्धा भएको बताउनुभएको छ ।

    Advertisement

    गुरुङलाई दाहसंस्कार गर्नुपूर्व उहाँकै निवास प्युठानको कैरामा असोज ४ गते आयोजि श्रद्धाञ्जली सभामा शोकमन्तव्य राख्दै महामन्त्री सिंहले यस्तो धारणा राख्नुभएको हो ।

    ‘उहाँ कम्युनिस्ट आन्दोलनको अविचल योद्धा हुनुहुन्थ्यो’ महामन्त्री सिंहले भन्नुभयो– ‘उहाँजस्ता कम्युनिस्ट अब हामीले पाउन गाह्रो छ ।’

    महामन्त्री सिंहले खगुलाल गुरुङ प्युठानको मात्रै नभएर नेपाली कम्युनिस्ट आन्दोलनकै सहयात्री भएको बताउनुभयो ।

    ‘जबसम्म उहाँ सामान्य रूपमा हिँड्डुल गर्न सक्नुहुन्थ्यो’ सिंहले भन्नुभयो– ‘तबसम्म उहाँले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुभयो ।’

    शोकमन्तव्यको क्रममा उहाँले गुरुङ कम्युनिस्ट आन्दोलनमा आफ्नो सहयात्री पनि भएको बताउनुभयो ।

    ‘उहाँ मेरो सहयात्री हुनुहुन्थ्यो, उहाँले र मैले करिब ७५ वर्ष लामो समयसम्म सहकार्य गरेका थियौँ’ महामन्त्री सिंहले भन्नुभयो– ‘उहाँको निधन भएपछि मलाई मेरो एउटा हात गुमेको जस्तो महसुस भइरहेको छ ।’

    श्रद्धाञ्जली सभामा गुरुङलाई राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा जिसि, राजमो केन्द्रीय सदस्य कृष्ण खड्का र राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले शोकमन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी श्रद्धाञ्जली सभामा झिमरुक गाउँपालिकामा राजमोका अध्यक्ष तिलक जिसि, मल्लरानी गाउँपालिकामा राजमोका निर्वाचित अध्यक्ष अमरध्वज राना, राजमो केन्द्रीय सदस्य पद्मा पण्डित, जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्य, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवास जिसी, नेकपा (एमाले) का मानबहादुर जिसी, नेपाली काङ्ग्रेसका गुमानसिंह जिसी, नेकपा (माओवादी–केन्द्र) का प्रतिनिधि टी.एस. गुरुङ, नेकपा (विप्लव पक्ष) का चिन्तामणि घिमिरेका साथै गुरुङका छोरानातिलगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।
    श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञानुराम न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव विदुर मल्लले गर्नुभएको थियो ।

    ज्येष्ठ कम्युनिस्ट नेता खगुलाल गुरुङको १०४ वर्षको उमेरमा २०७८ असोज ३ गते बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा निधन भएको थियो ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.